Saturday, September 13, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


पुरोहित गुर्जु अचानक आफ्नो घरमा आएको देखेपछि श्याम जिज्ञासु भयो र अलिकति अचम्मित पनि हुन पुग्यो र ज्वजलपा भागियाये भन्दै गुर्जु आउनाको कारण थाहा पाउन सोधे–  "गुर्जु ! आज अचानक पाल्नु भयो सेवा गर्ने केही कुरा छ कि ? भन्नुहोस् न ।"

टाउको कन्याउँदै गुर्जुले भने–  "तपाईंको आमाको सपना देखेँ, स्वर्गमा भएपनि उहाँको हालत असाध्यै नराम्रो देखें । ओइलाएको फूल जस्तो अनुहार । झ्यारझुर च्यातिइसकेको धोती लगाउनु भएको रहेछ ।"

श्यामले कुरा बुझिहाले । उसले गुर्जुलाई तुरुन्तै जवाफ फर्काए–  "हो गुर्जु ! मैले पनि अस्ति सपनामा देखेर तुरुन्तै बाआमा दुवैजनाको लागि चाहिने लुगाफाटा, खानेपिउने र अन्य सरसामान किन्नका लागि चाहिने पैसा ई–सेवा मार्फत पठाइसकेँ त ।" 

गुर्जु वाल्ल भए । श्यामले फेरि कुरा थपे–  "गुर्जुले  थाहा पाउनु भएको छैन जस्तो छ । हिजोआज स्वर्गमा पनि इन्टरनेट, मोबाइल सेवाको साथै ठाउँ टाउँमा डिपार्टमेन्टल स्टोरदेखि धेरै अनलाइन शपिङको सुविधा उपलब्ध भइसकेको छ । मत्र्यलोकदेखि सामान पठाइ राख्नु परेन ।"

गुर्जुलाई एकैचोटी स्वर्गबाट झरेर नर्कमा पुगेको जस्तो भयो ।

ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment