सेतो कपडामा लौरो टेक्दै बा आए ।
बा सेतो धोतीमा शुद्ध हुँदै श्राद्ध पूजन गर्न थाल्नुभो । श्रद्धापूर्वक बा कर्म गर्दै हुनुहुन्थ्यो ।
अचानक सेतो वस्त्रमा लठ्टी टेक्कै ऐय्या र आत्थु गर्दै झर्को मानी मानी हजुरबा आएर नजिकको मेचमा बस्नुभो । मैले सोधेँ हजुरबा ! तपाईं त पठ्ठो केही नभको जस्तो हुनुहुन्थ्यो । अचानक हृदयाघात भएर बित्नुभो । तर आज यो हालत । कसरी यस्तो बूढो देखिनुभा ?
हजुरबाले दुखित हुँदै जवाफ दिनुभो, “म बितेपछि रूवाबासी भै शोकमा दुख्खित तिमीहरूले घाटमा मलाई जलाउँदा आँखा छलिहाल्यो नि !’’
“कस्ले आँखा छल्यो हजुरबा?’’ मैले सोधेँ ।
“घाटे बाहुनले मेरो शरीर जलाउँदै गर्दा तिघ्राको एकपाटो मासु गायब पार्यो र बेच्यो रेष्टुरेन्टमा । त्यसको असरले घाउ निको हुँदैन । अनि धोती लगाएर हिँड्छु । तेरा बाले श्राद्धको निम्तो दियो । सकिनसकी आएँ ।’’ हजुरबाले दुखेसो पोखे ।
ओहो ! कस्तो सपना देखेछु मैले ।
- सुकेधारा, काठमाडौँ, हालः स्लाऊ, युके


No comments:
Post a Comment