दिन कसरी कटाउने हो ?
सुन्तलीको चिया पसलमा युवकहरू गफ्फिएका थिए । चियाको चुस्की लगाउँदै एउटाले भन्यो, "अब उही पुरानै जमानातिर फर्कनु पर्यो क्या ! रेडियो सुन्ने, यस्तै गरी चोक–चोकमा जम्मा हुने, गफ लगाउने, भेटघाट पनि हुने भो अनि आत्मीयता नि बढ्ने भो होइन त केटा हो ।’’ उसले ठट्यौली पारामा भन्यो ।
अर्कोले, "के कुरा गर्छ यो, मान्छेलाई कति सुविधा भएको थियो ? खोई कुरो बुझ्या, तेसै बर्बराउँदो र’छ ।’’ अमिलो मुख बनाउँदै उसले थप्यो ।
"को आयो, को गयो, केही अत्तोपत्तो हुदैन्थ्यो ?’’ त्यही हेर्न पिपलबोटे कान्छाका छोराबुहारी, नातिनातिना विदेशबाट आएका थिए । भेट्न जाँदा, उनीहरू जतिबेला नि मोबाइल, ल्यापटप, इन्टरनेटमै झुन्डिएका थिए । बोल्नै खोज्दैनन् बा !’’ पहिलोले चकित स्वरमा बतायो ।
"सबैको स्वभाव एउटै कहाँ हुन्छ र ? देशको स्थिति हेर त, अहिले अधिकांश युवाहरू विदेश पलायन भएका छन् । घरमा वृद्ध आमाबुबा छन् । सन्तानसँग प्रत्यक्ष भेटघाट पनि त भएको छ । किन कुरा बुझ्दैनौ ?’’ दोस्रोले खिन्नता व्यक्त गर्यो ।
पाषाणयुगदेखि पत्रपत्रिका, चिठी, रेडियो, टेलिभिजनबाट विकास हुँदै यहाँसम्म आउँदा कति उतारचढाव भएका छन् । यो परिवर्तन कुनै जादुको छडी थिएन ? युगले मागेको परिवर्तन हो, कतिका काम ठप्प भएका छन् ? उसले चिन्तित भावमा फेरि थप्यो ।
सबै सुनिरहेको तेस्रोले गम्भीर हुँदै भन्यो, "देशका भष्टाचार जहाँका त्यहीँ छन्, सामाजिक सञ्जाल बन्द गर्नु विकल्प हो र ?’’
- गैंडाकोट ४ नवलपुर


No comments:
Post a Comment