Friday, October 24, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


कल्पान्तपुर नाम गरेको राज्यमा सुरभानु नाम गरेका राजाले राज्य गर्दथे । उनको एघारौँ पुस्तामा दलभानु नाम गरेका राजाले राज्य गर्दै गर्दा जनताहरू असन्तुष्ट भएर विद्रोह गरे । उनीहरूको माग थियो शासन जनताको हातमा जानु पर्दछ । अन्तमा उनले त्यो सहर्ष र सहज स्वीकार नगरेपछि सोमदत्त हिराचन र लालचन मिलेर जनविद्रोह गरे जसको फलस्वरूप धेरैले सिन्दुर पुछ्नु पर्‍यो, कतिका काख रित्तिए । अन्तत परिवर्तन आयो लालचनले बहुमत ल्याए । उनी नै सर्वोपरि भएर सत्ता हाँक्न थाले ।

अर्कोतिर शेरधुन र कमाउजुन जुनका पनि आ–आफ्नै पार्टीहरू थिए ।
पटक पटक निर्वाचन भयो । सबैले आलोपालो देश र जनतालाई चुसे ।
अग्रगमन भएन कहिल्यै सत्ता नछाड्ने र दोस्रो पिँढी तयार गर्न कोही तयार भएनन् । भ्रष्टाचार व्यापक भयो ।

अन्तमा अति गर्नु अतिसार नगर्नु भनेझैँ सिमा नाघेपछि अन्यायले  युवाहरू जागे र परिवर्तन आयो ।

मेरा मित्र युरोप टुर जानुभएको थियो । फर्किदा एउटा नयाँ आविष्कार भएको चस्मा ल्याइदिनु भएको रहेछ । त्यसको विशेषता भन्नु नै त्यो लगाएर हेरेपछि पूर्व जन्मको रूप देखिंदोरहेछ ।

पहिला मैले मित्रलाई नै हेरेँ । वहाँ त साधु हुनुहुँदो रहेछ अनि दलभानुतिर आँखा तेर्स्याएँ त्यो त कुकुर पो रहेछ । त्यसपछि शेरधुनतिर आँखा दौडाएँ ऊ त ब्वाँसो पो रहेछ । त्यसपछि कमाउजुनतिर मेरा आँखा परे ऊ त एउटा छट्टु स्याल पो रहेछ । 

अन्तमा मेरा आँखा लालचनतिर परे ऊ त ढेडु बाँदर पो रहेछ । यत्ति भएपछि मेरा प्रिय कामरेड, मेरा बा र मेरा दाइ भाउजुको त्यस्तो रूपको असली रूप देखेर दिक्क लागेपछि मैले सहन नसकेर त्यो चस्मा नै भाँचेर फालिदिएँ ।

– मण्डिखाटार, वरफेदी, काठमाडौँं

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment