विलोम लघुकथा
अँध्यारो रात र मदिराको मात !
आफ्नै शरीर धान्न गाह्रो भैरहेको थियो उसलाई ।
छामछाम छुमछुम गर्दै कहिले यो कुना कहिले उ कुना गर्दै हिँड्दा ठोक्किएर तीन बल्ड्याङ खायो । अलिबेर रन्थनाएपछि चार हातखुट्टा टेकी बल्लतल्ल उभियो ।
आक्रोशित हुँदै ढल्मलाउँदै त्यतै हेरेर भन्यो– दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो यो हुतिहारा भने बाटो छेकेर उभिन्छ !
'यल्लाई ठिक नगरी भएन’ भन्दै अगाडि बढ्न खोजेको मात्र के थियो फेरि ढुनमुनियो ।
'पख्, उज्यालो त होस् अनि…. !’
गन्गनाउँदा गन्गनाउँदै निदायो ।
'उज्यालो भयो त, उठ्दैनौ ?’
झस्किँदै आवाज आएतिर दृष्टि पुर्यायो र तीन छक पर्दै भन्यो – 'मान्छे भएको भए जान्या’थेँ, बिचरो सालिकसँग के बदला लिनु ?’
– पाल्पा हालः काठमाडौँ
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment