ईश्वर बाटोमा लखरलखर हिँडिरहेका छन् । उनलाई एक हूल बिरालाहरूले पछ्याइरहेका छन् ।
छिनमै ईश्वरले पछाडि फर्केर सोध्छन् – तिमीहरू किन मेरो पछिपछि आएका ?
उनीहरूले समवेत स्वरमा भन्छन् – हामीलाई यहाँ पृथ्वीमा बस्न मन लागेन, त्यसैले हजुरसँगै स्वर्ग हिँडेका ।
त्यहाँ त मुसा मार्न पाइन्न, के खाएर बस्छौ? – ईश्वरको प्रश्नमा बिरालाहरू बोल्छन् – हामी त्यहाँ बस्न मात्र पाए, जे खान पनि तयार हुन्छौं ।
ईश्वरले किञ्चित रिसले हकार्छन् – स्साला, तिमीहरू त नर्कमा बस्नुपर्ने !
ईश्वर अनवरत हिँडिरहेका छन् । र, बिरालाहरू पनि पछि लागिरहेकै छन् ।
बाटोको छेउमा एक हूल कुकुरहरू एकोहोरो भुकिरहेका छन् ।
- काठमाडौँ
...........................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment