Wednesday, May 6, 2026

लघुकथा (अङ्क ३४ मा प्रकाशित)



"कता जाँदै ?"
हिँडिरहेको बेला एउटा आवाज कानमा ठोक्किन पुग्यो ।
“एह ! हजुर पो ! घरमा बस्दा बस्दा पट्टाइ लागेर आएकोले घुम्न निस्क्या ।’’

टोलका दाजु अजीत हुनुहुँदो रहेछ, उहाँलाई हिँड्नुको उद्देश्य बताएँ ।
“इन्द्र त कलिलै उमेरमै खसेछ नि भाइ !’’

“धेरै दिनदेखि थला परेर दुख पाएको थियो इन्द्रले । अनि यो सबै प्रारब्धको परिणाम हो दाजु ! अरू केही होइन ।’’
“त्यैपनि एउटा कुरो गरेको नि !’’ वहाँलाई ननिको लागेर होला मलिन आवाजमा बल दिँदै दोहोर्‍याउनु भयो । वहाँ पनि मुटुको बिरामी हुनुहुन्थ्यो ।

“जन्मेको प्रत्येक मान्छेले मर्नैपर्छ दाजु, इन्द्र पनि अपवाद रहेनन् ।’’ म जीवनको कटुसत्य उजागर गर्दै थिएँ ।

उहाँ टक्क अडिनु भयो । आफ्नै सुरमा म हिँडिरहेँ ।
धड्याम्मको आवाज आयो । फर्केर हेरेको त अजीत दाइ भुइँमा लड्नु भएको रहेछ । गएर नाडी छामे तर कुनै चाल थिएन ।

- वीरगन्ज हालः काठमाडौँ – ५

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment