Wednesday, May 6, 2026

लघुकथा (अङ्क ३४ मा प्रकाशित)

"मुना, तिमी नेपाली महिलाहरू किन सधैँ परिवार, संस्कार र समाजलाई यति धेरै प्राथमिकता दिन्छौ ? तर हामी पश्चिमी समाजमा बस्नेहरूले त आफ्नो स्वतन्त्रतालाई पहिलो स्थानमा राख्छौँ ।’’ विदेशी महिलाले आफ्नो जिज्ञासा तेर्स्याइन् ।

नेपाल भ्रमणमा आएकी एक विदेशी महिलाले भक्तपुर दरबार दृश्य अवलोकन गरेपछि एक मन्दिर नजिकै  पेटीमा बसेर एउटा नेपाली महिला पथप्रदर्शकसँग  कुराकानी गर्दै थिइन् । ती विदेशी महिलाले नेपाली भाषा सामान्य रुपमा बोल्न र बुझ्न सक्ने थिइन् ।

मुनाले ती विदेशी महिलाले राखेको जिज्ञासाको उत्तर दिइन् –“हेर ! डेजी, हामी नेपालीले आफ्नो परिवारलाई सँगै राख्न आफ्नो संस्कृति जोगाउन अनि माया र दायित्वलाई सँगै बुन्दै अघि बढ्न सिकेका छौंँ । हाम्रो शक्ति, हाम्रा जरा हुन्, जसले हामीलाई आत्मसम्मान र गर्व दिन्छ’’ त्यतिकैमा उनीहरू नजिकै एकजना वृद्धा आमा बस्नुभएको थियो । गर्मीको कारणले होला उहाँलाई रिंगटा लागे जस्तो भयो र पानी माग्नुभयो ।

मुनाले तुरुन्तै आमालाई पानी दिइन् । वृद्धा आमा खुसी भएर मुनाको कपाल मुसार्दै भन्नुभयो – “छोरी तिमीहरू जस्ताले नै हाम्रो संस्कृति जीवित राखेका छौ ।’’ डेजीको मन तरङ्ग झैँ गुन्जियो –“हामी विदेशी समाजमा स्वतन्त्र छौँ तर त्यो स्वतन्त्रता भित्र आत्मियता र मायाको अभाव छ ।’’

- राधे राधे, भक्तपुर

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment