दृष्टिकोण
- कल्पना भण्डारी
सिन्धुपाल्चोक हालः काठमाडौँ
'अँध्यारो अनुहार छ त, सन्चो छैन बहिनी ?’ मैले सँगै सीटमा बसेकीलाई सोधेँ ।
‘काम गर्दै पढ्न भनेर काठमाडौँ आएको काम पनि पाइएन घर फर्किनु पनि कसरी ?’ हीराले दुःख पोखी ।
‘बहिनी, पीर नगर्नुहोस्, मैले यो संसारमा दुःखी र अपाङ्गहरुका व्यथा बुझेको छु । कतिपयले ऊ जुनीको पाप भनेर जिस्काउँछन्, र अझ कतिले त दृष्टि नै बेग्लै राख्न पनि खोज्छन् ।’ मैले उनलाई सम्झाएँ ।
‘हो नि दिदी, एकपटक मलाई पदम नामका सरले एउटा कार्यक्रममा जाँदा जागिर लगाइ दिन्छु भनेर बोलाउनुभयो । म हर्षित हुँदै कार्यालय पुगेर फोन गरेँ । उहाँले क्वार्टरमै डाक्नुभयो ।’ उसले पुरानो प्रसङ्ग निकालेर भनी ।
‘अनि के भयो ?’ मैले जिज्ञासापूर्वक सोधें ।
‘एक घण्टासम्म उहाँले नानाभाँती कुरा गरेर अन्तमा क्वार्टर पनि आइरहनु पर्छ भन्नु भो ।’ ‘अनि पाएको जागिर खान पर्दैन त ?’
‘त्यसो होइन दिदी । म शारीरिक रूपले कमजोर भए पनि मानसिक रूपले त सबल छु नि त ।’
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment