दोषी को ?
- चूडामणि नेपाल 'अकिञ्चन'
विराटनगर -१
‘ममाथि अन्याय गर्दै हुनुहुन्छ है ।’ महिला पात्र बोली ।
‘लेखकज्यू घटनालाई दुःखान्त बनाएर परिवेश पनि परिवर्तन गर्नुहोस् ।’ महिला मित्र मोहिनी बोली ।
‘हाम्रो हकअधिकार बिरुद्धको घटना अब हामी कथामा चित्रण गर्न दिंदैनौँ ।’ दुबैजना एकैस्वरमा बोले ।
‘यो मेरो सार्वभौम लेखकीय स्वतन्त्रता हो । मैले लेख्न पाउनु पर्छ । महिला पुरुष मेरालागि बराबर हुन् । पुरुष लेखनबाट मात्र महिला प्रताडित भएका होइनन् । सामाजिक रीतिरिवाज, रहनसहन, लवाई-खुवाई, घर व्यवहार, सुख-दुःख, प्रेम, आदिको चित्रणमा कथाको घटना अनुसार कोही पात्रमाथि अन्याय होला तर त्यो कथाको माग हो । कहिले सुखान्त कहिले दुःखान्त । यो मेरो लेखकीय अधिकार हो । समाजको यथार्थ हो, किन रोक्नु खोज्नुहुन्छ ?’ लेखक बोल्यो ।
‘तपाईंहरुले महिलालाई कमजोर बनाएरै चित्रण गर्नुभयो । श्रृङ्गारिक लयमै सजाउनुभयो । अहिले पनि महिलालाई प्रोत्साहन गरेर लेख्न किन सक्नुहुन्न तपाईंहरु? तपाईंहरुले खेलौना बनाउनु भयो’ महिला पात्र बोली ।
बैठक कोठामा आज पनि रडाको मच्चियो, आवाज महिलाकै थियो, ‘तेरा माइतबाट के दाइजो ल्याएकी छस् र हैकम जमाउँछेस्, ठूला ठूला भाषण गररेमात्र घर चल्दैन । म सक्दिन अब । कहाँ जानु पर्छ जा, ठूलो साहित्यकारलाई पनि सँगै लैजा । सके गरेर खान्छु नसके मर्छु । बाँच्न कहाँ पाएँ र ? जीवनभरि त मरेकै छु । आफू हारेर गए, आरोप मैले खेप्नु पर्यो । लोग्ने मारी, खाई भन्ने दोष मेरो टाउकोमा आयो ।’
टाउको रन्थनियो । पात्र परिवेश घटना कता हराए कता । सम्झें कस्का लागि लेख्दै छु ?
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment