Wednesday, November 29, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

मन

-तुयू पुं
पाटन  


मन रोइरहेछ । शरीरमा कुनै घाउ, रोग छैन । तैपनि मन रोइरहेछ । सुनाउँ भने, सुन्ने कोही छैन । बाबुआमाको कुरा सुन्ने र बुझ्ने छोराछोरी त छैन भने म को हुँ र ?

मेरो कुरा सुनी आफ्नो काममा बर्बाद कसले गर्छ, समय कोसँग छ र? तै पनि मेरो मन मानेन । एक्लै भए पनि बर्बराउँछु म ।

राणाशासनमा लेखपढ गर्न दिएन भनि कराएँ । पञ्चायती व्यवस्थामा आफूलाई दुःखपर्दा भनसुन गर्न, न्याय दिलाउन कहीँ छैन भनि आन्दोलन गरेँ । बहुदलमा हुने खानेको मात्र न्याय भयो भनि कराएँ । अब त गणतन्त्र । हुनेले जे गरे पनि छुट छ’रे ! नहुनेले बाटोमा बसी मकै पोलेर बेचिस् भनि लखेटिने । वाह ! सरकार... ।

No comments:

Post a Comment