Showing posts with label पूर्णप्रसाद ब्राह्मण. Show all posts
Showing posts with label पूर्णप्रसाद ब्राह्मण. Show all posts

Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

थोक व्यापार

- पूर्णप्रसाद ब्राह्मण


हुकुमी शासन गयो, तर त्यसको स्वाद कहाँ गएको छ र, के मालिक, के नोकर ! उनीहरूलाई आजकल यति नरमाइलो छ !

अरुको अगाडि मालिकले खिस्र्रिक्क हाँसेर हेर्दा आफ्नु कत्रो धाक थियो । लुटको धन फूफुको श्राद्ध ? अझ केही पाएको दिन त कुरै भएन ? चः चः अब ती दिन गए ? चिन्तामग्न भएर यति विचार गरेपछि मदनले तुरन्त एउटा बिन्तिपत्र गुप्ती तौरले मालिककहाँ पठाए– “अब हाम्रो चाकडी प्रथालाई दुनियाँले मन पराएन  यसलाई मिटाई नै दिने कि रुपान्तर गरिदिने ?”

विन्तिपत्रको जवाफ– “विन्तिपत्रबाट खुसी भयौं । हाम्रो सम्बन्ध पुरानै छ । तिमीले भनेजस्तै रुपान्तर गर्न प¥यो । संघको जमाना छ, संगठन गर । आम चुनावमा काम देखाउन सक्यौ भने......। ढोकामा आइरहनु पर्दैन ।”

मदनले विशाल जनसमूहमा भाषण दिँदै भने– “भाइ हो, निरंकुश राणाशाहीको खुनी पञ्जाबाट मुक्त भयौं । तर देशमा धेरै काम बाँकी छ । आउनुहोस्–संगठित हुनुहोस् ।” इत्यादी ।
 

साभारः झिल्का लघुकथासङ्ग्रहबाट