Showing posts with label श्रीकृष्ण शर्मा. Show all posts
Showing posts with label श्रीकृष्ण शर्मा. Show all posts

Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

 झस्का

-श्रीकृष्ण शर्मा
पोखरा 


‘‘ओ ..... कृति ! कृतिका हो...... ओ ।’’  म वासरुमभित्रैबाट चिच्याएँ ।
आज काग तिहार बिहान नुहाइधुवाइ कागलाई प्रसाद चढाएर खाने मनसुवा गरेको थिएँ । चिसो पानीमा धेरै बेर नगरी स्नातक हुने विचार थियो । यो भुल्ने बानीले झन् अबेर गराइदियो । म हतारिएँ,‘‘बेबी किन हो र ढिला गरेको ?’’ ल्याऊ न भन्या ।

‘‘हजुर ड्याडी, के भन्नुभा ?’’ कोठाभित्रको आवाज सुस्त बोल्यो ।
‘‘मेरो टाबेल छिट्टै ल्याइदेऊ न सानू ।’’ मैले माया मिसाएर मिहिन स्वरमा अह्राएँ ।

खै कताबाट ट्वाँ ट्वाँ को आवाजले कान हुँदै मेरो दिल छोयो । म सतर्क भएँ । यसो चारैतिर नजर घुमाएँ, सानो लामखुट्टे रहेछ । बेकार डराएछु । म यथास्तिमा आउन खोजेँ ।

‘‘बाबा लिनू । छिटो गर्नू रे ! खाना तयार भइसक्यो, मामुले भन्नुभाछ ।’’ किशलय ओठबाट आइरहेका शब्द थिए यिनी ।

‘‘ओके, तिमी जाऊ, पाँचै मिनेटमा आइहाल्छु ।’’ मैले उता नहेरी प्रत्युत्तर दिएको थिएँ ।