Showing posts with label राजु क्षत्री 'अपु्रो'. Show all posts
Showing posts with label राजु क्षत्री 'अपु्रो'. Show all posts

Tuesday, March 31, 2026

लेख (अङ्क ३३ मा प्रकाशित)


वर्तमान अवस्थामा मानिसहरूसँग लामा लामा ठेली पढ्ने समय निकै कम रहेको देखिन्छ । थोरैमा धेरै कुराहरू अट्ने हुँदा अहिले मानिसहरू लघुकथा लेख्न र पढ्न झुकाव भइरहेको पाइन्छ । आख्यानको प्रविधाको रुपमा लोकप्रिय हुँदै गइरहेको लघुकथा लेखनमा थुप्रै स्थापित साहित्यकारहरू पनि लागि परेको पाइन्छ । उपन्यासलाई फुटबल मैदान, कथालाई भलिबल मैदानको संज्ञा पाएझैँ लघुकथालाई चेस बोर्डको संज्ञा दिइएको यो प्रविधिको लेखन यात्रा वि.सं २००७ पछि नै भएको मानिन्छ ।

तत्कालीन अवस्थामा पूर्णप्रसाद ब्राह्मण, जय नारायण गिरी दुर्लभलाल सिंह, जगदीश नेपाली लगायतका लेखकहरूले लघुकथा लेख्ने गरेको दस्तावेजमा उल्लेख छ । चालीसको दशकसम्म आइपुग्दा दर्जनौं लेखकहरूले निरन्तरता दिएको कारण लघुकथाले निकै उचाई लिएको हो र यो उचाईमा पुर्‍याउन गोरखापत्र, मधुपर्क, युवामञ्च, गरिमा आदि नाम चलेका पत्रपत्रिकाहरूले उल्लेखनीय भूमिका खेलेको पाइन्छ ।

लघुकथाको विकास विस्तार र प्रवद्र्धन गर्न कै लागि आधिकारिक रुपमा २०६५ सालमा लघुकथा समाज नामक संस्था दर्ता गरिएको छ । संस्थाले बेलाबेलामा पुस्तक विमोचन, गोष्ठी, अन्तक्रिया, प्रशिक्षण, सम्मान लगायत विविध कार्यक्रम गरेर लघुकथाको क्षेत्रमा थुप्रै उल्लेखनीय कार्यहरू गरिसकेको छ । लघुकथालाई अझ संस्थागत गर्न पोखरामा पनि गत वर्षदेखि ‘लघुकथा प्रतिष्ठान पोखरा’ नामक संस्था क्रियाशिल रहेको छ ।

हालसम्म १५० जना लेखकले पुस्तक प्रकाशन गरेको र दुई दर्जन नारीहरूको सहभागिता रहिसकेको, लघुकथामा विद्यारवारिधी गर्नु भएका डा. पुष्करराज भट्टको दस्तावेजमा उल्लेख छ । त्यसैगरी आफ्ना दुई कृति प्रकाशन गर्नेहरू एक दर्जनको हाराहारीमा छन् भने तीन सङ्ग्रह (ह्याट्रिक) प्रकाशन गर्नेहरूमा डा. रविन्द्र समीर (८), सुमन सौरभ (५), खेमराज पोखरेल (४), बिनय कसजू (४) डा. कपिल लामिछाने (३), डा. पुष्कर राज भट्ट (३) कृष्ण बजगाइँ (३) राजु क्षत्री अपुरो (३) कृष्ण शाह यात्री (३), विश्वराज अधिकारी (३) आदिको नाम लिन सकिन्छ । लघुकथामा त्रि.वि. बाट थुप्रै शोधपनि भएका छन् । लघुकथामा पहिलो शोध गर्ने इश्वरीप्रसाद पोख्रेल हुन् । लघुकथामा डा. रविन्द्र समीर, राजु क्षत्री अपुरो, खेमराज पोख्रेल, कल्याण पन्त आदिका लघुकथाहरूमा शोध भइसकेका छन् ।

सामाजिक सञ्जालको विकास र विस्तार भएपछि लघुकथा लेखनमा तिव्रता आएको देखिन्छ । ग्रुप पेज बनाएर लघुकथा लेख्न थालिएको पनि आठ वर्ष हुन लागेको छ । यसको पहिलो श्रेय लघुकथा कुनो र संस्थापक नारायण तिवारीलाई जान्छ ।

अहिले लघुकथा लेख्नेहरूको निकै बाढी आएको छ । फेसबुकले एउटा स्कूलको काम गरेको छ । यसले नयाँलाई निखार्न मद्दत पुर्‍याएको छ ।

अझै पनि लामो समयदेखि लघुकथा लेख्दै आइरहेका केही लेखकहरू लघुकथा लेखनमा अलमल्ल परेका हुन् कि भन्ने भान हुन्छ । मेलोमेसो नपाएका नयाँ लेखकहरूका लागि केही मार्गदर्शन हुन सक्छ की भन्ने हेतुले म आफूले जाने बुझेका केही कुराहरू प्रष्ट पार्न चाहान्छु ।

Sunday, June 8, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


एउटा विशाल मैदानमा धेरै प्राणीहरू जम्मा भएका थिए । सबैले आ–आफ्नो कलाकौशल देखाउनु थियो आज । उत्कृष्ट हुनेलाई पुरस्कारको घोषणा गरिएको थियो । पुरस्कारको लोभले धेरैभन्दा धेरै प्राणी उपस्थित देखिन्थे।

आफ्नो टिमको नेतृत्व गर्दै हात्तीले आफ्नो जङ्गली रुप देखाएर तर्साए । कुकुरहरू आफू मालिकको  बफादार भएको प्रमाण पेश गरे । मांसाहारीहरूले शिकार गरेर आ–आफ्नो आहार बनाएको देखाए । कोही नाचे । कसैले गाएर मनोरञ्जन दिए । यसैबिच एउटा हुल देखा परे । आफ्नो कौशल देखाउन क्रममा कोही रुखमा चढेर हाँगाबिगा भाँच्न थाले । कोही फलफूल, खाद्यान्न लिएर भागे । कोही सामान तोडफोड गर्न थाले । कोही मञ्च भत्काउन थाले । कसैले  लुटपाटको ताण्डव देखाए । केहीले लुछाचुँडी  गर्दै गरेको दृश्य देखाए ।

त्यसपछि बाँदरको पालो आयो । बाँदरहरू धेरै बेरसम्म मौन बसेको देखेर आयोजकले सोधे, "बाँदरबन्धुहरू ! अब तपाईंहरू आ–आफ्नो कलाकौशल र क्षमताको प्रदर्शन गरेर देखाउनुहोस् । किन मैदानमा नउत्रिनु भएको ?’’

बाँदरहरूको अगुवाले भन्यो “हामीले प्रदर्शन गर्नुपर्ने कलाकौशल त मान्छेहरूले केहीबेर अगाडि नै प्रदर्शन गरेर देखाइसके नि !’’

– लाहाचोक, कास्की

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, November 21, 2023

अन्तर्वार्ता

*****************
लेखक परिचय
बुद्धिमाया र डम्बरबहादुर क्षत्रीको सुपुत्रका रुपमा वि. सं. २०२९ कार्तिक १९ गते कास्कीको माछापुच्छ्रे गा.पा. वडा नं. ४ लाहाचोकमा साहित्यकार राजु क्षत्री अपूरोको जन्म भएको हो । श्रीमती, एक छोरा र एक छोरीको छुट्केइलो परिवारमा बसोबास गर्दै आएका क्षत्रीले साहित्यिक जगतमा अरु थुप्रै कामहरू गर्ने सोचहरू बनाएका छन् ।

विद्यार्थीकालदेखि नै खेलकुद तथा साहित्यिक कुरामा अभिरुची देखाउने क्षत्रीको ‘बाँझो कि बाँंझी ?’ शीर्षकको पहिलो लघुकथा सन् २००६ मा प्रकाशित भएको थियो । हालसम्म उनका निम्न लघुकथा कृतिहरू प्रकाशित भइसकेका छन् ः – 

(१) मेरा केही लघुकथाहरू (२०६८)  (२)  भाग्य र कर्म (२०७३) (३)  आशाका झिल्का (२०७४)  (४)  दिमागको बिर्को (२०७६)  त्यसबाहेक अन्य विधागत कृतिहरूमा प्रवासका भोगाइ र अनुभवहरू (सन् २००९) नामक यात्रा संस्मरण कृति प्रकाशित भएको देखिन्छ । उनले साहित्यिक कर्मवापत सिर्जना सदन घाचोकबाट वर्ष सम्मान २०७७, मन्जरी थिएटर मलेसियाले गरेको सम्मानबाट (सन् २०१७) सम्मानित भएका छन् । त्यसै गरी सन वे लगुन क्वालालम्पुर मलेसियाबाट सन् २००७ मा साहित्यिक भ्रमण गर्ने अवसर पनि प्राप्त गरेका छन् । उनीसित लघुकथा संसारका स्तम्भकार गोमविक्रमले लघुकथा विधासँग केन्द्रित रहेर गर्नुभएको कुराकानी यसप्रकार छ ः 

*****************