Showing posts with label डा. लता अग्रवाल 'तुलजा'. Show all posts
Showing posts with label डा. लता अग्रवाल 'तुलजा'. Show all posts

Saturday, March 23, 2024

अनुवाद लघुकथा (अङ्क १० मा प्रकाशित)

बजारको माग

-डा. लता अग्रवाल 'तुलजा'
अप्सरा कोम्प्लेक्स 'ए' सेक्टर, इंद्रपुरी भेल क्षेत्र भोपाल



गुरुदेव, एउटा जिज्ञासा मनमा थियो । शिष्यले गुरुलाई निवेदन गर्दै भने ।
- कस्तो जिज्ञासा हो?
- गुरुदेव, म दस वर्षदेखि हजुरसँगै छु । पहिले-पहिले हजुरले महिलाहरुलाई दिने प्रवचन सन्देशमुलक हुन्थ्यो । जसमा आफ्ना लोग्नेका कुरा मान्नु र सासू-ससुराको सेवा गर्नुजस्ता कुरा त्यहाँ आउँथ्यो । आजभोलि उनीहरुका लोग्नेहरुको चरित्रबारे ज्ञान दिनुहुन्छ । लोग्ने र स्वास्नी बीच एक आपसमा सम्मान भएन भने त्यस घरपरिवारमा लक्ष्मीको वास नभएर सुख-शान्ति हुँदैन । यस्ता कुरा गरेर कस्तो परिवर्तन खोज्नु भएको हो? मैले त केही बुझिन् ।

- शिष्य, तिमीलाई यो कुरा थाहा छैन । बजारमा जसको माग बढी हुन्छ, त्यसै अनुसार चल्न जान्नुपर्छ । अनि मात्र सफलता हात पर्छ ।

- मैले अझै बुझिन?
- अहिलेको राजनीतिमा महिला उत्थानका कुरा बढी उठ्ने गर्छ । जसरी राजनीतिको हावा चल्छ । त्यसै अनुसार बग्न जानुपर्छ । यसो गर्दा हामी बच्न सक्छौ ।

- त्यो त बुझे, तर?
- तर... तिमी आफै भन्न त प्रवचन सुन्न आउने को बढी छ?

- महिलाहरु बढी छ?
- तसर्थ महिलाहरुसँग निहुँ खोजेर हाम्रो धन्दा चल्दैन, अतः सो बमोजिम चल्नुपर्छ बिझ्यौ?
- सबै कुरा बुझेँ गुरुदेव ।

अनुः गगनदीप सर्व
(हिन्दी भाषााबाट अनुदित)