Showing posts with label डा. पुष्करराज भट्ट. Show all posts
Showing posts with label डा. पुष्करराज भट्ट. Show all posts

Sunday, July 12, 2026

लेख (अङ्क ३६ मा प्रकाशित)


नेपाली लघुकथामा शिक्षा क्षेत्रसँग सम्बन्धित विषयलाई प्रस्तुत गरिएको छ । यी लघुकथामा अभिभावक, विद्यार्थी, शिक्षक एवम् शैक्षिक संस्थाका गतिविधिलाई अध्ययनको विषय बनाइएको छ । यस अध्ययनमा शिक्षा क्षेत्रसँग सम्बन्धित लघुकथाको अध्ययनका लागि अभिभावक एवम् विद्यार्थीवर्गका क्रियाकलापको प्रस्तुति, शिक्षकवर्गका गतिविधिको चित्रण एवम् शिक्षण संस्था एवम् संस्थाप्रमुखका क्रियाकलापको प्रस्तुतिलाई अध्ययन गरिएको छ ।


अभिभावक एवम् विद्यार्थीवर्गका क्रियाकलापको प्रस्तुति

नेपाली लघुकथामा युगचेतनाअन्तर्गत शिक्षा क्षेत्रका गतिविधिको अध्ययनका सन्दर्भमा अभिभावक एवम् विद्यार्थीका क्रियाकलापलाई पनि लिइएको छ । लघुकथा रचनामा शिक्षा क्षेत्रका गतिविधि सुचारु रूपमा चल्न शिक्षक एवम् शैक्षिक संस्थाका साथसाथै अभिभावक एवम् विद्यार्थीको समेत सकारात्मक भूमिका हुनुपर्ने विचार व्यक्त गरिएको पाइन्छ । प्रस्तुत अध्ययनमा अभिभावक एवम् विद्यार्थीवर्गका क्रियाकलापका कारण सिङ्गो शैक्षिक क्षेत्रमा परेको प्रभावका सम्बन्धमा अध्ययन गरिएको छ । यस अध्ययनमा रामविक्रम थापाको मानमर्दन, आर. आर. चौलागाईको शिष्टाचार, डम्बर रसिक भारतीको अभिनयहरू, विष्णु भण्डारी आचार्यको माया, खेमराज पोखरेलको आन्तरिक नम्बर एवम् मनिषकुमार शर्मा ॅसमित’ को थेसिस लघुकथाको विश्लेषण गरिएको छ :

(क) “र’ ले 'स’ लाई पढायो । अर्थात् हिजोसम्म 'र’ चाहिँ 'स’ को गुरु  थियो र 'स’ चाहिँ 'र’ को चेलो । स्थानीय चुनावमा पार्टीबाट टिकट पाएर गा.वि.सं.को अध्यक्ष पदमा 'स’ विजयी भयो । 'र’ ले पनि लोकसेवा आयोग लड्यो र गा.वि.सं. को सचिव भयो ।’’ आजै बेलुकी कार्यालयबाट छुट्ने बेलामा 'र’ ले बिदाइको नमस्कार गर्‍यो । 'स’ भने नमस्कारको प्रत्युत्तर नै नदिई यति मात्र बोल्यो– “त्यो मेरो झोला बोकर हिँड” (थापा. २०५५ : १४) ।

यस अंशमा आफ्नो शिक्षकलाई अपमान गर्ने पूर्वविद्यार्थीको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । यहाँ विद्यार्थी गाविस अध्यक्ष भएको, पूर्वशिक्षक लोकसेवा पास गरेर गाविस सचिव भएको पाइन्छ । लघुकथामा गुरुको अपमान गर्ने पूर्वविद्यार्थीको कार्यप्रति व्यङ्ग्य गरिएको छ ।

(ख) ऊ गुरु रामनाथलाई निकै आदर गर्थ्यो । भन्ने गथ्यौ ऊ– 'रामनाथ गुरु मेरा श्रद्धेय पात्र हुनुहुन्छ । वहाँबाट मैले साउँअक्षर सिकें । वहाँले नै मलाई छात्रवृत्ति मिलाइदिनु’भो । जीवनभरका निम्ति म वहाँप्रति ऋणी छु ।’ … आज ऊ ठुलो प्रोजेक्टमा काम गर्छ । महिनामा पचासौं हजार खान्छ…. धेरै वर्षपछि उसको भेट रामनाथ गुरुसँग भयो । उसको उन्नति देखेर गुरु खुसी देखिन्थे । तर उसले गुरुलाई चिन्न पनि चिनेन । बेलुकी श्रीमतीसँग भन्दै थियो ऊ– “म यति ठुलो मान्छेलाई भेट्दा पनि नमस्ते नगर्ने ? साला रामनाथे’’ (चौलागाई. २०६५ः १०९) ।

प्रस्तुत लघुकथांशमा कुनै समय गुरmको गुणगान गाउने मानिसले पछिल्लो समयमा आफूले धेरै पैसा कमाउने जागीरमा लागेपछि अभिमानी बनेको एवम् गुरmलाई सम्मान गर्नुको साटो घर पुगेर गुरूप्रति अपमानसुचक अभिव्यक्ति दिएको प्रसङ्ग प्रस्तुत गरिएको छ । यहाँ आफ्नो गुरूको अपमान गर्ने पूर्व विद्यार्थीको कार्यप्रति असहमत चेतना व्यक्त भएको छ ।

(ग) “सर, बसौं यहाँ’’ विनय आप्नो सिटबाट उठ्न खोज्दै भन्छ । उभिनसमेत मुस्किल मुस्किल परेको छ बसमा…. “बस, बाबु बस । म उभिइहाल्छु । त्यति लामो यात्रा पनि त होइन ।’’ सरले भन्नुभयो…. “सायद सरले नसिकाईकन जानेको यही हो सर–म पनि सिट छाड्ने नै मनस्थितिमा कहाँ थिएँ र, यस्ता अभिनयहरू त्यतिकै सिकिँदो रहेछ र आवश्यकता पनि पर्दो रहेछ सर’’ यस्तै सोच्दै विनय गजक्क बसिरह्यो (भारती. २०६९ः १४) ।

प्रस्तुत लघुकथांशमा शिक्षकका लागि सिट छोडेजस्तो गर्ने तर नछोड्ने विद्यार्थीको चर्तिकलालाई प्रस्तुत गरिएको छ । लघुकथामा बाहिर सम्मान गरेजस्तो गर्ने तर मनमनै आफ्नो लाभ खोज्ने युवा पुस्ताको स्वार्थजन्य गतिविधिप्रति व्यङ्ग्यात्मक चेतना अभिव्यक्त भएको छ ।

(घ) सुशान्तले लेखेको रहेछ, “सर ! म त ठुलो भएपछि टिचर बन्न चाहन्छु, टिचर भएर सरकी छोरी दिप्तीलाई पनि पढाउनेछ र पढाउँदा हातमा लट्ठी नबोकी क्लासमा जानेछ, नतर्साई, नथर्काई माया गरेर पढाउनेछु (भण्डारी आचार्य, २०७७ : ८) । यस अंशमा शिक्षकको पिटाइबाट आजित भएको विद्यार्थीको अनुभूतिलाई प्रस्तुत गरिएको छ । उनले सभ्य, शिष्ट भाषामा पत्रका माध्यमबाट विद्यार्थीमाथि शिक्षकवर्गबाट गरिने कुटपिट कार्यप्रति विमति एवम् व्यङ्ग्य गरेका छन् । लघुकथामा शिक्षक वर्गबाट विद्यार्थी वर्गमाथि हने हिंसाप्रति व्यङ्ग्य गरिएको छ ।

(ङ) विद्यार्थीहरूको एक हुल रामलाल र नजिक पुगे र भने : नमस्कार सर ! रामलाल सरले नमस्कार फर्काएनन् । बरु तुरुन्त प्रतिक्रिया दिए : मैले आन्तरिक नम्बर बुझाइसकें (पोखरेल २०७३ : ७३) ।

यस अंशमा आन्तरिक जाँचका क्रममा धेरै नम्बर पाउन शिक्षककहाँ धाउने विद्यार्थीको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । प्राध्यापकले विद्यार्थीको मनशाय बुझेर उनीहरूलाई आफूले आन्तरिक जाँचको नम्बर बुझाइसकेको बताएका छन् । यहाँ आन्तरिक जाँचमा धेरै नम्बर लिन दवाब दिने विद्यार्थी वर्गको क्रियाकलापको प्रतिक्रियास्वरूप प्राध्यापकको भनाइ आएको छ । लघुकथामा शिक्षा क्षेत्रमा रहेको विकृतिलाई प्रस्तुत गरिएको छ ।

(ठ) “ल सरलाई थाहा नै रहेनछ । थेसिस पनि आफैले लेखेर हुन्छ त ? मैले भनेको मान्नुहुन्छ त्यो पसलमा जानुस्, त्यहाँको भाइले सबै मिलाइदिन्छ ।” चिया पसलेले अगाडिको पुस्तक पसलतिर औलाउँदै भन्यो (शर्मा 'समित्‌’ २०७९ : ६२)

यस अंशमा विश्वविद्यालयका शोधपत्र विद्यार्थी स्वयंले निर्माण नगरेर अन्य मानिसमार्फत पैसामा किनबेच गर्ने गरेको अवस्थालाई प्रस्तुत गरिएको छ । यस लघुकथामा मेहनतभन्दा सजिलोको खोजीमा लाग्ने प्रवृत्तिई प्रोत्साहित गरिएको छ । लघुकथामा जानी नजानी गलत किसिमले शोधपत्र तयार गर्ने कार्यमा संलग्न हुने विद्यार्थी, गलत कार्यको प्रचार गर्ने चियापसलेको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । यस अध्ययनमा अभिभावक एवम् विद्यार्थीवर्गका गलत चिन्तन एवम् क्रियाकलापका कारण शैक्षिक क्षेत्रमा नराम्रो असर परेको विषय सन्दर्भको प्रस्तुति गरिएको छ । नेपाली लघुकथामा शिक्षा क्षेत्रको विकासका निमित्त अभिभावक एवम् विद्यार्थीको भूमिका महङ्खवपूर्ण हुने भएकोले उनीहरूका क्रियाकलापमा – इमानदारिता हुनुपर्ने चेतना व्यक्त भएको छ ।

Tuesday, May 5, 2026

लेख (अङ्क ३४ मा प्रकाशित)

नेपाली लघुकथामा आधुनिक सभ्यता एवम् जीवनशैलीको अध्ययन गरिएको छ । नेपाली लघुकथामा समाजमा आधुनिक सभ्यता एवम् जीवनशैलीले मानिसको जीवनशैली एवम् उसको सोचमा व्यापक परिवर्तन ल्याउने भाव व्यक्त भएको छ । यस अध्ययनमा नेपाली समाजमा परिवर्तनमुखी चेतना र परिवर्तनका नामका आएका विभिन्न विचार, दृष्टिकोण एवम् क्रियाकलापले पारेको प्रभावको अध्ययन गरिएको छ । यस अध्ययनमा नारी–पुरूष सम्बन्धको प्रस्तुति, पुस्तागत सम्बन्धमा आएका उतारचढावको अभिव्यक्ति, अस्वाभाविक जीवनशैली एवम् असामान्य क्रियाकलापजन्य क्रियाकलापलाई प्रस्तुत गरिएको छ ।

नारी–पुरुष सम्बन्धको प्रस्तुति

नेपाली लघुकथामा आधुनिक सभ्यता एवम् जीवनशैलीको अध्ययनका क्रममा नारी–पुरुषबिचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । यी लघुकथामा समाजमा उत्पन्न हुने विविध विचार एवम् जीवनशैलीको प्रभावले मानिसहरूको आपसी सम्बन्धलाई प्रभावित तुल्याएको विचार व्यक्त भएको छ । आजको दिनमा सूचना प्रविधिले मानिसले एकआपसमा जोडेको, प्रविधिको सही उपयोग हुन नसक्दा मानव जीवन सङ्कटमा परेको घटना प्रस्तुत गरिएको छ । नेपाली समाजमा बढ्दो सहरीकरण, सामुहिक परिवारको विघटन र उपभोक्तावादको प्रभावसँग मानिसहरू एकल परिवार समूहमा आबद्ध हुन थालेको विषय सन्दर्भलाई लघुकथा निर्माणको कथ्य सन्दर्भका रूपमा प्रस्तुत गरिएको पाइन्छ। नेपाली लघुकथामा आजको आधुनिक पुस्ता मानवीय संवेदनाभन्दा पनि व्यक्तिगत स्वार्थ एवम् महत्वकाङ्क्षमा रुमल्लिने गरेको, पुस्ताहरूबिचको अन्तर्सम्बन्धमा चिसोपना आएको, पति–पत्नी, आमाबाबु एवम् छोराछोराबिचको सम्बन्ध यान्त्रिकताले जड बनाएको घटनालाई विषयवस्तु बनाएको देखिन्छ । यस अध्ययनमा नारी–पुरुष सम्बन्धमा आधारित गोपाल ढकालको साहसिक कदम, देवेन्द्र अर्याल ’आँसु’ को अग्निपरीक्षा, आर. आर. चौलागाईको ऊ अझै फर्केन, मणिकुमार पोखरेलको परिचय, श्रीओम श्रेष्ठ ’रोदन’ को तृष्णा एवम् रवीन्द्र तिमसेनाको अचम्म लघुकथालाई विश्लेषण गरिएको छ :

(क) “म टेष्टट्युब प्रविधिको सहायताबाट गर्भवती भएकी हुँ“ रमिलाले तेस्रोपटक मुख खोली…. सबै भद्र भलादमीहरू जर्याकजुरुक गरेर हिंडे । कचहरी त्यतिकै सकियो । उता गाउँका मुखिया भने नारीवादी महिला नेतृको साहसको प्रशंसा गर्दै भन्दै थिए, “तिमीले त मलाई कत्रो सङ्कटबाट बचायौ, नानी“ (ढकाल. २०६२ : १३) ।

यस अंशमा अनैतिक सम्बन्धबाट गर्भवती भएकी महिलाले टेष्टटयुब प्रविधिको सहायताबाट गर्भवती भएको विचार व्यक्त गरेकी छिन् । लघुकथामा गाउँको मुखिया र गाउँकी आधुनिक जीवनशैली एवम् फेसनको प्रभावमा बाँचेकी महिलाको संसर्गपछि महिला गर्भवती भएको घटनालाई ढाकछोप गरिएको छ । यहाँ उक्त महिलालाई ’नारीवादी महिला’ भनिएको र मुखियाले महिलाको साहसको प्रशंसा गरेर आफूलाई सङ्कटबाट बचाएको अभिव्यक्ति दिएको छ ।

(ख) विदेशमा काम गर्न गएका एक हुल रामहरू स्वदेश फर्किए । उनीहरूले सीताको सतीत्वमाथि शङ्का गरी अग्निपरीक्षा दिनुपर्ने प्रस्ताव राखे । जब यो कुरा महिला समूहमा पुग्यो, तब जोडतोडका साथ उनीहरूले “अब सीताहरूले होइन, अग्निपरीक्षा दिने पालो रामहरूको हो” भन्ने निर्णय गरे… रगत परीक्षणमा सम्पूर्ण रामहरू ’एच.आइ.भी. पोजेटिभ देखिए । तब सीताहरूले रामहरू अग्निपरीक्षामा सफल हुन नसकेको र उनीहरूलाई त्यागिएको घोषणा गरे (अर्याल आँसु २०६६ ५३) ।

यस अंशमा विदेशमा रोजगारका लागि गएका युवाले असुरक्षित यौन व्यवहार गरेको, विदेशमा गएर आफूले जथाभावी गरेको तर स्वदेश आएर आफ्ना पत्नीमाथि शङ्का गरेर मेडिकल जाँच गराउन खोजेको घटनालाई प्रस्तुत गरिएको छ । यहाँ महिलाहरूले विदेश गएका ती पुरmष वर्गको जाँच गराउँदा उनीहरूमा एच. आइ. भी. पोजेटिभ लागेको यथार्थ घटनालाई अभिव्यक्त गरिएको छ । यस रचनामा पुरुष वर्गको अनावश्यक शङ्कालु प्रवृत्ति एवम् छाडा कार्यप्रति व्यङ्ग्य गरिएको छ ।

Sunday, March 1, 2026

लेख (अङ्क ३२ मा प्रकाशित)

 


(२) वैचारिक प्रतिबद्धताको अभावको चित्रण

नेपाली लघुकथा रचनामा नेपाली राजनीतिकर्मी आफ्नो वैचारिक पक्षप्रति कमजोर बन्दै गएको अवस्थालाई अध्ययनको विषय बनाइएको छ । एक निश्चित विचार, दर्शन बोकेर राजनीतिमा प्रवेश गरे पनि त्यस अनुकूलको आचरण नगरेको, जनताको पक्षमा सही किसिमले नलागेको कारण राजनीतिकर्मी आलोचित बन्दै आएका छन् । नेपाली लघुकथामा नेपाली राजनीतिमा देखिएको वैचारिक स्खलनलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । यसै सन्दर्भमा वैचारिक विचलन प्रस्तुत गर्ने क्रममा हरिगोविन्द लुइटेलको हवस् त लालसलाम, सुमन सौरभको मातृभूमि, रवीन्द्र समीरको बलिको बोको; विनयकुमार कसजूको हलीको फोटो, सीताराम नेपालको योग्यताको कदर एवम् रञ्जन घिमिरेको राजनीति लघुकथालाई प्रस्तुत गरिएको छ :

(क) यसको लगत्तै मैले विभिन्न जिल्लामा रहेका हाम्रा मतियारहरूलाई यो फर्मुला रिले गरें–“हलो ! गणेशजी, भगवान्जी, गोपालजी, कृष्णजी, रामजी वा लछुमनजी । यहाँ केशवजी र मेरा बिच कुराकानी भएर राम्रो योजना बनेको छ । तपाईंहरू पनि हाम्रै बाटोमा हिँड्नुहोला । घुस, बलात्कार र अपराधहरू छोप्न ॅयता’ वा ’उता’ लागिहाल्नु होला । “तिमीहरू बलात्कारी हौ“ भनी एउटाले तपाईंलाई आरोप लगायो भने भन्नु – “हाम्रो राष्ट्रवादी लाइनमाथि धावा बोलिंदै छ ।” अर्काले आरोप लगायो भने भन्नु– “हाम्रो प्रजातान्त्रिक अडानमाथि प्रहार हुँदैछ ।“ 'यता’ ले किचकिच गर्यो भने ’उता’ हाम्फाल्नु ’उता’ले किचकिच गर्यो भने ’यता’ हाम्फाल्नु (लुइटेल. २०५६ : ९)।

प्रस्तुत अंशमा नेपाली राजनीतिकर्मीको वैचारिक प्रतिबद्धताको अभावलाई विषय बनाइएको छ । नेपाली राजनीतिमा पचासको दशकयता वैचारिक प्रतिबद्धतामा देखिएको विचलनले राजनीतिक अवसरवादिता बढाएको सन्दर्भ लघुकथामा व्यक्त छ । यस लघुकथामा प्रजातन्त्रोत्तर कालको नेपाली राजनीतिक क्षेत्रको वैचारिक विचलनका घटना एवम् अवसरवादी प्रवृत्तिप्रतिको आलोचनात्मक अभिव्यक्ति आएको छ ।

(ख) ऊ ठ्याक्क आवाज आएकै ठाउँमा पुग्यो र त्यहाँको दृश्य देखेर बहुलायो । आमा सर्वाङ्ग नाङ्गै थिइन् । मातृभूमिलाई आमाका रूपमा परिचय गराउनेहरू आफ्ना मित्रहरूको साथमा तिनै आमाको बलात्कारमा लीन थिए । उनीहरूलाई हौस्याउने केही विदेशी अनुहारहरू वरिपरि उफ्रिदै ताली बजाइरहेका थिए (सौरभ. २०६५ : ७६)।

प्रस्तुत अंशमा राजनीतिकर्मी देशप्रति प्रतिबद्ध नभएको र उनीहरू वचन र कर्मका बिचमा असङ्गति भएको कुरालाई व्यक्त गरिएको छ। लघुकथामा देशको जिम्मा लिनेले देशलाई लुछेको, देशप्रति प्रतिबद्ध नभएको कारण विदेशी हस्तक्षेप बढेको पाइन्छ । लघुकथामा देशको कारुणिक अवस्थालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । देशको हितभन्दा व्यक्तिगत हितमा लाग्ने कामले देश र जनताप्रतिको प्रतिवद्धता हराउँदै गएको अवस्थाबोध गरिएको छ। लघुकथामा स्वार्थी र मतलबपरस्त क्रियाकलाप, चिन्तनको प्रतिनिधित्व सत्तामा पुगेका राजनीतिक समूहले गर्दै आएको सन्दर्भमा उनीहरूको यस्तो क्रियाकलापलाई प्रस्तुत गरिएको छ, यस्ता कार्यले नेपाली माटो र मन दुवै छियाछिया भएको यथार्थलाई व्यक्त गरिएको छ । लघुकथामा वैचारिक प्रतिबद्धताको कमीका कारण उत्पन्न सांस्कृतिक दासतालाई प्रस्तुत गर्नाका साथै त्यस कार्य विरुद्धको चेतनालाई सशक्त किसिमले देखाइएको छ ।

Monday, January 19, 2026

लेख (अङ्क ३१ मा प्रकाशित)


विषय परिचय

वर्तमानमा नेपाली लघुकथा लोकप्रिय बन्दै आएको छ । नयाँ पुस्ताका लेखक मात्र नभएर पूराना पुस्ताका अन्य विधामा स्थापित लेखक पनि यस विधामा रुचि देखाएर कलम चलाइरहेका छन् । लघुकथा लेखन अब रहर मात्र नभएर प्रतिबद्धताको स्तरमा विकास भइसकेको छ । नेपाली लघुकथा विषयवस्तुका साथसाथै कलात्मक शिल्यका दृष्टिले पनि समृद्ध बन्दै आएको छ । समसामयिक युगजीवनका विभिन्न पक्षको प्रस्तुतिका कारण यस विधाले आम पाठकको माया पाउँदै आएको छ । नेपाली लघुकथामा नेपाली समाजमा उज्याला पक्षका साथै विकृति–विसङ्गति विरोधी चेतना अभिव्यक्त हुँदै आएको छ । नेपाली लघुकथा लेखनको छ दशक भन्दा लामो यात्रामा विभिन्न लेखकले आफ्ना सिर्जना मार्फत विभिन्न विषयवस्तुलाई अभिव्यक्त गरेको पाइन्छ । यस अध्यायमा नेपाली लघुकथामा अभिव्यक्त भएका विषयवस्तुगत प्रवृत्तिलाई अध्ययनको सामग्री बनाइएको छ । नेपाली लघुकथाका मूल प्रवृत्तिहरू अध्ययनका लागि राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, भाषा तथा साहित्य, शिक्षा, स्वास्थ्य, प्रशासन, विज्ञान, आधुनिक सभ्यता एबम् जीवनशैली, न्याय कानुन, पत्रकारिता, मिथक, डायस्पोरा एवम् नारीवादी चेतनाजस्ता सोह्र विषयलाई मूल आधार मानिएको छ । यी विषयलाई पनि आवश्यकता अनुसार उपविभाजन गरिएको छ ।


नेपाली लघुकथाका विषयवस्तुगत प्रवृत्ति

नेपाली लघुकथामा विभिन्न विषयसन्दर्भको प्रस्तुति पाइन्छ । नेपाली जनजीवनका कथाव्यथालाई आख्यानात्मक रूपमा प्रस्तुत गरेर सर्जकहरूले आफूलाई जीवन्त तुल्याएका छन् । नेपाली लघुकथामा मानिसको जीवनका व्यक्तिगत अनुभूति मात्र नभएर समाज, राष्ट्र एवम् अन्तर्राष्ट्रिय सन्दर्भ पनि व्यक्त हुँदै आएका छन् । समकालीन नेपाली जीवनका विषयसन्दर्भलाई टिपेर लघुकथाको माध्यमवाट प्रस्तुत गर्ने क्रममा लेखक गतिशील यथार्थको नजिक हुने भएकोले लेखकले समकालीन जीवनको स्पर्ग कारण लघुकथामा सामाजिक जीवनका विभिन्न पक्षको गहन विश्लेषण गरेको हुन्छ । जीवन र जगतप्रतिको यथार्थ एवम् आलोचनात्मक दृष्टिका पाइन्छ ।

नेपाली लघुकथाका मूल प्रवत्ति अन्तर्गत के कस्ता विषयवस्तुलाई के कति साक्षात्कार गरेको छ भन्ने कुरा स्पष्ट हुन्छ । नेपाली समाजको कृत स्थान दिइएको छ भन्ने विषयले नेपाली लघुकथाकारले सामाजिक जीवनसँग कालखण्डमा के कस्ता प्रवृत्तिहरू देखापरे, ती प्रवृत्तिले नेपाली समाजमा के कस्तो प्रभाव पार्‍यो र त्यस प्रभावलाई लेखकले के कसरी प्रस्तुत गर्न सक्यो भन्ने विषयले नेपाली लघुकथा लेखनको सफलताको निर्धारण गर्दछ । नेपाली लघुकथा लेखकले नेपाली समाजिक जीवनका समाज, राजनीति, प्रशासन, अर्थव्यस्था, संस्कृति, शिक्षा, स्वास्थ्य, प्रवासी जीवन, मानिसका वैयक्तिक भोगाइजन्य अनुभूति आदि अनेक विषयलाई आफ्नो लेखनको विषयसन्दर्भको रूपमा चयन गरेका छन् । यसका साथसाथै पूराना लोककथा, किंवदन्ती, धार्मिक कथा, इतिहासप्रसिद्ध व्यक्ति एवम् घटनासँग सम्बन्धित विषयवस्तु पनि नेपाली लघुकथा लेखनमा समावेश हुँदै आएका छन् । नेपाली जनजीवन नेपालको भूगोल बाहिर संसारभर फिँजिएको छ । नेपाल बाहिर रहेका नेपाली एवम् तिनको जीवन अनुभूति समेत व्यक्त हुँदै आएको सन्दर्भमा अब नेपाली लघुकथा लेखन नेपालमा मात्र नभएर नेपाल बाहिर पनि विस्तारित हुँदै आएको छ ।

Wednesday, September 10, 2025

अन्तर्वार्ता (अङ्क २७ मा प्रकाशित)


 

भट्टजी, प्रश्नको उठान यसरी गरौ“ । तपाईंको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?

पुष्करराज :  मेरो जन्म सुदूरपश्चिम, बैतडीमा भयो । सात, आठ वर्षको उमेरसम्म पहाडमा बसोबास भयो । त्यसपछि धनगढी, कैलालीमा बसोबास भयो । विद्यालय तहमा हुने विभिन्न कार्यक्रम, गतिविधिसँगै साहित्य लेखनमा जोडिने काम भयो । स्थानिय साहित्यिक संस्थाहरूको कार्यक्रममा भागलिने क्रमसँगै लेखन कार्य पनि अघि बढ्यो । 


तपाईं साहित्यमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा र बेफाइदाहरू गर्दोरहेछ ?

पुष्करराज :  साहित्यमा निरन्तर लगावले साहित्य क्षेत्रलाई बुझ्ने र आफूलाई पनि त्यसै अनुसार अघि बढाउन मद्दत मिलेको छ । यो एक प्रकारको फाइदा नै हो । सिर्जनात्मक जीवनमा व्यस्त हुँदा सामाजिक जीवनका अनेकन गतिविधि र सामाजिक क्रियाकलापमा सामेल हुन कम समय मिल्ने रहेछ । यसले गर्दा समाजबाट अलग हुने संभावनापनि हुन्छ । त्यसैले सन्तुलनमा रहेर काम गर्नुपर्ने हुन्छ । एकै पटक सबै काम गर्न नसकिने भएकोले लाभहानी त भइरहन्छ । 


तपाईं लघुकथाको विज्ञ हुनुहुन्छ । आम साहित्यानुरागीहरूलाई बताइदिनुहोस्‌– लघुकथा के हो ?

पुष्करराज :  लघुकथा आख्यानको सूक्ष्म विधा हो । लघुकथामा कथानक, परिवेश एवं पात्रमा सूक्ष्मता पाइन्छ । कम समयमा प्रभावकारी चेतना प्रस्तुत गर्नु र आकस्मिक अन्त्य हुनु यसको खास विशेषता हो । 

भट्टका प्रकाशित कृति
-----------------------------------------------------------------------------------------------------

Sunday, March 2, 2025

अनुवाद लघुकथा (अङ्क २१ मा प्रकाशित)


उमेश बाबुको बैठक कोठामा प्रवेश गर्दै दिनानाथले भने, “उमेश बाबु ! हजुरको बैठक कोठा त यति सुन्दर, सुसज्जित र सामान मिलाएको छ कि एकएक खेलौनाहरु अहिल्यै बोल्लान् जस्तो छ ।”

निराशाले भरिएको, मधुरो आवाज उमेश बाबुको मुखबाट निस्कियो, “बोल्थे, तर बोलेका छैनन् । अब बोल्दैनन् यी खेलौना ! छ महिना पहिले मेरो घरमा पनि एउटा खेलौना थियो जुन बोल्दथ्यो । त्यतिबेला यी सारा खेलौनाहरू पनि बोल्दथे । मेरो बैठक कोठा पनि अरुको जस्तै थियो । मेरी श्रीमती पनि व्यस्त थिइन्, बस्, त्यो खेलौनाले संसार छोडेसँगै सारा खेलौनाहरू शान्त भए ।” 

त्यतिबेला उमेश बाबुकी श्रीमती बैठक कक्षमा आइन् । उनको काखमा सेतो  झबरा (जर्मनी टाइपको) कुकुर थियो।

“हेर्नुस् त ! गर्मीले बिचराको के हाल भएको छ ? कसरी सास फुलेको छ यसको ।” अनि उनले त्यसलाई चुमिन् । दिनानाथलाई कोठामा चहलपहल बढेकोले खेलौनामा पनि ज्यान आएको जस्तो लाग्यो । 

“भाउजु नमस्कार !” दीनानाथको आवाजसँगै उमेश बाबुकी श्रीमती आश्चर्यचकित भइन् अनि आँखामा एक प्रकारको निराशा देखियो । शायद बच्चाको याद आएर होला !

“हजुर बस्नुस्, चिया लिएर आउँछु” भनेर उनी भान्सामा गइन् । दिनानाथले देखे, बैठक कोठामा सजिएका तमाम खेलौना फेरि पहिले जस्तै शान्त र स्तब्ध थिए ।

अनुः  डा. पुष्करराज भट्ट

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, February 27, 2025

म किन लेख्छु ? (अङ्क २१ मा प्रकाशित)


लेखन सृजनात्मक कर्मसँग सम्बन्धित विषय हो । यो एक प्रकारले सामाजिक सरोकारको विषय पनि हो । लेखनका विभिन्न प्रयोजन हुन्छन् । प्रायः मानिस प्रतिष्ठाका लागि लेखन क्षेत्रमा लाग्छन् । आर्थिक रूपमा सम्पन्न भइसकेपछि, व्यवहारिक जीवनबाट मुक्त भइसकेपछि, रोजगारमूलक कर्मबाट निवृत भइसकेपछि छिटो नाम र प्रतिष्ठा कमाउने लोभमा सृजनात्मक क्षेत्र लेखनमा पाइला टेक्ने पनि बढिरहेका छन् । वर्तमानमा लेखन क्षेत्रमा सबैभन्दा बढी सजिलो मानिएको क्षेत्र साहित्य लेखन पनि हो । लेखन क्षेत्र हरेक उमेर, वर्ग एवं पेशाका मानिसको आकर्षणको केन्द्र बन्न पुगेको छ ।

मैले लेखनलाई सृजनात्मक कर्म मानेको छु । जतिखेर मैले लेखन प्रारम्भ गरेँ, त्यतिखेर मेरा लागि यो एउटा शौकको विषय थियो । विद्यालय स्तरमा पढ्दा मलाई अन्य साथीभाइ भन्दा भिन्न हुने रहर थियो । यही रहरले मलाई सृजनात्मक कर्ममा डोर्‍यायो । म विद्यालयमा हुने गरेका निबन्ध, हाजिरीजवाफ प्रतियोगितामा भाग लिन्थेँ । यसै क्रममा मैले जिल्ला स्तरीय माध्यमिक विद्यालय कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेँ । यो मेरो लेखनको प्रारम्भबिन्दु थियो । लेखन अघि बढाउँदै जाने क्रममा साहित्यिक वृत्तमा परिचय स्थापित हुँदै गयो । मैले लेखनको प्रारम्भ चालिसको दशकको मध्यतिर गरेँ । मेरो साहित्य लेखनको निरन्तरता भने पचासको दशकको मध्यदेखि प्रारम्भ भयो । सुदूरपश्चिमको बैतडीमा जन्म, कैलालीमा प्रारम्भिक जीवन हुँदै अहिले राजधानी काठमाडौँमा बसेर विश्व नियालिरहेको छु, सृजनात्मक कर्म गरिरहेछु ।

प्रारम्भमा लेखन मेरा लागि रहर थियो । रहरमा लेखिएका रचना रहरमै सीमित भए । प्रारम्भिक कालमा लेखिएका कतिपय रचना अझै डायरीभित्र कैद छन् । ती मध्ये धेरै कम रचनाले मात्र प्रकाशित हुने मौका पाए । क्याम्पसमा आइसकेपछि म विद्यार्थी राजनीतिमा जोडिएँ । अनेरास्ववियूको राजनीतिमा संलग्न हुने क्रमसँगै म मा राजनीति, समाज एवं संस्कृतिलाई चिन्ने बुझ्‌ने मौका मिल्यो । अध्ययनकै क्रममा पहिले व्यवस्थापनको विद्यार्थी पछि गएर नेपाली साहित्यको विद्यार्थीका रूपमा यात्रा अघि बढ्यो । प्रारम्भमा धनगढी, कैलालीमा रहेर सृजनात्मक कर्म गरिरहेको मेरो सृजनाले नेपालको राजधानी काठमाडौँका साथै बनेपा, काभ्रेको जनमत साहित्यिक पत्रिका आदिमा छापिँदै आए । यसै क्रममा मेरो लेखनले साहित्यका विभिन्न विधामा विस्तारित हुँदै आयो । 

Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

अपराध

- डा. पुष्करराज भट्ट
धनगढी, कैलाली हालः काठमाडौँ 


"तपाईं माथि ठूलो आरोप छ । यसबारेमा तपाईंको भनाई के छ ?" न्यायाधीशले कठघरामा उपस्थित अपराधीलाई सोधे ।

“हो हजुर, ममाथि लगाइएका सबै आरोप सत्य हुन् ।” अपराधीले आफ्नो अपराध स्वीकार गर्‍यो । 

“किन यस्तो कुकर्मतिर लाग्नुभयो ? आफ्नै सन्तानमाथि अपराध गर्ने ?” न्यायाधीश कठोर देखिए । 

“मैले जीवनलाई जुन बाटोमा लगाएको थिएँ, अन्तिममा त्यही हुनु नै थियो । अब पश्चाताप गरेर कुनै प्राप्ति छैन ।” उसले मसिनो आवाजमा भन्यो ।

“त्यस्तो कुन बाटोमा लाग्नु भएको थियो र ?” वकिल उत्सुक बने ।

“म सानैदेखि कुलतमा लागेको थिएँ । महिलाहरूसँगको सम्बन्ध राखेको कारण श्रीमती कराइरहन्थिन् । उनको कचकच सहन नसकेर मैले उनलाई पिटेर धपाएँ ।” उसले बहादुरी गरे जसरी भन्यो । 

“अनि छोराछोरी नी ।” न्यायाधीशले सोधे । 

“ममा यौन उन्माद थियो । थाम्नै नसक्नुको यौन चाहना । श्रीमतीलाई घरबाट धपाएपछि मेरा आवश्यकताको पूर्ति हुन छाड्यो । बलात्कारको केसमा दुई पटक थुनिइसकेको थिएँ । समाजमा छिछि दुर गर्ने धेरै छन् ।” उसले आफ्नो इतिहास पल्टायो । 

“अनि यो अपराध कसरी?” न्यायाधीशले अन्तिमप्रश्न गरे ।

“साँझ रक्सी पिएर घर आएको थिएँ । आजमात्र हैन, मेरो सधैँको दैनिकी । घरभित्र पस्दा छोरीलाई देखेँ । मेरो बुद्धि हरायो । म छोरी माथि जाइलागेँ । उनी कराइन् । उनलाई बचाउन छोरो आयो । मेरो योजना असफल बनेकोमा क्रोध आयो अनि मैले बञ्चरोले हानेर उसलाई मारिदिएँ ।” उसले निश्चिन्त भएर भन्यो ।

“समाजका लागि खतरनाक भइसकेका छौ अब । अब तिमीलाई आजीवन कारावासको सजाय दिइन्छ ।” न्यायाधीशको आवाज गुञ्जित भयो । 


...साथ सहयोगको खाँचो

Wednesday, April 17, 2024

लेख (अङ्क ११ मा प्रकाशित)

  लघुकथा लेखन कला

-डा. पुष्करराज भट्ट  



१. विषय परिचय
लघुकथा आख्यानात्मक विधा हो । वर्तमान समयमा लघुकथा लेखनले तीव्रता पाउने क्रमसँगै लघुकथा विषयमा अध्ययन-अनुसन्धान कार्यसमेत बढ्न थालेको छ । समकालीन नेपाली लघुकथा अब कथ्यगत सन्दर्भका पुष्करराज भट्ट दृष्टिले मात्र नभएर शैलीशिल्पगत दृष्टिले समेत समृद्ध बन्दै गएको सन्दर्भमा रचनामा स्तरीयताको खोजी आरम्भ भइसकेको छ । नेपाली लघुकथा समयुगीन यथार्थको ठोस अभिव्यक्तिका दृष्टिले समृद्ध बन्दै गएको छ । समयुगीन नेपाली लघुकथामा नेपाली समाजका विविध यथार्थको अभिव्यक्ति एवं नवीन चेतना र सामाजिक जागरणको भाव प्रस्फुटन गरिएको पाइन्छ । यस अध्ययनमा लघुकथाको परिचयगत सन्दर्भको खोजीका साथै लघुकथा लेखन कला सम्बन्धमा केही दृष्टिकोण प्रस्तुत गरिएको छ ।


२. लघुकथाको परिचयगत सन्दर्भ

लघुकथा आख्यानको लघुत्तम प्रकार मानिन्छ । लघुकथाको पहिचान भनेको संक्षिप्तता हो । यो स्वयंमा पूणर् र स्वायत्त रचना भएकोले यसले आख्यानका अन्य विधासँग समदूरीमा रहेर आफ्नो अलग्गै विशिष्ट पहिचान कायम गर्न सकेको छ । क्षीण कथावस्तु एवं सूत्रात्मक भाषाको प्रयोग भएका कारण लघुकथामा आख्यान बिस्तारभन्दा पनि संकुचनलाई प्रधानता दिइन्छ । लघुकथामा पात्रविधान, परिवेश आदिको सीमितता भएकाले यसले  व्याख्यानात्मकभन्दा सूत्रात्मक अभिव्यक्ति एवं प्रभावकारी विचार सम्प्रेषणको आग्रह राख्दछ । लघुकथाको अन्त्यमा प्रभावकारी विचार सम्प्रेषण हुनु आवश्यक मानिन्छ । लघुकथामा अणुसामर्थ्य प्रभावकारी हुन सकेन भने यो सामान्य टिपोट, लघु आकारको गद्य रचनाभन्दा माथि पुग्न सक्दैन । एक सशक्त लघुकथा रचनाले पाठकमा गहिरो छाप छोडनुका साथै तीव्र प्रभावका साथै मस्तिष्कमा झट्का प्रदान गर्ने सामर्थ्य राख्न सक्नुपर्ने हुन्छ । यसैमा नै लघुकथा लेखनको सार्थकता रहन जान्छ । आख्यानका उपकरणका आधारमा लघुकथा उपन्यास र कथाको नजिक छ । लघुकथामा ती उपकरणको प्रयोग सहज किसिमले गरिएको हुन्छ भने उपन्यास र कथामा त्यसको प्रयोग असहज किसिमले गरिएको हुन्छ ।

३. लघुकथा लेखनका कच्चा पदार्थ

व्यक्तिको सामाजिकीकरणको प्रक्रियाको प्रारम्भ परिवारबाट हुन्छ । उमेर, ज्ञान, अनुभव, कार्यक्षेत्र, विधागत कुशलता, नेतृत्व क्षमताका आधारमा मानिसले आफ्नो पहिचानको खोजी गर्दै जान्छ । सामाजिक विविधताका सन्दर्भमा हरेक व्यक्ति एवं समाजमा मौलिक चरित्र एवं प्रवृत्तिको खोजी भइरहन्छ । स्रष्टा आफैमा समाजको एक सदस्य भएकोले निजी जीवनका अनुभव, अनुभूति एवं ज्ञानको सीमामा रहेर समाजको विश्लेषण गर्दछ । आफ्ना भावना, दृष्टिकोणलाई साहित्यका माध्यमबाट प्रस्तुत गर्ने क्रममा विधाको छनोट गर्दछ । विधा अनुकूल चिन्तनका आधारमा उसले कथानक, चरित्र, परिवेश, दृष्टिविन्दु एवं उद्देश्यको निर्धारण गर्दछ । एक स्रष्टाले कसरी देश र जनतालाई हेरेको छ, आफू बाँचेको युगका विशेषतालाई कैसरी आत्मसात गरेको छ र विधागत धर्मको कतिको पालन गरेर रचनाको निर्माण गरेको छ, यसै आधारमा उसको लेखनको मूल्यको खोजी भइरहन्छ । लघुकथा लेखकले आफ्नो रचना निर्माणका सन्दर्भमा के-कस्ता विषयवस्तु समावेश गर्दा उचित होला भन्ने सन्दर्भमा यस लेखमा केही चर्चा गर्ने प्रयास गरिएको छ । लघुकथा लेखनका सन्दर्भमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशका घटनाहरूलाई विषय बनाउन सकिन्छ । त्यस्तै हाम्रो सामाजिक जीवन, यहाँ प्रचलित मूल्यमान्यता, चिन्तनका साथै मानिसहरूका जीवनशैली, सांस्कृतिक र आर्थिक जीवनसँग सम्बन्धित घटनालाई कथ्य सन्दर्भका रूपमा उपयोग गर्न सकिन्छ । विभिन्न सञ्चारमाध्यम एवं पत्रपत्रिकामा प्रकाशित खबरहरू, नेपाली लोकजीवनका विषय प्रसङ्ग, समाजमा रहेका उपेक्षित दलित, जनजाति, पिछडिएको क्षेत्रका जनताले भोग्नु परेका समस्या, ऐतिहासिक पात्र एवं पशुपन्छीसँग सम्बन्धित विषय, विज्ञान प्रविधिका साथै ज्ञानविज्ञानका विभिन्न क्षेत्र एवं व्यक्तिगत जीवनका अनुभवका साथै अन्य व्यक्तिबाट वणर्न गरिएका घटना वृत्तान्त लेखनका सामग्री बनाउन सकिन्छ ।

४. सामग्रीहरूको उचित छनोट


अहिलेको युग सूचनाको युग हो । प्रविधिको अत्यधिक विकासका कारण हामीसँग सूचनाको कमी छैन । मानिसको मस्तिष्कमा सूचनाको भारी छ । साहित्य लेखनका सन्दर्भमा के-कस्ता विषय सन्दर्भको उठान गर्ने र त्यसलाई प्रस्तुत गर्ने भन्ने विषय प्रमुख विषय भएकोले सूचनाको उचित व्यवस्थापन गरेर लेखनका सामग्रीका निमित्त उपयोग गर्न सकिन्छ । लेखकीय चेतना र उत्तरदायित्वबोधबाट मात्र यो सम्भव छ । एक कुशल लेखकले सूचनालाई सामग्रीका रूपमा छनोट गर्नेदेखि लिएर त्यसलाई विधागत स्वरूपमा ढाल्नका निमित्त विधा सिद्धान्त एवं लेखन शिल्पको ज्ञान
राख्नुपर्ने हुन्छ । शिल्प पक्ष जतिसुकै राम्रो भए पनि विषयवस्तु (ब वा कथ्य सन्दर्भ प्रभावशाली भएन भने त्यसले असल सन्देश दिन सक्दैन । लघुकथा समयुगीन यथार्थको प्रस्तुति एवं सामाजिक जागरणका लागि प्रभावकारी विधा भएकाले पनि लघुकथा लेखनको विषय प्रभावकारी हुनै पर्दछ । लघुकथामा सामाजिक यथार्थको प्रस्तुति सघन रूपमा हुनुका साथै समकालीन युगीन जीवनका ५ विशेषताका साथै विकृति विसङ्गतिप्रति आलोचनात्मक चेतना भएमा लेखनले सार्थकता प्राप्त गर्दछ । लघुकथा लेखनको आधारभूमि सन्देशमूलकता एवं व्यङ्ग्यात्मक चेतना नै हो ।