Showing posts with label सन्दीप तोमर. Show all posts
Showing posts with label सन्दीप तोमर. Show all posts

Tuesday, September 16, 2025

अनुवाद लघुकथा (अङ्क २७ मा प्रकाशित)


धारिलो चक्कु सिधै पेटमा घुस्यो र आन्द्रा–भुँडी बाहिर निस्किएर भुइँसम्म पुग्यो । लाजघीनको पर्दा काटिएर शरीरबाट अलग भयो र चक्कु चलाउनेलाई अफसोस भयो। उसको मुखबाट शब्द निस्किएः “अरे, यो त आफ्नै धर्मको रहेछ ! दाह्री–जूँगा नराख्ने यो समयमा चिन्नै गाह्रो हुँदोरहेछ । साला, धर्मको पहिचान नै नहुँदो रहेछ ।”

लाश सडकमा लडिसकेको थियो । चक्कु चलाउनेलाई हत्या गरेकोमा भन्दा पनि पाप भयो कि भन्नेमा अफसोस थियो ।

– नयाँ दिल्ली, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, February 10, 2024

अनुवाद लघुकथा (अङ्क ९ मा प्रकाशित)

शौचालय अर्थ

-सन्दीप तोमर
उत्तम नगर, नयाँ दिल्ली, भारत    


कहाँ घुस्न लागेको हो तिमी ?

सार्वजनिक शौचालय बाहिर कुरुवा बसेका एक भद्र पुरुषले प्रश्न गरे ।

– दिसा बस्न जान लागेको ।

– यहाँ त्यत्तिकै तिमी जान पाउँदैनौं ।

– यसका लागि के
म बाजा बजाएर जाउँ त ! कुरा सुन्दा पनि अजीव लाग्छ ।

– अबदेखि फोगटमा यहाँ दिसा–पिसाब गर्न नपाइने भो, थाहा पाइयो नि !

– के यो सार्वजनिक शौचालय हैन र? के यो कसैको बाउको पेवा हो र?

– त्यो त थाहा भएन तर यहाँ हाकिमको आदेश छ कि आइन्दादेखि कसैले त्यत्तिकै यहाँ दिसा–पिसाब गर्न पाइँदैन । पिसाब गरेको दस रुपैयाँ लाग्छ भने दिशा गरेको चाहिँ बीस रुपैयाँ लाग्छ । तसर्थ पहिले नै दस रुपैयाँ देउ अनि मात्र जान पाइन्छ, नत्र भने अन्तै जान सक्छौ ।

सो व्यक्तिको पेट कतक्क खाएकोले उनलाई हतार भइसकेको थियो । यसै बीच सास्ती सहँदै उनले एक हातले पेट समातेर अर्को हातले गोजी छाम्न लागे ।

अनुः गगनदीप सर्व

(हिन्दी भाषाबाट अनुदित)


.....साथ सहयोगको खाँचो