Friday, September 20, 2024

लघुकथा संसार मासिक अङ्क १६ (सम्पादकीय)

इतिहाससँग जोडिएको धार्मिक पक्ष


हाम्रा घर-आँगनमा चाडपर्वहरुको प्रवेश भइसकेको छ । यसले हाम्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिलाई इंगित गरिरहेको हुन्छ । निश्चय पनि यसले एक आपसमा भाइचाराको सन्देश प्रवाह गर्दछ ।

शरद् ऋतुको आगमनसँगै वातावरण रमाइलो हुन थालेको छ । यतिबेला बज्ने मालश्री धुनले सबैलाई फेरि एकपल्ट बाल्यावस्थामा तानेर लान्छ । खेतमा लहलह यतिबेला झुलेको धानले सुनको आभास दिन्छ । जमराले अँध्यारो र अप्ठेरो ठाउँबाट उठ्ने प्रेरणा दिइरहेको हुन्छ । साँच्चै, दसैँको शुभ आगमनले हरेकलाई शक्ति उपासनाको बल प्रदान गर्दछ । रातो टीकाले अनुहार उज्यालो पार्दछ ।

यिनै कारणले हाम्रा पुर्खाहरुले लडाइँको तयारी स्वरुप मौलोको पूजा गर्ने परम्परा रहेको हो । वर्षाकालमा यो सम्भव नहुने भएकोले दसैँ लगत्तै आफ्ना हातहतियार उध्याएर लडाइँका लागि तयारी गर्थे । यसबारे इतिहासको अध्ययन गर्दा थाहा पाइन्छ ।

अन्त्यमा, लघुकथा संसार विभिन्न जङ्घार तरेर अघि बढ्ने क्रममा छौं । समयका अनेक परिस्थिति केलाउँदै जाँदा चरैवेति-चरैवेतिलाई अँगालेका छौं । तसर्थ, यसलाई सार्थक बनाउन समस्त शुभ चिन्तकहरुको माया एवं सद्भावले ओखतीको काम गरिरहेको छ । अतः यिनै कारणले एक आपसमा हामीलाई बाँधेर राख्न सफल भएको हो । अन्तमा शुभ विजयादशमीको उपलक्ष्यमा हाम्रा सम्पूर्ण प्रिय परिवार, पाठकवृन्द तथा देशवासीमा सुख, शान्ति र सुस्वास्थ्यको मङ्गमय शुभकामना व्यक्त गर्दछौं ।

अङ्क १६ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment