Showing posts with label एकल यात्री. Show all posts
Showing posts with label एकल यात्री. Show all posts

Sunday, April 21, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

चेला

- एकल यात्री
मन्थली-१३ रामेछाप, हालः कङ्गो   


राम स्कुलको पुरानो शिक्षक अवकाश पाउने बेला भएको थियो । पुरानो शिक्षकलाई सम्मान गर्ने भनेर गुरुपूर्णिमाको दिन सम्मान कार्यक्रम स्कुल र विद्यार्थी मिलेर भव्य गरे ।

सबै विद्यार्थी र शिक्षकले राम सरको खुलेर राम्रो काम को तारिफ गर्दै अबिर, फूलमाला लगाएर रामले गरेको कामको प्रशंसा गरे र मख्ख बनाए ।

राम सर पनि अबिर र माला लगाउँदा गर्व महसुस गर्दै मख्ख नै भयो ।

कार्यक्रम सञ्चालनले अन्तिममा राम सरको भनाई राख्न अनुरोध भयो । राम सर अनुरोध सहजै स्विकार गरे र मञ्चमा गएर भन्न थाले ।

विद्यार्थी भाइबहिनीहरु, मैले यस स्कुलमा लामो समय पढाएर धेरैलाई आँखामा ज्योति भरे, अँध्यारोबाट उज्यालो बनाए तर म जस्ताको तस्तै छु । तर यस स्कुलमा मैले पढाएको विद्यार्थी कोही प्रधानमन्त्री भए, कोही मन्त्री छन्, कोही गाउँका अध्यक्षसम्म भएका छन् भन्दै गर्व गर्दै थिए । 


....साथ सहयोगको खाँचो

Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

वृद्धाभत्ता

एकल यात्री
मन्थली–१३ रामेछाप, हालः कङ्गो 


"खै ! साहुनी एक गिलास थप्नु त म भर्खरै पैसा दिहाल्छु नि !" रामले गिलास थाप्दै भन्योे ।

हैन कति धोक्न सकेको जाउँ पुगिसक्यो दिनै पिच्छे पिएको छ । उधारो पनि धेरै भइसक्यो । न काम गर्छाै कसरी पैसा आउँछ । तिमीलाई  दिनै पिच्छे धोक्नलाई साहुनीले गाली गर्दै भनि र रामको हात तान्दै ढोकाबाट बाहिर हुत्याईदिइ ।

राम हुर्रिएर बाटोमा पछारियो । राम त्यहाँबाट वल्लो भित्तो र पल्लो भित्तो गर्दै घरतिर लाग्यो ।

राम घर पुग्यो घरको ढोका ढकढक्यायो आमालाई बोलायो ।
आमा रिसाउँदै, कस्तो कुलङ्गारलाई जन्म दिएछु । सधैं कति दुख्ख दिन सकेको । सधैंभरि कति धोक्न सकेको न कमाई छ न जागिर फतफताउँदै ढोका खोली दिइन् ।

रामभित्र पस्यो र आमालाई भन्यो । आमा खै, ल्याउनु त हिजो झिकेको  वृद्वाभत्ता साउनीको उधारो तिरिदिउँ, रामले भन्यो ।

मेरो वृद्वाभत्ता तँलाई रक्सी पिउन दिएको हो ? भन्दै थिइन । रामले आमालाई भन्यो के भनेको रे ‘‘पैसा झिक्छेउ कि म खुकुरी झिकेर छप्काउ ।’’

Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

सकस

-एकल यात्री
मन्थली १३ रामेछाप, हालः कङ्गो




बिहानको खाना खाएर आराम गर्नुप¥यो भन्दै कुर्सीमा के बसेको कात्र थियो । दाहिना पट्टिको छाती चसक्क दुख्यो । तुरुन्तै देहले आत्मालाई भन्यो, ‘‘बिना कसुर किन दुःख दिएको होला ?’’
उसैबेला फोक्सो र मुटुको घमासन लडाइँ लडिरहेको आत्माले देख्यो र प्रश्न ग-यो, ‘‘तिमीहरु बेकारमा किन यो देहलाई सकस दिन्छौ ? आ–आफ्नै ठाउँमा शान्त भएर बस्न सक्दैनौं ?’’

उता छाती दुःखाइको पीडा चर्किरहेको देखेर आत्माले देहलाई किन सकस दिनु भन्दै फोक्सो र मुटुको सम्बन्धलाई छुटाइदियो ।

एकछिन त देह पनि आराम मानेर बस्यो तर केही समयपछि अक्सिजन र रगत शरीरको अङ्गमा नपुगेर देहलाई झन् सकस भयो ।

अन्त्यमा देहले आत्मालाई भन्यो, ‘‘लौ न म बर्बाद हुने भएँ बरु मुटु र फोक्सोको सकस नै ठीक थियो ।’’