Tuesday, October 13, 2026

विश्लेषण (अङ्क ३९ मा प्रकाशित)



लघुकथा सौन्दर्यशास्त्रको तराजुमा  'हिसाब' लघुकथा

विन्दु पौडेल वस्तीद्वारा रचित लघुकथा ‘हिसाब’ मानवीय अतिक्रमण र प्रकृतिको मौन प्रतिशोधको संवेदनशील तानाबाना बुझिएको एक विशिष्ट रचना हो । प्रस्तुत लघुकथालाई लघुकथाको सौन्दर्यशास्त्रको कसीमा राखेर विश्लेषण गर्दा यसमा भाव, शिल्प र जीवनदृष्टिको दुर्लभ सङ्गम भेटिन्छ ।

क) कथानकीय सुगठन र संक्षिप्तता–

सौन्दर्यशास्त्रीय दृष्टिमा लघुकथा आकारमा छोटो तर भावमा विराट् हुनुपर्छ । ’हिसाब’ ले अनावश्यक भूमिका वा विस्तार नलिई सोझै घटनाको तीव्रतालाई समातेको छ । सन्तलालको भौतिक स्थिति (बारीको कान्लामा अडेस लागिरहेको) र मानसिक यात्रा (सात समुद्रपारिको अनुभूति) को छोटो दृश्यविधानबाटै लघुकथाको उठान हुन्छ । लघुकथाकारले शब्दको मितव्ययिता अपनाउँदै थोरै शब्दमा ठूलो आयाम उनेकी छन् ।

ख) पात्रविधान र प्रतीकात्मकता–

यस रचनामा सन्तलाल भौतिक पात्रका रुपमा उपस्थित छन् भने आमा र प्रकृति प्रतीकात्मक पात्रका रुपमा प्रस्तुत भएका छन् । सन्तलाल आम मानव चेतनाका प्रतिनिधि हुन्, जसले विकास र महत्त्वाकांक्षाका नाममा प्रकृतिको दोहन त गरे, तर अन्त्यमा विनाशको मुखमा पुगे । आमालाई प्रकृतिको विम्ब बनाइनुले कथाको भावगाम्भीर्यलाई उचाइ दिएको छ । आमाको सहनशीलता, त्याग र बेमौसमी समर्पणलाई प्रकृतिको उदारतासँग जोडिनु रचनाको सशक्त पक्ष हो ।

ग) द्वन्द्व र चरमोत्कर्ष (क्लाइम्याक्स)–

लघुकथामा आन्तरिक र बाह्य दुवै द्वन्द्व छ । एकातिर मानिसको भौतिक महत्त्वाकांक्षा छ भने अर्कातिर प्रकृतिको अनन्त सहनशीलता । मानिसले प्रकृतिका छातीमा परेड खेलेको र उसको सौन्दर्यलाई कुरुप पारेको प्रसङ्गले मानिस र प्रकृतिबिचको द्वन्द्वलाई सघन बनाएको छ । कथाको चरमोत्कर्ष अति भएपछि खति हुन्छ भन्ने चेत र प्रकृतिको मौन प्रतिशोधमा पुगेर ठोकिन्छ ।

घ) शैली, विम्ब र भाषासौन्दर्य–

लघुकथाको मूल तागत यसको कलात्मक, शालीन र लालित्यमय भाषाशैली हो । बेमौसमी फुलिदिइन्, झुलिदिइन्, आमाको चित्कार, कोखामा हानेर सबुत सिकाउनु जस्ता बिम्बहरूले पाठकको संवेदनालाई झंकृत बनाउँछन् । भाषामा एक प्रकारको काव्यिक तरलता र आन्तरिक लय छ, जसले पाठकलाई दृश्यसँगै अनुभूतिमा बगाउँछ ।

ङ) प्रतीकात्मक सन्देश र दर्शन–

लघुकथाको अन्तिम वाक्य ’प्रकृतिले मौन बसेर पनि आफ्नो हिसाब चुकाउँछ’ नै यस कथाको केन्द्रीय चौकाउने मोड र प्राण हो । बिउँझिनुको प्रसङ्गले मानिसको अज्ञानता र चेतनाको जागरणलाई इङ्गित गर्छ । प्रकृतिमाथि गरिएको अत्याचारको हिसाब प्रकृतिको आफ्नै नियमले गर्छ भन्ने शाश्वत सत्यलाई कथाले निकै सुन्दर ढङ्गले उद्घाटन गरेको छ ।

च) निष्कर्ष–

विन्दु पौडेल वस्तीको ‘हिसाब’ लघुकथाको सौन्दर्यशास्त्रीय मापदण्डमा पूर्ण रुपमा खरो उत्रेको छ । संक्षिप्तताभित्र विशालता, शालीनताभित्र कडा प्रहार र भाषाको लालित्यभित्र जीवनको गम्भीर दर्शन समेट्न सक्नु नै यस लघुकथाको मुख्य सौन्दर्य हो ।

हिन्दी लघुकथा (अङ्क ३९ मा प्रकाशित)


भूकम्प के अप्रत्याशित हादसे ने एक बार फिर उनकी सुप्त संवेदनाओं को जगा दिया और वे इस हादसे के पीडित लोगों की मदद के लिए तडप उठे ।

अब उन्हें ऐसे मसीहाओं की तलाश थी जो उन्हें इस सद्कार्य में कंधे से कंधा मिलाकर उनका साथ दे सकें । और किसी ने सच ही कहा है, "जहां चाह, वहां राह"। उनकी यह चाह भी जल्दी ही पूरी हो गई । उनकी पहचान के चार – पांच युवक उनके इस सद्कार्य में सहयोग के लिये उनके साथ हो लिये । 

भूकम्प पीडितों के प्रति लोगों के दिल में उपजी संवेदना उनसे देखी न गयी । लोग दिल खोलकर उनकी मदद करने लगे । कुछ ही दिनों में उनकी अपेक्षा से कहीं अधिक सहयोग राशि इकठ्ठा हो गयी । उसे देख उनकी बांछें खिल गयीं । और उनके दिल में उदित मानवीय संवेदनाओं का वह सूरज, जो भूकम्प पीडितों की जिंदगी में एक नई सुबह बनकर आया था, ढलने लगा । देखते ही देखते वहां अंधियारा छा गया और तथाकथित मानवीय संवेदनाओं का वह मसीहा, उस स्याह अंधेरे में जाने कहां गुम हो गया । सुबह जब दानवीरों तक यह खबर पहुंची, तो वे स्वयं को ठगा महसूस करने लगे । 

पीडितों को अब भी उन मसीहाओं की तलाश थी जो उनके घावों पर संवेदनाओं का मरहम लगा सकें ।

– जूना बाजार, मक्सी जिला – शाजापुर (म.प्र.) भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

हिन्दी लघुकथा (अङ्क ३९ मा प्रकाशित)


सुमन की मुलाकात हाल ही में काँलोनी में नई–नई आई सुधा से पार्क में हुई । दोनों आपस में बातें करती–करती टहल रही थी । उसी समय सुमन का मोबाईल बजा, सुमन की उम्र थोडी ज्यादा थी, उसे थोडी सी सुनने की दिक्कत थी, जिस कारण वह मोबाईल का स्पीकर आँन करके बोली–  "हैलो, कैसी हो, ठीक तो है ना ? कैसे फोन किया ?"  दूसरी तरफ से आवाज आई–  "हाँ, ठीक हूँ, सुबह छत पर टहल रही थी, दो दिन से आपसे बात नहीं हुई, इसलिए बस यूँ ही फोन कर लिया ।" 

सुमन ने फिर कहा–  "इन दिनों अच्छे से खाने–पीने का ध्यान रखा करो । हाँ थोडी गर्मी भी ज्यादा है । धूप में मत निकला करो, प्रेग्नेंसी में नारियल का पानी पीना अच्छा रहता है, रोज पिया करो, कोई दिक्कत हो तो तुरन्त फोन करना, मैं आ जाऊँगी ।" 

"हाँ–हाँ, दिक्कत होगी तो आपको जरूर बुलवा लूंगी, अभी सब ठीक है, वो नीचे से आवाज लगा रहे है, मैं फिर फोन करुँगी ।" – कहते–कहते फोन काट दिया । 

फोन कटा तो सुधा बोली–  "बहिन, चलूं मैं, बहुत देर हो गई ।" चलते–चलते सुधा ने फिर प्रश्न किया –  "आपकी बेटी कहाँ रहती है ? दामाद क्या करते हैं ?"  सुमन ने मुस्कुरा कर कहा –  "मेरे दो बेटे ही हैं ।"

– सवाई माधोपुर, राजस्थान ३२२००१ भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

हिन्दी लघुकथा (अङ्क ३९ मा प्रकाशित)


गया प्रसाद कई दिन से आँख की पीडा से परेशान थे । बेटों से कहते तो बेटे आजकल–आजकल लगा रहे थे ।

हार कर एक सुबह बडे बेटे को आँफिस जाते हुए टोका – बेटा, आज जल्दी आ जाना, आँख वाले डाँक्टर को दिखा देना ।

बेटा बोला – आज तो ग्रंथी मीटिंग है । जल्दी ही आजकल में चलकर दिखा देते हैं ।

बाप–बेटे में नोक–झोंक हो ही रही थी कि टीवी पर एंकर जाति का आँकडा समझा रहा था – बीस हजार इस तरफ, पंद्रह हजार उस तरफ, पूरी जाति इसी नेता के साथ ।

गया प्रसाद जब दुखती आँखों से बेटे को आँफिस जाते देख रहे थे तभी उनको टीवी एंकर की बात आयी और मन ही मन बोले – एक बेटा बाप के कहने पर डाँक्टर तक नहीं ले जा रहा, और ये पूरी जाति को हाँक रहे हैं । मेरी तो एक ही आँख दुख रही है, इनकी तो दोनों आँखें ही सच देखना नहीं चाहतीं ।

– १३६–मयूर रेजीडेसी, फरीदी नगर लखनऊ–भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

अनुवाद लघुकथा (अङ्क ३९ मा प्रकाशित)


हाकिमहरूका माथिबाट आदेश थियो । पसल केवल ६ बजेबाट ११ बजेसम्म खुल्ने छ । त्यो पनि आवश्यक जरुरी कामका लागि मात्र ।

पूरा महिनाभरि महेशको हार्डवेयरको पसल बन्द भयो । सानो पसल भए पनि धेरै व्यापार हुन्थ्यो । खाना खर्च, कोठा भाडा, दुध र बच्चाहरूको स्कूलको फिस । एउटा गरिबलाई योभन्दा बढी के चाहियो र ?

तर जबदेखि पसलमा ताला लाग्यो, पहिले महेशको जम्मा पुँजी सकियो । फेरि भान्साका डब्बा र बक्साको खोजी भयो । एक एक कुना खाली भयो ।

जब सबैले हात उठाए, त्यसपछि उसको पेट खुम्चिन थाल्यो । महेशलाई बाहिर निस्कन घोर अपराध गर्नुपर्‍यो ।

चोरजस्तै विस्तारै आफ्नै पसलको सटर माथि उचाल्यो ।
“आहा ! पसलको धुलोमा पनि सुगन्ध आइरहेको छ ।’’

सटर आधा बन्द आधा खुला राख्यो । एक घन्टा बितेपछि एउटा गाडी पसलनिर आएर रोकियो । एउटा पुरुष, एउटा महिला हुन् सायद ।

“पेन्टको डब्बा छ ?’’
“छ, छ । कुन रङ्गको दिऊँ हजुर ?’’

“पहेँलो रङ्गको दिनुस् !” सन्जोगले त्यो रङ्गको डब्बा पसलमा रहेछ ।
“कति भयो ?’’ पुरूषले सोध्यो ।

“हजुर ! दुई सय रुपियाँ ।’’
त्यो मानिसले दुई सय रुपियाँ दिएर गयो ।

महेशले रुपियाँ गोजीमा राख्दै आकाशतिर हेरेर ईश्वरलाई धन्यवाद दियो । 

“ए महेश ! पसल बन्द गर । पुलिसको गाडी आइरहेको छ ।” सामुन्नेको घरबाट ग्रिलवाला नितेशले चर्को आवाजमा भन्यो ।

महेशले तत्कालै चाबी झिकेर सटर तल गर्ने प्रयास गर्यो तर बदमास चाबी धेरै दिनदेखि बन्द थियो, बीचमै अड्कियो ।

महेशले पूरा जोड लगायो ।

त्यति बेला स्वाँठ एउटा बलियो लट्ठी उसको पिठ्यूँमा पर्‍यो । पीडाले ऊ रन्थनियो ।

“साले ! तिमीहरूकै कारण यो बिमारी बढिरहेको छ । घरमा रहेर ज्यान जोगाऊ तर घरबाट बाहिर ननिस्किओ । प्रोटोकल नामसित कुनै मतलब छैन । छिटो बन्द गर् !” यति भनेर प्रहरीको पोसाकधारी मानिसले लगातार दुई–चार पटक लट्ठीले हानेर गयो ।

महेशको पुरै जिउ दुखिरहेको थियो तर आँखा भने चम्किरहेको थियो । उसले मुट्ठी खोल्यो । दुई सयको नोट अहिले पनि उसको हातमा थियो ।

–बिहार, भारत

 अनुवादः डा. पुष्करराज भट्ट

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।