Showing posts with label रेवतीरमण सापकोटा. Show all posts
Showing posts with label रेवतीरमण सापकोटा. Show all posts

Thursday, November 23, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

बेकाम

-रेवतीरमण सापकोटा
ओदालगढी, असम, भारत  



"के गर्नु दाज्यू, बी.ए. पास भएर पनि कतै जागिर खान पाइएन, बेकामे नै भैयो ।" राजेश गुनासो पोख्छ मलाई ।

"बी.ए. पास युवा कसरी बेकामे हुन्छ ? जागिर खानु भनेको त अर्काको नोकर भएर सेवा गरी पाएको तलबले आफ्नो घर चलाउनु हो । मलाई हेर्न त म जागिरे, नोकर हुँ कसैको, तँ त आफ्नै मालिक होस्, तँसँग स्वाधीनता छ, मेरो छैन ।" मैले भनेँ ।

"हो, त्यो त ! तर कसरी चल्नु? बाबुको कमाई कहिलेसम्म खानु !" राजेश निराश हुँदै भन्छ ।

राजेशको मन–मस्तिष्कमा आत्मविश्वास भर्ने भगीरथ प्रयास गरेँ । भनेँ, "तिमीहरुको पचास बिघा खेतको जमीन छ नि !"
"छ, भएर के गर्नु, खेती गर्ने कोही छैनन् अहिले, सबै कामदार कम्पनीको जागीर भन्दै बैंगलोर चेन्नई गए । माटो बाँझै छ ।" उसले भन्यो ।

"म एउटा बुद्धि सिकाउँछ त ! सिक्छौ?"
उसले हुन्छ भनेर टाउको हल्लाए पछि मैले भनेँ, "त्यो पचास बिघा खेतको जमीनमा सम्पूर्ण जैविक शैली अपनाएर, केवल गोबर मल प्रयोग गरी सब्जी तिहुनको खेती गर, ट्रेक्टरले माटो जोतेर सम्पूर्ण वैज्ञानिक विधि अनुसार गर अनि चमत्कार हेर । अँ, भर्खरै प्रकाशित रेवतीरमण सापकोटाको वनस्पति कथायात्रा पढेर त्यही अनुसार गर, सफल पाउँछौ ।" रमेशको मनमा आत्मविश्वास बढ्यो । उसको अनुहार उज्यालो देखियो ।

आज समग्र उत्तर पूर्वाञ्चलमा रमेशको जैविक सब्जीको माग बढेको छ । उसले पचास बिघाबाट बढाएर पाँचसय बिघामा बीसवटा ट्रेक्टर चलाएर जैविक हरित क्रान्ति ल्याएको छ । यसपाली राज्य सरकारले पनि आदर्श किसान रुपले उसलाई पुरस्कृत गरी केन्द्र सरकारको कृषि विकास मन्त्रालयलाई ठुलै पुरस्कारको निम्ति मनोनित गरेको छ । रमेशका अधीनमा अहिले सयजना ’बेकामे’ शिक्षित युवा कृषि विप्लवमा व्यस्त छन् ।