Thursday, November 30, 2023

पुस्तक समीक्षा



 पृथक बाटोमा हिंड्दा

युवराज मैनालीको पृथक् बाटो लघुकथासङ्ग्रह २०७५ सालमा छैैठौ कृतिको रुपमा प्रकाशित भएको छ । मूर्दा बोल्यो नामक कथासङ्ग्रह उनको पहिलो कृतिको रुपमा २०३७ सालमा प्रकाशित भएको थियो । यस लघुकथासङ्ग्रहभित्र अनिष्ट, अनुभूति, अन्तर, अभ्यास, अमर र मूर आत्मालगायत विभिन्न शीर्षकका २३३ वटा लघुकथाहरु समावेश गरिएकाछन् । दोलखाका भीमसेनलार्ई दुई दुईपल्ट पसिना आउनु, भक्तपुरमा बिस्केटको लिङ्गो टुक्रिनु कम होइन है । यो अनिष्टको सूचक पक्कैै हो अनिष्ट शीर्षककोे लघुकथामा लेखिएको छ । पेट बोकेका गोपिनीहरु आफ्ना रानीहरु अनि आफूले ज्यादै माया गरेर पालेको मूर नामक नीतिलाई पहिले नै सुरक्षित रुपमा राखेका थिए अमर मूर आत्मा शीर्षकको लघुकथामा लेखिएको छ । घर जन्मेको घर, जन्मेकोे देश बग्दोरहेछ स्वार्थको बाढीमा मान्छेभित्रको मन घरै काँचो माटोले बनेको । यसैले बग्दोरहेछ भत्किदोरहेछ झरर वर्षाले अवलोकन शीर्षकको लघुकथामा युवराजले लेखेका छन् । सम्हारकर्ता शिव फेरि वर दिएर भाग्दैछु भाग्दैछ शेष निशेष हुने डरले कतारा शीर्षकको लघुकथामा उल्लेख गरेको देखिन्छ । कथाचमत्कारको व्यथा बेकारको शीर्षकको लघुकथामा मन्त्रीज्यूले राजधानीको सडकमा गुडेका बलजफ्तीका कारहरु घटाउने प्रतिबद्धता जनाउँदा बलात्कारको सजाय घटाउँछु भनेर अनर्थ बोले छाप्नु भनिएको छ । 


कुरै कुरामा, के छ के छैन, कस्तो कस्तो, बढुवा, गन्थन, बाटो खुलेपछि, सत्ताआदि राजनीतिक विषयका लघुकथा हुन् । राजनीतिकमा उद्धत भएको, स्वार्थ र भ्रष्टाचार मौलाएको, चुनाव केवल मौलाउने दाँत भएको, जनताको आशा आवश्यकता प्रति उपेक्षा आदि सन्दर्भलाई यिनै लघुकथामा युवराजले चित्रण गरेका छन् । श्रीकृष्णका एक सम्बन्धित थिए मूर । यही मूर एउटालाई बचाएर अर्जुन आए । यही मूर एउटालाई बचाएर अर्जुन आफ्नो गन्तव्य पुगे । यस सङ्ग्रहभित्रका लघुकथामा वर्तमान नेपालको अव्यवस्था र अस्तव्यस्तताका चित्रण पाइन्छ । देशमा व्याप्त महँगीको चित्रण टाटो शीर्षकको लघुकथामा गरिएको छ । काव्यात्मक भाषिकविन्यास यस सङ्ग्रहका लघुुकथाको उल्लेख्य पक्ष हो । विभिन्न कथामा अनुप्रासिक संयोजन पाइने हुँदा कतिपय लघुकथा पढ्दा कविता पढेको अनुभूति हुन्छ । फूलबुट्टे रुपमा शीर्षकको लघुकथामा त्यो कैली केटीले दिएकी थिइ एउटा फूलबुट्टे रुमाल उपहार स्वरुप । हिजोआज त्यही रुमाल हेरेर बाजे टोलाउँछन् भनिएको छ ।
कर्मचारीको मानसिकता र कमजोर व्यवस्थापनले तिनीहरुलाई गलत बाटोतर्फ कसरी उत्प्रेरित गरिरहेको हुन्छ भन्ने विषयको सेरोफेरोमा बुनिएका लघुकथाहरु हुन् ईष्र्या र कोल्टो । ईष्र्यामा इमानदार बन्न खोज्नेलाई छेउछाउकै सहकर्मीले कसरी फसाउँछन् भन्ने विषय छ । कोल्टोमा पनि त्यस्तै विषय छ तर अलि फरक खालको । प्रस्तुत सङ्ग्रहमा सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्र बाहेक साहित्यिक क्षेत्रमा व्याप्त विसङ्गति, साहित्यिक पुरस्कारको चलखेल, पुरस्कारमा मनपरी, सम्मानमा धाँधली तथा ठगी जस्ता विषयमा पनि लघुकथाकार युवराजले कलम चलाएका छन् ।

युवराजले आफ्ना लघुकथा रचनामा हाम्रै घरपरिवार एवम् समाजका ससाना कुरालाई समेटेर कथात्मक स्वरुपप्रदान गरेका छन् । उनका सिर्जनामा पारिवारिक जीवनका विसङ्गत पक्षसँग सम्बन्धित रहेर विषयवस्तुको उठान गरिएको छ । यी रचनामा हाम्रो पारिवारिक जीवन एवम् परिवारभित्रका सदस्यको बीचको अन्तर सम्बन्धलाई उठान गरेको पाइन्छ । उनका लघुकथामा राजनीतिक विषय सन्दर्भको समेत प्रस्तुति पाइन्छ । उनका रचनामा जनतामा राजनीतिप्रति निराशा बढेको र राजनीतिकर्मीले देशका निमित्त केही गर्न नसकेकोमा चिन्ता समेत व्यक्त गरिएको छ ।

जिन्दगी शीर्षकको लघुकथाले जिन्दगीलार्ई व्युटी मानेर चलाए । जिन्दगी त डर्टी पो रहेछ । यही डर्टी गेम खेल्दैछु भनेको छ । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । छोटोमा जीवनको कुनै एउटा सन्दर्भ वा प्रसङ्गलाई विना भूमिका र विश्लेषण रुपले अभिव्यक्त गर्न सक्नु लघुकथाको विशेषता हो । कम शब्द र समय जीवनको एउटा सत्यलाई टिप्नु आफैंमा चुनौती हो । लघुकथाकार युवराजले यहाँ त्यस्ता विशेष घटना, सन्दर्भ र सत्यलाई सुन्दर ढङ्गले लघुकथा तयार पारेका छन् । तन्नेरी प्रकाशन, काठमाडौंले प्रकाशन गरेको यस सङ्ग्रह २६४ पृष्ठको छ ।

No comments:

Post a Comment