Showing posts with label लघुकथा समाचार. Show all posts
Showing posts with label लघुकथा समाचार. Show all posts

Monday, June 29, 2026

समाचार

न‍‍.आ.ल.म.को आठौंँ वार्षिकोत्सव सम्पन्न, 
दर्जनौँ स्रष्टाहरूलाई अभिनन्दन, 
सम्मान एवम् पुरस्कारको घोषणा 


नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो आठौँ वार्षिकोत्सव विगतझैँ यस वर्ष पनि असार ९ र १० गते भव्य रूपमा सम्पन्न गरेको छ। मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मञ्चको भित्तोमा कार्तिक ९ र १० गते स्रष्टाहरूबाट लघुकथाहरू आव्हान गर्नुका साथै दर्जनौँ साहित्यकार, समीक्षक, सर्जकहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

मञ्चका अनुसार 'अभिनन्दन-२०८३' का लागि लामाे समयदेखि आख्यान अनुसन्धान तथा समालाेचना एवम् साहित्यका विभिन्न विधा तथा उपविधामा साधनारत रही नेपाली साहित्यमा अतुलनीय याेगदान पुर्याउनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. कृष्णहरि बराल र प्रा.डा. देवी नेपाललाई छनोट गरेको छ। उहाँहरूलाई ११ हजार १ सय ११ नगद, खादा, मालासहित ताम्रपत्रको 'आख्यान अनुसन्धान तथा समालोचना पुरुष' सम्मानपत्रबाट सार्वजनिक विशिष्ट नागरिक अभिनन्दन गरिने संस्थाले जनाएको छ।

त्यस्तै वरिष्ठ साहित्यकार तथा अग्रज लघुकथा सर्जक महेश प्रसाईंलाई 'विजय स्मृति अग्रज लघुकथा- स्रष्टा सम्मान- २०८३' समर्पण गरिने जनाइएको छ। 



कीर्तिशेष वरिष्ठ साहित्यकार विजय चालिसेज्यूको स्मृतिमा वि.स. २०८२ सालमा स्थापित यस सम्मान पनि नगद रुपैयाँ ११ हजार १ सय ११ रकमसहित ताम्रपत्रमा सम्मानपत्र समर्पण गरिने मञ्चले जानकारी दिएको छ।

त्यस्तै मञ्चले वि.स. २०८३ सालका लागि संस्थामा समर्पित रहेर वर्षभरि लघुकथा समालोचनामा योगदान पुर्याउनु भएका समालोचक डा. हरिप्रसाद सिलवाललाई पनि नगद ११ हजार १ सय ११ रकम, ताम्रपत्रमा सम्मानपत्र समर्पण गर्ने घोषणा गरेको छ । 

Friday, May 29, 2026

समाचार

१५, जेठ 

नेपाल  प्रज्ञा प्रतिष्ठानमा झिल्का साहित्य समाजद्वारा आयोजित एक कार्यकममा तीन वटा झिल्का कविता सङ्ग्रहको एकसाथ लोकार्पण सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार वसन्त अनुभवले संयुक्त रूपमा विमोचन गर्नुभएको थियोे ।

झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवीनतम् काव्यिक विधा झिल्का कविताका ३ वटा पुस्तकहरू विमोचन भएका थिए। विमोचित पुस्तकहरूमा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकहरूमा रहनुभएका ८३ जना नेपाली भाषी झिल्काकारहरूको संयुक्त झिल्का कवितासङ्ग्रह ‘आवाज’, झिल्काकार वसन्त अनुभवको एकल झिल्का कवितासङ्ग्रह ‘अनुभव’ र झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’ रहेका छन्।

विमोचित कृतिहरूमध्ये ‘अनुभव’को समीक्षा समीक्षक प्रमोद नेपालले, ‘आँगन’को समीक्षा समीक्षक अनुराग अरुणले र ‘आवाज’ संयुक्त झिल्का कवितासङ्ग्रहको समीक्षा समीक्षक अरुण बहादुर खत्री नदीले गर्नुभएको थियोे ।

Saturday, May 2, 2026

समाचार


वैशाख १९ गते शनिवार

दक्षिणकाली, भङ्ज्याङस्थित गणेश हलमा हाम्रो लघुकथा केन्द्रले स्रष्टा सम्मान र हाम्रा लघुकथा संयुक्त लघुकथासङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठकाे सभापतित्वमा आयोजित सो कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरू सभाध्यक्ष लगायत् प्रमुख अतिथि दक्षिणकाली न.पा.का प्रमुख माेहनबहादुर बस्नेत, विशिष्ट अतिथिहरू उपप्रमुख वसन्ती तामाङ डङ्गाेल, किशोर पहाडी, कृष्ण प्रधान, जयदेव भट्टराई, लता के.सी, तेजप्रकाश श्रेष्ठ, प्रा. डा. कपिल लामिछाने, गङ्गा कर्माचार्य पौडेल, महेश प्रसाईं, रमेन्द्र काेइराला र दामोदर अधिकारीले लघुकथा गान बजाएर कृतिको विमोचन गर्नु भयो।

उक्त कार्यक्रममा लघुकथाका समालोचक प्रा. डा. कपिल लामिछानेलाई केन्द्र लघुकथा समालोचना सम्मान- २०८२, अग्रज साहित्यकार महेश प्रसाईंलाई केन्द्र लघुकथा सम्मान -२०८२, अग्रज साहित्यकार गङ्गा कर्माचार्य पौडेललाई केन्द्र लघुकथा नारी सम्मान–२०८२ र साहित्यकार रमेन्द्र कोइरालालाई योगनाथ बास्तोला लघुकथा सम्मान–२०८२ बाट अवीर, दुबो माला, रूद्राक्ष, दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो । साहित्यकार किशोर पहाडीको संयोजनमा दुई सदस्यहरू जयदेव भट्ट र मिसु श्रेष्ठको छनौट समितिले सम्मानित हुने स्रष्टाको नाम चयन गरेको थियो।
सम्मानित हुने स्रष्टाहरु

Sunday, April 5, 2026

समाचार


चैत्र, २१ गते शनिवार भक्तपुरमा सिर्जना अभियान समाजद्वारा आयोजित विमोचन कार्यक्रमका सभाध्यक्ष ध्रुव मधिकर्मी, प्रमुख अतिथि डा. पुष्करराज भट्ट, विशिष्ट अतिथिद्वय डा. हरिप्रसाद भण्डारी र लता के. सी. एवं कृतिकार नेउपानेले लघुकथा गान बजाउँदै कृतिको सामूहिक विमोचन गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टले वर्तमान समयमा देखा परेका लघुकथाको प्रवत्तिबारे चर्चा गर्दै हिजोआज एकल विषयमा लघुकथाकृति लेखिने प्रचलन बढेको बताउनु भयो साथै यस्ता कृतिले वर्तमान समयको अभिव्यक्ति प्रवाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कृतिको विमोचनपश्चात् विशिष्ट अतिथि डा. भण्डारीले कृतिकारलाई शुभकामना दिँदै विमोचित कृतिमाथि संक्षिप्त समीक्षा गर्नु भयो । चुनावी सेरोफेरो लघुकथाकृतिको नाम सार्थक रहेको, निर्वाचन २०८२ को दौरानमा घटेका यावत् घटना र विषयलाई कृतिकारले संक्षिप्तरुपमा रोचक र मिठासपूर्णरूपमा लघुकथाहरू उनेको, लघुकथाका शीर्षकहरू सन्दर्भिक रहेको, आवश्यक पात्रहरूको सिर्जना गरिएको बताउनु भयो । विमोचित कृतिमा समेटिएका लघुकथाहरूमा लघुकथाका नवीतम् मान्यतामा आधारित रहेको बताउनु भयो । व्यङ्यभाव, प्रतीक, स्वैरकल्पना र संवादको प्रयोग मीठो र सरल भाषा, राम्रो परिवेशमा लघुकथाहरू बुनिएको भाव व्यक्त गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि के.सी.ले कृतिकारको लेखनकला र शैलीलाई नजिकबाट हेरिरहेको बताउँदै छोटो समयमा दुईवटा कृति प्रकाशन गर्नु महत्वपूर्ण कार्य हो भन्नु भयो साथै कृतिकारलाई शुभकामना तथा बधाई दिनु भयो ।

कृतिकारले कृतिको गर्भ र पृष्ठभूमिबारे औँल्याउनु भयो। चुनाव घोषणा भएदेखि मतदानको दिनसम्म ५५ दिनमा लेखिएका ५९ लघुकथाहरू भविष्यका लागि दस्तावेज बनुन् भन्ने अभिप्रायले कृति प्रकाशन गरेको बताउनु भयो र पाठक प्रतिक्रियाको अपेक्षा राख्नु भयो साथै लेखन, प्रकाशन र विमोचनसम्मको यात्रामा साथ र सहयोग दिने सबैलाई धन्यवादसहित् मायाको चिनो प्रदान गर्नु भयो ।
सो विमोचन कार्यमा विमोचित कृतिबाट शान्ता तिम्सिनाले मातृभूमि र प्रार्थना खनालले वेदना शीर्षकको लघुकथा वाचन गर्नु भयो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मधिकर्मीले कृतिभित्र समेटिएका लघुकथाहरू चुनावी माहौलसँग मात्र नजोडिएर आज र भोलिको समय पनि जोडेको विश्वास व्यक्त गर्नु भयो ।

आयोजक संस्थाका सदस्य लक्ष्मी वैद्यले सञ्चालन गर्नु भएको छोटोमीठो सो कार्यक्रममा कृतिकारका आफन्तजन , साहित्यकार र लघुकथाप्रेमीहरूको उल्लासमय उपस्थिति रहेको थियो ।
..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

समाचार


चैत्र, २१ गते शनिवारका दिन ग्रीनलिफ रेस्टुरेण्ट पुतलीसडकमा एक समारोहका बीच साहित्यकार योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह 'बोकेदाह्री' को लोकार्पण भयो । समारोहमा समीक्षकद्वय प्रा.डा. भरतप्रसाद भट्टराई तथा महेश प्रसाईले लघुकथासङग्रहका लघुकथाहरुको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

विशेष अतिथि लघुकथाकार ध्रुव मधिकर्मीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको कथाको क्षेत्रमा लामो पृष्ठभूमि रहेको उल्लेख गर्नु हुँदै बोकेदाह्रीमा समावेश केही लघुकथाहरु बारे चर्चा गर्नु भयो । त्यस्तै अर्का विशेष अतिथि लघुकथा समाजका सचिव तथा मधुपर्क मासिकका सम्पादक तुलसीहरि कोइरालाले लघुकथाको ऐतिहासिक पृष्ठभूमि केलाउँदै यसको लोकप्रियता बढ्दै गएको र लघुकथा लेखन पनि विस्तार हुँदै गएको कुरा उल्लेख गर्नु भयो ।

महेश प्रसाईंले कथाकार योगेन्द्र तिमिल्सिनाको २०२८ सालदेखिको लामो साहित्यिक पृष्ठभूमि केलाउँदै उतिबैलैदेखिका स्थापित सम्पादक र साहित्यिक अध्येता तिमिल्सिनाको लघुकथा कृतिले राम्रो साहित्यिक मूल्य बोकेको बयान गर्नु भयो । प्रा.डा. भरतप्रसाद भट्टराईले लघुकथासङ्ग्रह बोकेदाह्रीमा प्रकाशित चालीस लघुकथाहरुको प्रवृत्तिगत समूहमा विभाजन गरी विस्तृत समीक्षा प्रस्तुत गर्नु भएको थियो । मानवीय समवेदना, समकालीन राजनीतिप्रतिको व्यङ्ग्य, अन्धविश्वास, सामाजिक र साँस्कृतिक विचलन आदि विषयमा कथाहरूको वर्गीकरण गरी उहाँले लघुकथासङ्ग्रहको समीक्षा प्रस्तुत गर्नुभएको थियो । लघुकथाकारले मुसाको इजलास, मान्छे, नाठो, आश्वासन जस्ता कतिपय लघुकथामा स्वैरकल्पनाको प्रयोग गरी सुन्दर प्रस्तुती गरेको कुरा डा.भट्टराईले उल्लेख गर्नु भयो ।

कार्यक्रममा लघुकथाकार योगेन्द्र तिमिल्सिनाले आफूलाई उत्कृष्ट लागेको २०२८ मा प्रकाशित 'मान्छे' शीर्षक लघुकथा वाचन गर्नु भएको थियो । उहाँले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा रासा, भीष्म उप्रेती, विमल भौकाजी, सुधा भट्टराई, जसध्वज गुरुङ, गङ्गाप्रसाद भेटवाल, त्रिचन्द्र श्रेष्ठ, आनन्द पौड्याल, प्रवीण जोशी, कृष्ण न्यौपाने, हेमन्त गौतम, सञ्जय श्रेष्ठ आदि साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

ओरिएण्टल पब्लिकेशनका श्रीहरि गौतमले सञ्चालन गर्नु भएको सो कार्यक्रमको अन्त्यमा सभापति डा. तुलसी भट्टराईले २०३२ सालदेखिको आफू र डा. गोविन्दराज भट्टराईको लेखकसँगको साहित्यिक सम्बन्धको चर्चा गर्दै कथाकारलाई अझ उर्जाशील भई साहित्यिक कर्ममा लाग्न शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, June 8, 2025

समाचार


जेठ, २३ गते शुक्रवारका दिन पोखराका साहित्यकार धर्मराज पौडेल 'अल्पायु'को नयाँ कृति मुक्तक सङ्ग्रह 'न घाम न जून' एक समारोहका बीच लोकार्पण गरिएको छ । लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ थिए भने विशेष अतिथिहरूमा डा . एम बहादुर पौडेल क्षेत्री, स्वतन्त्र पत्रकार कृष्णप्रसाद बॉस्तोला, गण्डकी प्रदेश पूर्व कुलपति सूर्य खड्का बिखर्ची, चित्रकार यादव चन्द्र भुर्तेल रहेका थिए । यस्तै कार्यक्रम सञ्चालन संस्कृत विद्यालयका प्राध्यापक अम्बिकाप्रसाद भट्टराईले गरेका थिए ।

कार्यक्रममा स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीनाले गरेकी थिइन भने कृतिका बारेमा डा. लक्ष्मी शरण अधिकारीले परिचर्चा गरेका थिए, जसमा पौडेलको लेखन शैली र काव्यमा रहेको गहिराईका बारेमा विस्तृत रूपमा चर्चा गरिएको थियो ।



समारोहमा पोखरेली वरिष्ठ साहित्यकारहरू, विभिन्न संघ–संस्था, आमा समूह, क्लब साथै सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रमको आयोजना लेखनाथ साहित्य प्रतिष्ठानले गरेको थियो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, April 12, 2025

लघुकथा समाचार

 

लता के.सी.को 'पाहुर' र महेन्द्र नेउपानेको 'चन्द्रविनोद´ लघुकथासङ्ग्रह आज चैत ३० गते शनिबारका दिन एक कार्यक्रम बीच लोकार्पण सम्पन्न भएको छ ।

हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा भएको कार्यक्रममा हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता के.सी.को सभापतित्व र श्रीओम श्रेष्ठ 'रोदन'को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । विशिष्ट अतिथिहरूमा ध्रुव मधिकर्मी, गंगा कर्माचार्य पौडेल, केदार नेउपाने र माधव नेउपाने रहेका थिए ।

लघुकथा गान बजाएर सुरू गरिएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य बन्दना घिमिरेले गरेकी थिइन् भने दुबै लघुकथाकृतिको विमोचन प्रमुख अतिथि रोदनले गरेका थिए ।

हाम्रो लघुकथा केन्द्रका सदस्य मिसु श्रेष्ठले पाहुर लघुकथासङ्ग्रहबाट `जुक्ति´ शीर्षक लघुकथा र सत्या अधिकारीले `स्वप्नलोक´ शीर्षक लघुकथा वाचन गरेकी थिइन् । अर्को कृति चन्द्रविनोद लघुकथासङ्ग्रहबाट कृतिकारको छोरी डा. मन्जिला नेउपानेले `रुन्चे हाँसो´ शीर्षक लघुकथा वाचन गरेकी थिइन् ।

मन्तव्यको क्रममा मञ्चासिन व्यक्तित्वहरूले लघुकथाको उन्नयनमा केन्द्रको योगदानबारे चर्चा गर्दै कृतिकारद्वयलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

सयजनाको हाराहारी साहित्यकारहरूको उपस्थितिमा रोयल इभेण्टस् एण्ड बैन्क्युट तीनकुनेमा भएको कार्यक्रममा सभापति के.सी.ले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रमको समापन गरिएको थियो ।


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Monday, March 17, 2025

लघुकथा समाचार


 

३ चैत्र, आइतबार

स्रष्टा साँझ अमेरिकाको आयोजनामा अम्बिका धितालको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’को परिचर्चा कार्यक्रम आइतबार सम्पन्न भएको छ । उक्त परिचर्चा कार्यक्रममा डा. शेखर कुमार श्रेष्ठ, डा. कुसुमाकर शर्मा गौतम, इन्दिरा चापागाईं, दीपक लोहनी र मनीषकुमार शर्मा समित  परिचर्चाकार हुनुहुन्थ्यो ।

‘जूनको जात्रा’ को परिचर्चाकारहरूले कृतिभित्र समावेश गरिएका ६५ वटा लघुकथाहरूमा सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक पक्षमाथि देखापरेका विकृति माथि व्यङ्ग गर्नुको साथै बालमनोविज्ञान लगायत विविध विषयवस्तुहरू समेटिएको बताउनु भयो ।

परिचर्चाकार इन्दिरा चापागाईंले लघुकथा सङ्ग्रहमा नारी पात्रको उपस्थिति राम्रो रहेको उल्लेख गर्दै लघुकथामा प्राकृतिक रूपले भरिपूर्ण नारीले अन्यायको विरुद्ध आवाज उठाएका थुप्रै लघुकथा रहेको साथै लघुकथामा समाजको प्रतिबिम्ब झल्किएको बताउनुभयो । लघुकथाका शीर्षकहरू आकर्षक र आकस्मिक र कुतूहलपूर्ण  हुनुका साथै समापन झट्कादार रहेकाले लघुकथा उत्कृष्ठ र पठनीय रहेको बताउनुभयो । वरिष्ठ साहित्यकार तथा लघुकथाकार डा. कुसुमाकर शर्माले अम्बिका धितालको जूनको जात्रामा आफूले अनुभव गरेका भोगेका समाज, घरपरिवार शैक्षिक र राजनीतिक क्षेत्रका यावत कुरालाई लघुकथाले समेटेको उल्लेख गर्दै समापन खण्ड एक वाक्यमा राख्दा लघुकथा अझै सशक्त बन्ने कुरा व्यक्त गर्नुभयो । त्यस्तै अर्का परिचर्चाकार दीपक लोहनीले भाव र विचारले युक्त लघुकथा नै कालजयी हुने र जूनको जात्रा लघुकथा सङ्ग्रहका  लघुकथाहरुमा भाव र विचार सँगसँगै आएकाले आजको समयमा लघुकथा लेख्नेहरुको भिडबाट अम्बिकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कुरा बताउनुभयो ।

Wednesday, February 12, 2025

लघुकथा समाचार

-वसन्त अनुभव, माघ २७

नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘बुन्छ्त’ र ‘नमस्ते’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।

परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक डा. विदुर चालिसेले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो । साथै गुरुकुल पद्धतिमा रहेका उक्त २२ वटा कृतिले विभिन्न जाति, वर्ग, स्थान आदिको प्रतिनिधित्व गरेको बताउनुभयो ।
 उक्त पुस्तकहरूको सम्पादकको समेत भूमिका निभाउनुभएका डा. चालिसेले प्रकाशनका क्रममा भोगेका सास्तीहरू उल्लेख गर्दै सकेसम्म त्रुटिरहित बनाउन हरप्रयास गरिएको बताउनुभयो ।

पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका समालोचक डा. शंकरप्रसाद गैरेले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार म्यामराज राइको लघुकथा कृति ‘बुन्छत’को परिचर्चा गर्दै ‘वान्तवा’ भाषामा राखिएको शिर्षक ‘बुन्छत’ले पाठकमा कौतुहलता, जिज्ञासा पैदा गर्ने गरेको उल्लेख गर्नुभयो । साथै उहाँले ‘बुन्छ्त’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘खलल’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो ।
‘बुन्छत’ शिर्ष लघुकथा मिथकिय पृष्ठभुमिमा भए पनि सम्पूर्ण लघुकथाहरू सामाजिक, समसामयिक पृष्ठभूमिमा लेखिएका छन् । साथै नेपाली र जापानी परिवेशलाई पृष्ठभूमि बनाएर लघुकथाहरू लेखिएका बताउनु हुँदै राईका लघुकथामा विकृति, विसङ्गतिप्रति व्यङ्ग्य, मानवले पालना गर्नुपर्ने अनुशासन लगायत प्रेम, मानवीय समवेदना रहेको उल्लेख गर्नुभयो । 
साथै उहाँले समाजमा देखिरहेका, भोगिरहेका घटना, विषयवस्तुलाई कलात्मक शिल्प शैलीमा प्रस्तुति गर्ने क्षमता लघुकथाकार राईमा रहेको बताउनुभयो ।

लघुकथा समाचार



स्रष्टा साँझ अमेरिकाको आयोजनामा ध्रुवराज थापा ’पुरूष’को लघुकथासङ्ग्रह 'सपनाको पहाड’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको सभापतित्वमा सम्पन्न सो परिचर्चा कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्की, दीपक लोहनी, ममता मृदुल र शुक्रराज कुँवरले कृतिमाथि परिचर्चा गर्नु भएको थियो ।

सपनाको पहाडको परिचर्चाकारहरूले कृतिभित्र समावेश गरिएका ५८ वटा लघुकथाहरूमा सामाजिक, राजनीतिक, शैक्षिक, नैतिक, सांस्कृतिकमाथि देखापरेको विकृति उपर कडा व्यङ्ग गर्नुको साथै नविन प्रविधि लगायत विविध विषयवस्तुहरु समेटिएको बताउनु भयो ।

वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले ध्रुवराज थापा लेख्नेहरुको भिडबाट आफ्नो छुट्टै पहिचान बनाउन सक्ने नयाँ लघुकथाकार हुन् भन्नुभयो । वहाँका लघुकथामा विषय र आयाम प्रति सचेतता देखाइएको छ । विषयको विविधता, आकस्मिक उठान, आकारमा छोटा, विषयको प्रस्तुति र संरचनामा रोचकता र समापनलाई प्रभावकारी बनाउनु वहाँको लघुकथाको विशेषता भएको बताउनु भयो ।

कार्यक्रममा परिचर्चाकार प्राडा गोविन्दमान सिँह कार्कीले ध्रुवराज थापा पुरुष एउटा पुरानो लघुकथाकार भएको र उहाँको लघुकथा उत्कृष्ठ र पठनीय रहेको बताउनुभयो । सपनाको पहाडमा यथार्थबादी, वस्तुबादी, प्रकृतिवादी कघुकथा भएकोले यो कृति उत्कृष्ठ र सफल रहको बताउनु भयो । वहाँले कृतिकारलाई आफ्नो उचाइलाई कायम राख्न शुभकामना दिनुभयो ।

Saturday, January 25, 2025

लघुकथा समाचार

 

सिर्जना अभियान समाज भक्तपुरको व्यानरमा ध्रुवराज थापा ‘पुरुष’ द्वारा लिखित लघुकथासङ्ग्रह ‘सपनाको पहाड’ को विमोचन कार्यक्रम भव्यताका साथ सम्पपन्न भयो । समाजका सचिव ध्रुव मधिकर्मीको सभापतित्व र डा. पुष्करराज भट्टको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रम वन्दना घिमिरेले सञ्चालन गरेकी थिइन् भने इन्दिरा चापागाईंले स्वागत मन्तव्य राखेकी थिइन् ।

कथाकार ध्रुवराजको जन्मोत्सव समेत रहेका कृतिकारलाई सृजना अभियान समाजले बधाई–पत्र प्रदान गरेको थियो भने हाम्रो लघुकथा केन्द्रका तर्फबाट जन्मदिवसलाई अझ भव्य बनाइएको थियो । कार्यक्रममा कृतिकारका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । सो कार्यक्रममा प्रार्थना खनाल, रमेश सुवेदी, मन्दिरा चापागाईं र शान्ता तिम्सिनाले कृतिबाट १/१ लघुकथा वाचन गरेका थिए ।

सभाध्यक्ष मधिकर्मीबाट धन्यवाद ज्ञापन गरी औपचारिक कार्यक्रम समापन गरिएको थियो । कृतिकार ध्रुवराज थापा ‘पुरूष’ हाम्रो लघुकथा केन्द्र बागमती प्रदेशका उपाध्यक्ष हुनुहुन्छ ।

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, December 29, 2024

लघुकथा समाचार


 मनीषकुमार शर्मा 'समित'को 'अर्धशताब्दी' लोकार्पण


मनीषकुमार शर्मा ’समित’द्वारा लेखितको तेस्रो लघुकथासङ्ग्रह ’अर्धशताब्दी’को मङ्सिर २० गते लोकार्पण भएको छ ।

कृतिकारको ५०औँ जन्मदिनको अवसर पारेर सिर्जना अभियान समाज, भक्तपुरको आयोजनामा कौशलटारस्थित एक रेस्टुरेन्टमा  आयोजना गरिएको सो कार्यक्रममा हाम्रो लघुकथा केन्द्रका तर्फबाट केक काटेर सम्मान प्रदान गरियो ।

सो कार्यक्रममा कृतिकारका माता आशा अर्याल, धर्मपत्नी जमुना ओझा र परिवारगण, अतिथि डा. हरिप्रसाद भण्डारी, दिव्य गिरी, सानुराज श्रेष्ठ अञ्जान, इन्दिरा चापागाईँ,  कात्यायन, अश्विनी कोइराला, ललिता ॅदोषी’, अम्बिका धिताल लगायत लगभग ५ दर्जन साहित्यकारहरूको उपस्थिति रहेको थियो ।


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, December 4, 2024

लघुकथा समाचार


 शताब्दी महिलाद्वारा कृतिको विमोचन 

दाङ, मङ्सिर १५ 

साहित्यकार सुरेश कुमार पाण्डेद्वारा लिखित जेईको सम्झना लघुकथा सङ्ग्रहको एक कार्यक्रमका बीच घोराहीको मालाइन होटलमा भव्य रूपमा लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । संस्थाको तर्फबाट पुस्तकका लेखक साहित्यकार सुरेशकुमार पाण्डेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कृति विमोचन गर्दै प्रमुख अतिथि शर्माले पुराना कुरालाई रचनात्मक शैलीमा जीवन्तता दिने कामलाई सर्जकले न्याय गरेको बताए । उनले नेपाली समाजको अवस्थाबारे कृतिका माध्यमबाट उजागर गर्ने काम गरेर पठनीय सामग्री तयार पारेको भन्दै खुसी प्रकट गरे । उक्त कृतिको समीक्षा चन्द्रबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा कृतिका सर्जक सुरेशकुमार पाण्डेयले कृति रचनाका बारेमा अनुभव सुनाएका थिए । उनले कृति बिक्रीबाट संकलित रकम सामाजिक काममा लगाउने बताए ।

१०८ पृष्ठ रहेको जेईको सम्झना लघुकथा सङ्ग्रहमा ५४ वटा लघुकथा समावेश गरिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, मनोविज्ञान, सांस्कृतिक, रोजगारका पक्षलाई लघुकथाले उजागर गरेको समीक्षकको भनाई छ । उनले कथा, कथा विधा, यसका आयामलगायत विषयमा चर्चा गरेका थिए ।

सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरू सच्युतराज उप्रेती, गणेश विषम, नारायण नेपाल, यज्ञबहादुर डाँगी साहित्यकारहरूमा हरिप्रसाद पौडेल स्वणर्शिखा, दामोदर पौडेल, हरिप्रसाद पाण्डे, सुन्दर गौतम, शरद गौतम, एकराज शर्मा, गोपाल भुसाल, नरेशजंग राणा, महेश कुमार न्यौपाने, खेमराज गाउँले, धनसिंह गिरी,  दिलीप डाँगी, शारदा शर्मा, कुलबहादुर ओली, वसन्त अनुभव, रिमा गौतम, देवेन्द्र रिजाल, कृति डिसी, नारद भण्डारी, नवराज देवकोटालगायत साहित्य अनुरागीहरूको मनग्य उपस्थिति थियो ।


....साथ सहयोगको खाँचो

Saturday, November 9, 2024

लघुकथा समाचार

 

रमेश खनालको
लघुकथासङ्ग्रह प्रकाशित


रमेश खनाल साहित्य, कला र खेलकुद क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्छ । अब उहाँ लघुकथाकारका रूपमा पनि नेपाली साहित्यमा उदाउनु भएको छ । रमेश खनालको ॅयुद्धमा बिलाएको सपना’ शीर्षकको लघुकथासङ्ग्रह प्रकाशित भएको छ । सङ्ग्रहमा ३१ वटा लघुकथाहरू समेटिएका छन् ।

‘अरूपण नेशनल रिसर्च सेन्टर, नेपाल’बाट प्रकाशित सङ्ग्रहमा युद्धका विविध सन्दर्भहरूलाई लघुकथाको रूपमा अभिव्यक्त गरिएको छ । लामो समय खेलकुद परिषद्मा व्यतीत गर्नुभएका खनाल नेपाली साहित्य तथा कलाक्षेत्रमा समेत परिचित हुनुहुन्छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा परिषद सदस्यको कार्यकाल बिताइसक्नुभएका उहाँले ‘अरूपण आर्ट ग्यालरी’ समेत स्थापना गर्नुभएको छ ।

यसअघि उहाँका एकमुठी माटो, इन्दिराको भ्यागुता र स्टिना नामक तीनवटा कथासङ्ग्रह प्रकाशित छन् । त्यसैगरी, म घाममा पानी पानी हुन्छु, तेस्रो झर्को घाम लाग्यो, पानी पर्यो, उपेक्षित पक्षहरूसँग जीवनको एक सम्झौता गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् ।

यसबाहेक कलासम्बन्धी उहाँले लेख्नुभएका कृतिहरूमा कला मन्थन, विश्वप्रसिद्ध कला र कलाकार, नेपालका प्रसिद्ध कलाकार, चन्द्रमानसिंह मास्के, विश्व प्रसिद्ध कला र कलाकार, कला श्रष्टा, विश्वप्रसिद्ध कलाकार माइकल एन्जेलसँग साक्षात्कार, विश्वप्रसिद्ध ग्यालरीभित्र फन्को मार्दा, कलाचिन्तन कला संस्मरण, विश्वप्रसिद्ध महान कलाकार भ्यानगग, अमूर्तकला, कलाका योद्धा मास्टर जीवरत्न शाक्य आदि कलासम्बन्धी उहाँका प्रकाशित कृतिहरू हुन् ।


...साथ सहयोगको खाँचो

Monday, September 23, 2024

लघुकथा समाचार

 

फोटोः ध्रुवराज थापा

बृहत् लघुकथा कृति लोकार्पण


लघुकथाका क्षेत्रमा कलम चलाउने २५ जना लघुकथाकारको एकै मन्चबाट लोकार्पण गरिएको छ । ३ भदौमा साहित्यकार अम्बिका धिताललगायतका २४ लघुकथा कृति १ लघुकथा समालोचना गरी २५ कृतिको एकैसाथ लोकार्पण गरिएको हो ।

लघुकथाकार श्रीओम श्रेष्ठ रोदन, खेमराज पोखरेल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कल्याण पन्तलगायतले उक्त कृतिको संयुक्त रूपमा बिमोचन गरेका थिए ।

साहित्यकार अम्बिका धितालको जूनको जात्रासहित छविलाल खड्का, खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गंगा खड्का, गोपाल संग्रौला, अन्जु शर्मा, कुमुदप्रसाद शर्मा प्याकुरेल, भाभा शर्मा, निर्मल बराल, विश्वराज अधिकारी, डा. कुसमाकर शर्मा गौतम, तुलसी पण्डित, तेजप्रकाश श्रेष्ठको लघुकथासङ्ग्रहको विमोचन गरिएको हो ।

यस्तै रन्जु खनाल, शुक्रराज कुँवर, हिरण्यकुमारी पाठक, रमेन्द्र कोइराला, नवराज शर्मा, डा. हरिप्रसाद भण्डारी, रोशन पराजुली, पीपी कोइराला र सुनिता निरौला पौडेलका लघुकथा कृति लोकार्पण गरिएको हो । यसैगरी प्राडा कपिल लामिछानेको लघुकथा समालोचना गरिएको थियो । कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले लघुकथाको मानक सिद्धान्त, लघुकथाको अवस्थाबारे आफ्नो भनाइ व्यक्त गरेका थिए । विशिष्ट अतिथि लेकालीले तीसको दशकमा लघुकथाको अवस्था, लघुकथाले पाएको विधागत मान्यता लगायतका कुरा बताए ।

लघुकथाकार खेमराज पोखरेलको अध्यक्षतामा भएको कृतिहरूको लोकार्पण कार्यक्रममा नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त विशिष्ट अतिथि थिए ।

बृहत् लघुकथा कृति लोकार्पण समूहले आयोजना गरेको कार्यक्रममा लघुकथाकार पोखरेलको जन्मदिन समेत मनाइएको थियो । स्वागत मन्तव्य साहित्यकार रमेन्द्र कोइरालाले गरेको कार्यक्रमको सहजीकरण ममता मृदुलले गरेकी थिइन् ।


...साथ सहयोगको खाँचो

Monday, May 20, 2024

लघुकथा समाचार


आमा लघुकथासङ्ग्रह विमोचित


जिल्लाको भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथासङ्ग्रहको वैशाख २६ का दिन एक कार्यक्रमबिच विमोचन गरिएको छ ।

लेखक ढकालकै जन्मस्थान भानु नपा ४ ठाँटीको चौर कालिका बाल उद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मीकुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नुभयो । 

त्रिसठ्ठी लघुकथा समेटिएको सो लघुकथासङ्ग्रहका कथाहरूको साहित्यकार मेदिनी शर्मा चुँदेलीले विवेचना गर्नुभयो । उहाँले शहरको तडकभडकमा नपरी आफ्नै गाउँमा कृतिको  विमोचन गराएकोमा  कथाकारलाई धन्यवाद दिनुभयो ।  पदम कार्की, भरत अधिकारी, जयहरि ढकाल, हर्कबहादुर थापा, शिक्षक अमृतप्रसाद मिश्र, पार्वती खनाल, ऋषिराम पन्तलगायतले कृतिको समीक्षाका साथ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

कृतिकार ढकालले आफ्नो लघुकथा लेखनको अनुभवका साथै अथितिलगायत उपस्थितहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । मातातीर्थ औँसीको दिनमा सम्पूणर् आमाहरूको सम्मानस्वरूप आफ्नो आमा लघुकथासङ्ग्रह सार्वजनिक गर्न पाएकोमा गौरवको अनुभूति भएको बताउनुभयो । 

डा. भट्टले नेपाली लघुकथाका प्रवृत्तिहरूको चर्चा गर्दै ढकालका कथामा अहिलेको युग बोल्नुका साथ समाजमा व्याप्त विकृति बिसङ्गतिहरूमाथि कडा प्रहार गरिएको बताउनुभयो । स्थानीय साहित्यकार तथा ज्येष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिवशङ्कर पौडेल तथा स्वागत प्रकाशक शान्ता ढकालले गर्नुभएको थियो ।


....साथ सहयोगको खाँचो

Tuesday, December 5, 2023

लघुकथा समाचार

नआलमको प्रथम साधारणसभा सम्पन्न
दुई दर्जन बढी सर्जक/पाठक सम्मानित

 – वसन्त अनुभव

चितवनको राप्ती नगरपालिकाको डडुवास्थित जुमेरा होटेल एण्ड लजमा स्रष्टा सम्मान, लघुकथा वाचन, सांस्कृतिक प्रदर्शनी तथा संस्थाको प्रथम साधारणसभा भव्यरूपमा सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्च (नआलम)को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामाले गर्नुभएको थियोे ।

कार्यक्रममा लघुकथाको क्षेत्रमा विशिष्ट योगदान पु-याउनुहुने दुई दर्जन हुने वरिष्ठ समालोचकहरू डा. विदुर चालिसे, डा. शंकरप्रसाद गैरे र लक्ष्मण अर्याललाई लघुकथाश्री समालोचक सम्मान २०८०’ बाट सम्मान गरिएको थियो । त्यस्तै वरिष्ठ साहित्यकार डा. शेखरकुमार श्रेष्ठलाई लघुकथा कृति ’बोकाको खुसी’को लागि ’लघुकथालय पुरस्कार– २०८०“ बाट सम्मान गरिएको थियोे ।

लघुकथाको क्षेत्रमा विशिष्ट योगदान दिनुहुने युवा लघुकथाकारद्वय वसन्त अनुभव र ज्यो. नानी बिवुलाई ’हेमलता स्मृति लघुकथा सम्मान २०७९’ बाट सम्मान गरिएको थियोे । त्यस्तै युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ’पुष्प’लाई ’हेमलता स्मृति लघुकथा सम्मान–२०८०’ बाट सम्मान गरिएको थियो ।

सो अवसरमा सालभरिमा सबैभन्दा बढी गुणात्मक लघुकथा लेख्ने लघुकथाका सर्जकहरूलाई ’वर्ष लघुकथाकार–२०७९ र ८०’ बाट सम्मान प्रदान गरिएको थियो । २०७९ मा प्रथम हुने डा. विदुर चालिसे, द्वितीय– गंगा खड्का र तृतीय– तुलसी पण्डितलाई सम्मान गरिएको थियो । त्यस्तै २०८० मा प्रथम हुने अरुणबहादुर खत्री ’नदी’, द्वितीय– डा. विदुर चालिसे र तृतीय– धनराज गिरीलाई सम्मान गरिएको थियो ।

लघुकथा समाचार

‘अक्षर’ विमोचन
साहित्यकार सनत सापकोटाको लघुकथासङ्ग्रह ‘अक्षर’को विमोचन भएको छ । बाँसगढी नगरपालिकाका शताब्दीपुरुष नन्दलाल पौडेलले अक्षर लघुकथाको विमोचन गर्दै साहित्यप्रति जनमानसमा बढ्दै गएको रुचि सराहनीय रहेको बताउनुभयो ।

कृतिकार सनत सापकोटाले सय वर्ष पुग्नुभएका पौडेलबाट कृति विमोचन गराउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । धरा भाषा साहित्य कला प्रतिष्ठान बाँसगढी बर्दियाका अध्यक्ष ईश्वरीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यव्रmममा प्राज्ञसभा सदस्यद्वय महानन्द ढकाल र  शशिराम कार्की, खजुरा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, बाँसगढी उद्योग व्यापार सङ्घका अध्यक्ष बद्री बराल, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभागका सदस्य मणि अर्याल र साहित्यकार सागर गैरेले कृतिबारे आआफ्ना धारणा राख्नुभएको थियो । कृतिको समीक्षा युवा साहित्यकार पुष्कर रिजालले गर्नुभएको थियो ।

कथाकार नवीन अभिलाषीले कृतिमाथि पाठकीय दृष्टिकोण राख्नुभएको थियो ।

Thursday, November 30, 2023

समाचार

लघुकथा लेखन तथा वाचन अभिमुखिकरण कार्यक्रम सम्पन्न
– वसन्त अनुभव

चितवनको एक विद्यालयमा लघुकथा लेखन तथा वाचन सम्बन्धि अभिमुखीकरण कार्यक्रम भाद्र २५ गते सम्पन्न भएको छ । सैनिक आवासीय महाविद्यालय, खैरहनी–३, चैनपुरमा आयोजित उक्त कार्यक्रमको आयोजना नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको हो ।

मञ्चको "सामाजिक सञ्जालबाट समाजतिर" कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा निरन्तर कार्यक्रम गर्दै आएको मञ्चले यसपटक उक्त विद्यालयमा लघुकथा लेखन एवम् वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियोे ।

उक्त कार्यक्रममा सैनिक आवासीय महाविद्यालयका छात्रछात्राहरूको उल्लेख्य सहभागिता रहेको थियोे भने कार्यक्रममा प्रशिक्षण मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ’कृष्णजी शर्मा’ले गर्नुभएको थियोे ।

कार्यक्रममा मञ्चद्वारा प्रकाशित बाल र बा विषयक लघुकथा सङ्ग्रहहरूबाट सुन्दर लघुकथाहरू वाचन गरिएको थियो । विद्यालयका करिब १३ जना विद्यार्थीहरूले लघुकथा मिठो वाचन गरेका थिए ।   

समाचार

सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ सार्वजनिक

साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’को विमोचन गरिएको छ । काठमाडौँको अनामनगरमा आयोजित एक विशेष समारोहका बीच सो लघुकथासङ्ग्रहको विमोचन गरिएको हो ।

स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको अध्यक्षता र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । ७८ वर्षीय लघुकथाकार लम्सालको जन्मदिनको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको थियो ।