Showing posts with label प्रेम नेउपाने प्रहर. Show all posts
Showing posts with label प्रेम नेउपाने प्रहर. Show all posts

Friday, January 24, 2025

लघुकथा (अङ्क २० मा प्रकाशित)


"आ
इय्या ! हँ हँ ! मरें ! मरें ! उफ्फ ! आइय्या ! हँ हँ !’’
“बुढा, के भो, झन सारो पार्‍यो क्या हो ?’’
“हँ हँ ! खै बुढी, के भन्नु । सहनै नसक्ने गरी दुख्दैछ । आइय्या !’’
“उता फर्किने हो बुढा ?’’

“अब कतै फर्कन्न बुढी । अब सिधै उकालो फर्कने बेला भए जस्तो छ । आइ®या ! हँ हँ ! आँखा अघि ऽऽऽ सबै ऽऽ कालो भएर आयो । अब म बाँच्दिन होला बुढी ।

यत्रो घरबार केटाकेटी कसरी थाम्छेस् कोनी । ल है तेरै जिम्मा अब । मेरो अब यात्रा यहीँसम्म रहेछ ।’’

“छिःछिः छिः बुढा, यस्तो हरेश कुरा नगरन । विश्वयुद्ध र कारगिल युद्धमा तिमी विजय भएर आउने वीर सिपाही पो त । पोहोर झन् छाती मै गोली लाग्या होइन? खोई बाँच्यौ त । अहिले नाथे माथिला घरेले जाबो छुरा पिठ्यूँमा हान्दा के अलसतलस परिराको । माथिला घरेलाई उसका गल्ती देखाउनै छ । तिमी उठ्नुपर्छ फेरी पोहोरको जस्तै ।’’ 

“हँ हँ ! आइय्या…… । हेर बुढी, सिमाना पारीबाट दुस्मनले हानेको गोली छाती मै लाग्दा पनि सहन सकिन्छ तर सिमाना वारीबाट आफन्तले हानेको ढुङ्गा पनि पिठ्यूँमा लागे सहन धेरै गाह्रो हुँदोरहेछ बुढी, यति कुरा बुझिराखेस् । हँ हँ ! आइय्या !

- रुम्तेक सिक्किम

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

प्रमाण

- प्रेम नेउपाने प्रहर
रुम्तेक सिक्किम   



"हैन कहाँ चैं गयो होला त ?" बारुलीले दुखेसो पोखी ।

“न खबर गर्छ न फोन गर्छ । यता उता सबैतिर सोधी सकेँ । केही पत्तो लागेन ।’’ भुसुनेले पनि मन गह्रौं बनाउँदै भन्यो ।

“होइन हौ बाउ चाहीँ माथि कान्छा ज्योतिषलाई एकपल्ट हेराई माग्ने की ?’’ बारुलीको सुझाव आयो ।

“गा’को थिएँ हिजो । खोला तरी सक्यो अरे ! खोलावारी नै भए यो दिशा त्यो दिशा भन्न सक्थे अरे ! खोला पारी उनको जोखानाले भेट्दैन अरे !’’

भुसुनेले आशाको दियो निभाइदियो । 

बूढाबूढी छोरो झुसेलाई सम्झेर एकापसमा विलाप गरिरहेथे तल्लाघरे साने कान्छा टुप्लुक्क आइपुगे । 

केही पत्तो लाग्यो त दाइ झुसेको ?

“छैन कान्छा छैन’’ बारुलीले भक्कानो छोड्दै भनी ।

साने पनि आत्तियो । अचानक सानेकान्छाकी छोरी हातमा मोबाइल बोकेर आइपुगी । 

ए बाबा, यी झुसे दाइले फेसबुकमा अहिले भर्खर फोटो हालेछन् । “आजदेखि जागिर सुरु’’ भनेर लेख्या छन् । तर ठाउँको नाम चैं छैन ।

बारुली, भुसुने र साने कान्छाले लामो सास ताने । 

“ए धन्न जिउँदै रहेको प्रमाण चैं पाइयो ।’’

साने कान्छाले सहानुभूति देखाउँदै बाउ छोरी घरतिर लागे ।


‍......साथ सहयोगको खाँचो