Showing posts with label विष्णुप्रसाद पौडेल 'अपरिचित'. Show all posts
Showing posts with label विष्णुप्रसाद पौडेल 'अपरिचित'. Show all posts

Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

कर्तव्यबोध

विष्णुप्रसाद पौडेल 'अपरिचित' 



"काका नमस्कार । कार्यक्रममा हाम्रो भेट होला नि ?"

खै के भनौँ, बाबाकै कारणले म छुट्टिएर बस्न बाध्य भएको थिएँ कारण जनजाति विवाह थिएन । सङ्घर्षले कुँदेका आख्यानमा भाइबहिनीसँग टाढिनु पर्ने उपकथाहरू जन्मिँदै गर्दा हामी नजिक भए पनि समयले हाम्रो सम्बन्ध टाढा टाढा बनाउँदै लग्यो; आँखासामु भएर पनि सात समुद्रपारि हुँदाजस्तो हाम्रो सम्बन्ध । घर बाटा वारिपारि भए पनि पानी बाराबार ! न त भाइ मिल्यो, न त म नै मिल्न सकेँ । अरुको त घर 'पोथी बास्दा' भत्किन्छ भन्ने सुन्दै आएका मेरा कणर् जिल्ल थिए । समाजमा भाले बासेर भताभुङ्ग भएको दरबारको ज्वलन्त दृष्टान्त मेरो सामु ठिङ्ग बुँख्याचा उभिएझैं उभिएको थियो । जुटाउने अनेकन कार्य गर्न मनले कहिलै छाडेन तर गर्भाशयबाट अबोध शिशु निकालेर फ्यालेझैं घर विचारले कहिलै जुट्न सकेन । आ-आफ्नै दिनचर्याले भागदौडको जीवनलाई घिसार्नु रहर थियो या वाध्यता ! मिलाउन सकिन । आफन्तले बलेको अग्निमा घ्यू थप्थे वा मिलुन् भन्ने शुभेक्षा प्रकट गरिरहेकै हुन्थे तर हाम्रो गति भने उस्तै थियो ।

मूल एउटै; शाखा दुई, व्यवहार उदेक उदेक । बुढाको नाति, कान्छाको छोरो कान्छोको उपनयन संस्कार । जोरीपारिका सबैको उपस्थिति बार्दलीमा नियाल्दै गरेका मेरा अबोध नयन र पूणर् जलाशय ! आडम्बरीका लागि कर्तव्यविहीन् म र मेरो परिवारका सदस्यहरूको खट्किएको उपस्थिति अनि हाम्रो तेह्र दिने सहोदर नाता ! मेरा वाक्य सुनेर भतिजाले फोन थपक्क राख्यो ।


...साथ सहयोगको खाँचो