Showing posts with label डा. विदुर चालिसे. Show all posts
Showing posts with label डा. विदुर चालिसे. Show all posts

Sunday, November 26, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

कोठावाल

-डा. विदुर चालिसे
काठमाडौँ   


"तपाईंले नटेरेको ?"
"टेरेको छु नि सर !"
"भोलिदेखि छिटो छिटो है !"
"हुन्छ, हस्, हजुर !"


आसमायाको दिमाग चक्करायो । उनको दैनिकीले बेलाबेला समस्या पार्न थाल्यो । मनमनै उनी बलरामसँग सतर्क रहन थालिन् । आसमायालाई वाध्यता थियो । मुसुक्क नहाँसे कोठाको समस्याको काम हुँदैन थियो । ढिला भएकोमा खिसिक्क परिन् । बलरामतिर फर्केर फर्याकफुरूक गरिन् । बलरामको आँखा सुस्ताए । उनी निस्ताइन् । हातमा भएको कलमलाई मुखमा राखेर सोचिरहिन् । उनको मनबाट अकस्मात उठेको प्रणय भाव थियो । सुकोमल लयमा भनिन् ।

"भोलि बिदा हो सर ?"
बलरामले पात्रोलाई हेरे । पात्रोको दिनगन्तिहरू हराउँदै गए । अड्डामा नायकत्व प्राप्त बलरामलाई लाग्यो । "पात्रोको दिन भनेको महिनावारी हो !" उनले महिनावारी यसपाली नहुने कुरा सम्झे । आसमायालाई महिनावारीको आपतलाई बुझाए । "भोलिको विदा कट्टा गरी दिएको छु !"
"किन सर ?"
"कोठावालहरूमा कहिल्यै इमान हुँदैन !"
"मतलब ?"
"तलबको मात्रै आस गर्छन् !"

असरल्ल फाइलमा अल्झिएको कामको चापमा बलरामलाई भित्रबाटै आदेश आइरहेको थियो । यसपालीको महिनामा पनि उच्च क्षमताको हाजिरी जनाउने मेसिनका कोठाहरू खाली थिए । कोठावाल महिनावारी रोकिएर भड्किरहेकी थिइन् । अन्तिम निश्वासमा उनको स्वर निस्क्यो ।
"मन्दीको चाप !"

उनले बाटोमा विरहका साथ हिंड्दै गर्दा बाटोभरि लेखेको देखिन ।
"पानी प-यो छाता थिएन, छाता थियो ओढाउने थिएन !"

Monday, November 20, 2023

अन्तर्वार्ता (अङ्क ३ मा प्रकाशित)

 


 

 

 

 

 

 *****************

लेखक परिचय

बुबा हेमनाथ तथा आमा ओमकुमारी चालिसेको पुत्ररत्नका रुपमा डा. विदुर चालिसेको जन्म वि.सं. २०१६ कार्तिक १५ का दिन गोकर्णेंश्वर नगरपालिका –९ आरुबारी, काठमाडौंमा भएको हो ।

नेपाली विषयमा स्नातकोत्तर तथा अभिलेखकालीन नेपाली भाषा विषयमा विद्यावारिधि गर्नु भएका डा. चालिसेको २०४५ सालमा मिर्मिरे पत्रिकामा "रवि" शीर्षकको लघुकथा पहिलो पटक प्रकाशित भएको थियो । उहाँका लघुकथासँग सम्बन्धित कृतिहरुः रातो चामल (२०७६), जलान (२०७७), लघुकथालय (२०७९), लघुकथाकल्प (२०८०),  अनुवाद लघुकथा ः Pseudo (2022), Holocaust (2022), 

Kuthungri (2022), Conflict (2022) आदि कृति प्रकाशित छन् भने अन्य विधागत कृतिहरु ः कवितासङ्ग्रह – ८ वटा, भाषा व्याकरण– ४ वटा, समालोचना– १ वटा प्रकाशित भइसकेका छन् । साहित्यिक योगदान बापत विभिन्न प्रतिष्ठित पुरस्कार र सम्मानहरु पाउनु भएको छ । प्रस्तुत छ उहाँसँग लघुकथामा केन्द्रित रहेर गोमविक्रम ज्यूले गर्नु भएको कुराकानी यसप्रकार छः 

                            *****************