Showing posts with label सुस्मिता अधिकारी. Show all posts
Showing posts with label सुस्मिता अधिकारी. Show all posts

Tuesday, April 29, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


यमलोकमा एक युरोपिएन मृत आत्मा आफू स्वर्ग जाने कुरामा ढुक्क थिए । तर आफूलाई कतै पनि नपठाइएकोले उनले असन्तुष्टि जनाए,  "न्याय त पारदर्शी हुनुपर्ने, मैले स्वर्ग जाने काम गरेको थिएँ ।’’

यमदूत, ’’के के गर्‍यौ ? यहाँको खातामा त कुनै पुण्यको कार्य देखिएन ।’’

आत्मा,  "म लगायत मेरा धेरै साथीहरूले आफ्नो खर्च कटौती गरेर नेपालका गरिब जनताको आर्थिक अवस्था सुधार्न ठूलो धनराशी पठाएका थियौं ।’’

यमदूत,  "धनराशीले गरिबको के सेवा गर्‍यो र ?

आत्मा,  "शुद्ध खानेपानी, बाटो, अस्पताल, विद्यालय बनाइदियौं । अहिले उनीहरुको आर्थिक अवस्था फेरिएको छ ।’’

यमदूतले हेर उनीहरूलाई भनी पृथ्वीमा उक्त आत्माले विकास गरेको भनेको स्थल दृश्यावलोकन गराइदिए ।

उहीं तिस वर्ष अघिकै अवस्थाका घर, त्यहाँका बासिन्दाको शरीरमा फाटेका लुगा, अशुद्ध खानेपानी, न बाटो, डाक्टर बिनाका नाम मात्र टाँसिएका स्वास्थचौकी ।

आत्मा झस्किंदै प्रश्न गर्छ,  "अनुदान लिने संगठनले हामीलाई अमूल्य सहयोगको लागि आभार प्रकट गर्दै उनीहरूको सुधारिएको अवस्थाको फोटो पठाएका थिए त्यो कहाँको थियो ?"

यमदूत,  "जो जति सम्पन्न भएपनि पटक पटक गरिबको नाममा आएको सहयोगको हरण गर्थे उनैले ।’’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, March 2, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


उ शान्त थियो । सजीव र प्रकृति विचको सम्बन्ध प्रकृति चक्र अनुसार नै चलोस् भन्ने चाहन्थ्यो । त्यहाँ जानाजान कुनै जीवलाई हानी पुर्‍याइन्नथ्यो । विश्व शान्ति नै एक अन्तिम सत्य हो भनी स्वीकारेको राज्यको दिन दुई गुणा रात चार गुणा बढोत्तरीमा थियो । रमणीय वातवरणमा मानव लगायत सम्पूर्ण जीवजन्तु खुशी देखिन्थे ।

अचानक कोलाहल मच्चियो । उब्जाउ भूमि तहस नहस पारियो ।

वन जङ्गलमा डढेलो लगाइयो । निहत्था मानिस लगायत जन्तुमा घात प्रहार भयो ।

यता सबैं घटनाका साक्षी स्वयम्भूका आँखा पूरै रसाएका थिए । उता विकासको चरम सीमा हासिल गर्न सक्षम राज्य बुद्ध भूमि आफ्नो देशमा गाभ्न सकेकोमा गर्वका साथ उत्सव मनाउँदै थियो ।

 - काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

ब्याट्री

- सुस्मिता अधिकारी
लैनचौर, काठमाडौँ   



द्रुत गतिका सातवटा यान एक्कासी आकाशतिर हुँइकिए । प्रविधि विकासको सिमा नै रहेन । प्रतिनिधिहरू आफ्ना अति नै विश्वासी पात्र यान्त्रिक मानवलाई साथमा लिएर जी–सेभेनको बैठकमा सामेल हुन स्पेश स्टेशनमा जाँदै थिए । संसारभरिका सञ्चार माध्यममा मुख्य समाचार बन्न पुग्यो ।

चरम घृणाको उत्कर्षबाट विश्वयुद्ध तर्फ मोडिदै गरेको सन्दर्भमा छलफल गरिंदै थियो । आ–आफ्ना पक्षधरले गरेका कार्य नै श्रेष्ठ भनी अडिग रहँदा अविश्वासको पहाड नै चुलियो ।

एकाएक सन्नाटा छायो । सन्नाटा बीच सहयोगीलाई बोकी ल्याएको ब्रिफकेसको बटन थिच्न निर्देशन दिए ।

तल पृथ्वीमा साइरनको आवाजसँगै कोलाहल मच्चिन थाल्यो । प्रत्यक्ष प्रसारण देखेर बैठक सहभागीहरुले आत्तिदै थिचिएको बटनलाई निष्क्रिय पार्न निर्देशन दिए । सहयोगीहरुले कुनै प्रतिक्रिया जनाएनन् । केवल एकोहोरो ब्याट्री ब्याट्री भन्दै कराइरहेका थिए ।


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, November 9, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

अघोषित कैद

- सुस्मिता अधिकारी
काठमाडौँ    


औँसीको रात थियो । नगरबासीहरु मस्त निन्द्रामा थिए । कहीँ कतै साइसुइ थिएन । उपत्यकाभरिका देवीदेवताहरु आफ्ना बाहनमा सवार हुँदै अगाडि बढिरहेका थिए । जीवित देवीलाई अप्ठ्यारै पर्‍यो । प्रमुख अतिथिको निम्तो अस्वीकार गर्न पनि भएन । आफ्नो रथलाई कुमारी घरमै छोडी कोमल पाउमा कष्ट सहँदै सभास्थलमा पुग्नुभयो ।

एक्कासी चाँदीका चारैवटा ढोका खुले । देवाधिदेवलाई आसन ग्रहणको लागि प्राङ्गणमा आव्हान भयो तर आउनुभएन । सबैले अनुनय विनय गरे । ढोकाभित्रबाट आवाज आयो,  "सबैलाई त उस्तै देखें । कालभैरव ! आज तिमी चङ्गा भएको पाए । केही विशेष थियो की ?’’

देवीले भन्नुभयो,  "मानिसहरुलाई घर्म संस्कृति र आस्थामा मौलिकताको अनिवार्यताको ज्ञान भएको आभाष पाएँ । हामीलाई केही खुसी महसुुस भएको जानकारी गराउन यहाँ आएका ।’’

कालभैरव, "हो महादेव ! मन्दिरको सरसफाईले उकुस मुकुसबाट केही राहत मिलेको अनुभव गर्‍यौ । बाटो बिराएकाहरुले मेरो पुरानै स्वरूप कायम गरिदिने रे ! यसै खुसीमा यो लड्डु सबैमा बाँडौ भनेर आएको ।”

महादेव,  "ल बधाई छ, म कसरी बाहिर आउँ ? भित्रै ल्याईदेउ । सबैले सद्धबुद्धि देऊ । मलाई कैदबाट मुक्त गरिदिन ।”


..‍.साथ सहयोगको खाँचो

Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

सर्कस

- सुस्मिता अधिकारी
काठमाडौँ     



मेला लागिरहेको थियो । व्यापारीहरु खानाका परिकार र लत्ता कपडा बेचिरहेका थिए । रोटे पिङ्गमा मानिसहरु रमाइरहेका थिए । साझेदारी खेल पनि चलाइएको थियो ।

अरुसँगै हामी पनि टिकट काटी भित्र गयौं । नाइके बनाइएको शहरी करणमा अभ्यस्त भइसकेको वन बिरालोले वृद्ध बाघ र धूर्त ब्वाँसोलाई नचाइरहेको थियो । ब्वाँसोेले मौका मिलाई स्यालसँग साँठगाँठ गर्‍यो ।

नचाउने पालोको लागि ब्वाँसोे र बाघले जति प्रयास गरेतापनि असफलै थिए । बिरालो कहिले बाघतिर त कहिले ब्वाँसोतिर मेलमिलाप गर्न खप्पिस थियो ।

सिको गर्दै भर्खरै प्रवेश गरेको स्यालले पनि र्‍याल काढ्दा आफ्नो धरातलै खुट्टयाउन सकेको थिएन । त्यत्तिकैमा सर्कस समाप्त भयो ।

बाहिरिदै गरेका दर्शकलाई आयोजकले प्रश्न सोध्दै थिए, ”कस्तो लाग्यो ?”

उत्तर आयो, ”हाम्रो यत्रो पैसा खेर गयो । हामीलाई ठग्ने ? यस्तो त हामीले दिन दिनै टेलिभिजनमा देखिराखेका थियौ ।”


 .....साथ सहयोगको खाँचो

Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

घार

- सुस्मिता अधिकारी
काठमाडौँ    



वर्षौको संघर्ष पश्चात ठूलै पुस्तक लेखियो । तामझामसहित विश्वकै उत्कृष्ट भन्दै किताबको विमोचन पनि गरियो ।

समृद्धिको लागि सतहत्तरै ठाउँमा दुई सय पचहत्तर वटा किसानका समूह गठन भए ।

सम्मेलनमा सहभागी हुँदै संघ-संस्थाबाट तालिम पनि पाए । रैथाने जातले हुँदैन भन्दै बढी भुन भुनाउने फुर्तिलो पाल्न सुझाव दिइयो । सोही अनुसार किसानले पालेर हुर्काए ।

जिल्ल पर्दै गीत गुन्गुनाउन बाध्य भए,  "उडायो  सपना सबै हुरीले "

पसिना खेर गयो । समय पनि नास भयो । मह बेचेर कमाउला भनेको त बारुला पो परेछन् ।


...साथ सहयोगको खाँचो