Friday, August 30, 2024

नम्रता 'निराश्रित'का दुई कविता

 

 

हतार

हतार छ पढाई रोकिएकालाई खाडी जान, कोरिया जान पढ्दै गरेकालाई अष्ट्रेलिया जान अमेरिका जान पढाई सकेकालाई स्वदेश छोड्न पढ्न नसकेकालाई भारतमा पसिना बगाउन लालाबालाको भाग्य बनाउन आमाको मनमा खुसी ल्याउन बुबाको हाँसोमा रङ्ग मिसाउन उमेर कटेपछि फुर्सदमा रमाउन हतार छ हतार छ यहाँ बेरोजगारले शिथिल देशमा भ्रष्टाचारले गाँजेको ठाउँमा ठेकेदारले ठगेको स्थानमा प्रशासनले छलेको भागमा व्यापारीले हेपेको बजारमा हतारले नै गर्दा आकुल व्याकुल छन् जनता हायल कायल छन् जनता रोगी र भोका छन् जनता नाङ्गा र अनपढ छन् जनता हतारमै कुदिरहेछन् नेता चर्को भाषण लगाउँदै देशको स्वाभिमान नङ्ग्याउन अस्तित्व तिलान्जली दिन शाहसको समर्पण गर्न बहादुरीको पुच्छर लुकाउन अघि बढिरहेछन् दुष्ट प्रभुलाई आफ्नो माटो बुझाउन यहाँ छन्, दिन ढलेकाहरू उमेर सकिएकाहरू बुढ्यौली लागेकाहरू कम्मर कसेर कुद्न आँटेका छन् छोरी भेट्न अमेरिका छोरो खोज्न अष्ट्रेलिया ज्वाइँ रोज्न बेलायत बुहारी छान्न युरोप चटारो छ सबैलाई देशको नागरिकता त्याग्न विदेशी राहदानी लिन परदेशी दुलाहा स्वदेशी दुलही स्वदेशी दुलही परदेशी दुलाहा हतारमै बन्न मान्छे चिन्नु पर्दैन स्वभाव जान्नु पर्दैन बानी सोध्नु पर्दैन योग्यता जाँच्नु पर्दैन घराना खोज्नु पर्दैन कुल कता छ थाहा छैन छोरी दिन पाए हुन्छ बुहारी बनाउन पाए हुन्छ जीवन खुसी बनोस् या नबनोस् माया अब्बल बनोस् या नबनोस् परिवारमा मेल होस् या नहोस् मन खुसी रहोस् या नरहोस् दिनदु:खी बने पनि बनोस् इतिहास रोगी देखिए पनि देखियोस् हतार छ सबैलाई विदेशिन परदेशी पाहुना बनेन विदेशी बन्न स्वदेश बिर्सन माटो भुल्न हतार छ सबैलाई हतार ... ।

******************
 
तिम्रै हुँ

औँसीको तारा बने पनि साँझको जून भने पनि बिहानीको किरण देखे पनि रातको सपनीमा भए पनि म तिम्रै हुँ दिलले नमाने पनि तिम्रै हुँ आफ्नो नठाने पनि तिम्रै हुँ खुल्छु टल्किएको हिमालझैँ अडिन्छु दिग्गज पर्खालझैँ भाग्छु ईन्द्रेणीको रेखाझैँ लुक्छु सागरको मोतीझैँ तिम्रै मायामा तिम्रै छायाँमा मन जलाएर बस्दिन पोख्छु बह तिम्रै काखमा आँसु झारि राख्दिन लुकाउँछु मायाकै पोल्टामा रिस देखाउन जान्दिन छुपाउँछु प्यारको मझेरीमा दिनको उज्यालोसँग एक्लो साँझको अँधेरीमा खोलोझैँ बग्ने मन छ तलाउझैँ जमेको यौवन छ छहरोझैँ रहेको प्यास छ मुहानझैँ स्थीर जीवनमा तिम्रै बन्ने आश छ कतै माया लुकाउँदिन विश्वासको शीर झुकाउँदिन दिनेछु तिमीलाई मन खोलेर खुसीमा प्रेमको अमृत घोलेर सम्मानको बन्धन बाँधेर साइनोको गाँठो कसेर रहनेछु म सधैँ प्यारको भेल बाढी सहनेछु म सधैँ अनि तिम्रै हुँ भन्नेछु म सधैँ लोकले मानुन् या नमानुन् म तिम्रै हुँ सधैँ म भन्ने गर्छु तिम्रै हुँ सधैँ ।
 ******************
 
 ...साथ सहयोगको खाँचो


No comments:

Post a Comment