Wednesday, November 29, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

आरोप

-दिपेन्द्र आचार्य
इलाम     


“पक्कै पनि त्यही केटाहरुको कुकृत्य हुनुपर्छ यो’’ भीडबाट एक जना महिलाले भनिन् । गाउँ नजिकैको जङ्गलमा गाउँलेहरुको भीड छ । प्रहरी अनुसन्धान गरिरहेकोछ । कक्षा नौ पढ्ने एउटी नाबालिकको अर्धनग्न शरीर भुइँमा लडिरहेकोछ । गरिब आमाबुबा डाँको छाडेर रोइरहेका छन् । उनीहरुको छिमेकी राजमान पनि रोइरहेकोछ ।


राजमान त्यही गाउँमा गोठालो बसेकोछ । मृत नाबालिक र उसको परिवारसँग नजिकको सम्बन्ध छ राजमानको । रगतको नाता नभए पनि गरिबीको नाता छ ।

“हिजो एक हुल केटाहरु मोटरसाइकलमा आएका थिए । हातमा बियरको बोतल समेत थियो ।’’ भीडबाट अर्को आवाज आयो ।
“हाम्रो सांसदज्यूको छोरा पनि थिए त्यो केटाहरुमध्ये एक’’ –अर्का एकजना बोले भीडबाट ।

नाबालिकको बलात्कार र हत्याको आरोप सत्ताधारी सांसदको छोरालाई लाग्यो । प्रहरीले आफ्नो सम्पूर्ण अनुसन्धान कार्य ग¥यो । अन्तमा अदालतको फैसला आउँदा गाउँले चकित बने । नाबालिकको मृत्युशोकपछि अर्को शोक छायो ।

“ठूलालाई चैन सानालाई ऐन भनेको यही हो’’ भने सबैले । नाबालिकको बलात्कार पछि हत्या गरेको आरोपमा आजीवन कारावास भयो राजमानलाई ।

No comments:

Post a Comment