म सानैदेखि पढ्नमा राम्रो । जीवनमा दोस्रो कहिल्यै भइनँ । सातौं श्रेणी पढ्दाको कुरो यसपालि पनि म फस्ट । मुमाले भनिन्, यसपाली पनि हाम्रो कान्छा फस्ट भएछ । बुवाले सामान्य पिएर आएका थिए । रिजल्ट हेरे तलदेखि माथिसम्म । अनिÞभने, “तँ फस्ट भइस् अरे !”
स्वीकारोक्तिको सामान्य मुण्टो हल्लाएँ ।
बुवा बोल्दै गए, ”तँलाई कसले पढाउनुभयो ?”
– सर गुरुआमाले मेरो सङ्क्षिप्त उत्तर ।
– फेरि प्रश्न, “कसले तयार पारिदिएका नोटस् पढेर तँ फस्ट भइस् ?’’
– सर गुरुआमाले ।
– “अनिÞतैँले पढेका किताब तैँले लेखेको होस् ?”
– बुवाको अमृतवाणी, “अर्काले लेखिदिएका, अर्काले पढाइदिएका किताब, नोटस् पढेर फस्ट भएर कुन ठूलो चट्टान भत्काइस् ? हो’कि होइन ?
– हो बुवा ।
– “जुन दिन आफै लेख्ने आफै पढाउने हुन्छस् त्यही दिन तलाईं बन्दुक किनिदिन्छु बुझिस् ? (सानामा मलाई खेलाउने बन्दुक किन्नु खुब मन पथ्र्यो । तर बुवाले कहिल्यै किनिदिनु भएन) ।
