Thursday, November 30, 2023

समाचार

सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ सार्वजनिक

साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’को विमोचन गरिएको छ । काठमाडौँको अनामनगरमा आयोजित एक विशेष समारोहका बीच सो लघुकथासङ्ग्रहको विमोचन गरिएको हो ।

स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको अध्यक्षता र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । ७८ वर्षीय लघुकथाकार लम्सालको जन्मदिनको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको थियो ।

No comments:

Post a Comment