आशिर्वाद
-निरज कोइराला
इटहरी
काँडाले फूललाई भन्यो, "तिमी कति भाग्यमानी, तिमीलाई सबैले मन्दिरमा लगेर चढाउँछन् ।" फूलले मुसुक्क हाँस्दै भन्यो, "के भाग्यमानी ? तिमी झन् भाग्यमानी ।"
एकछिन गमेर अँध्यारो मुख लगाउँदै काँडाले भन्यो, "म त अभागी हुँ । कसैलाई खुसी पार्न सक्दिन । घोचेर सबैलाई रगताम्मे पारिदिन्छु । तिमी त मन्दिरमा चढाइछौं । दुनियाँलाई आशीर्वाद दिन पाउँछौ ।"
फूलले मुसुक्क हाँसेर भन्यो, "मैले संसारभर सुगन्ध बढाउने क्रममा मलाई निमोठेर कुहाउनेलाई होइन, आशीर्वाद त मलजल गरी रोप्ने हुर्काउने माली र मलाई चुँड्न आउनेलाई घोच्ने तिमीलाई दिन्छु ।"
No comments:
Post a Comment