Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

वृद्धाभत्ता

एकल यात्री
मन्थली–१३ रामेछाप, हालः कङ्गो 


"खै ! साहुनी एक गिलास थप्नु त म भर्खरै पैसा दिहाल्छु नि !" रामले गिलास थाप्दै भन्योे ।

हैन कति धोक्न सकेको जाउँ पुगिसक्यो दिनै पिच्छे पिएको छ । उधारो पनि धेरै भइसक्यो । न काम गर्छाै कसरी पैसा आउँछ । तिमीलाई  दिनै पिच्छे धोक्नलाई साहुनीले गाली गर्दै भनि र रामको हात तान्दै ढोकाबाट बाहिर हुत्याईदिइ ।

राम हुर्रिएर बाटोमा पछारियो । राम त्यहाँबाट वल्लो भित्तो र पल्लो भित्तो गर्दै घरतिर लाग्यो ।

राम घर पुग्यो घरको ढोका ढकढक्यायो आमालाई बोलायो ।
आमा रिसाउँदै, कस्तो कुलङ्गारलाई जन्म दिएछु । सधैं कति दुख्ख दिन सकेको । सधैंभरि कति धोक्न सकेको न कमाई छ न जागिर फतफताउँदै ढोका खोली दिइन् ।

रामभित्र पस्यो र आमालाई भन्यो । आमा खै, ल्याउनु त हिजो झिकेको  वृद्वाभत्ता साउनीको उधारो तिरिदिउँ, रामले भन्यो ।

मेरो वृद्वाभत्ता तँलाई रक्सी पिउन दिएको हो ? भन्दै थिइन । रामले आमालाई भन्यो के भनेको रे ‘‘पैसा झिक्छेउ कि म खुकुरी झिकेर छप्काउ ।’’

No comments:

Post a Comment