Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

ऋण

-भागीरथी श्रेष्ठ 
काठमाडौँ  


कुमारले पैसा खाँचो परेको हुँदा आफ्नो मन मिल्ने साथी रघुसँग एक वर्षको लागि एक लाख रुपैयाँ निव्र्याजी सापट माग्यो । कागजपत्र केही लेख्न दुबै साथीले जरुरत ठानेनन् । एक आपसको विश्वास नै पर्याप्त थियो ।

साथीसँग सम्बन्ध पहिलेेझैँ सुमधुर थियो, भेटघाट पनि बाक्लै थियो । एक वर्षको भाखा हुँदासाथीले पनि पैसा माग्ने कुरा भएन । हरेक दुःखसुखमा साथ दिने दुवै साथीको बीच समझदारी थियो ।

जब समय घस्रिँदै गयो – कुमारले गरेको व्यवसाय फष्टाउन सकेको थिएन – ऋण तिर्ने कुरामा गम्भीर र चिन्ताग्रस्त भइरहेको थियो ऊ । सोच्थ्यो कसरी एक वर्षमा एक लाख जम्मा गरुँ ? साथीले एकपल्ट सङ्केत दिइसकेको थियो । समयमा तिर्न नसके साथीसँगको राम्रो सम्बन्ध छुट्ला भन्ने पनि पीर थियो उसलाई । बोझ हुँदै थियो त्यो ऋण ।

एकदिन साथी रघु अचानक हर्टअट्याक भएर निधन भएको खबर सुन्दा उसको मनमस्तिष्क भरी एक लाख घुम्दै त्यहीं अलप भयो ।        

No comments:

Post a Comment