Wednesday, April 17, 2024

म किन लेख्छु ? (अङ्क ११ मा प्रकाशित)


 - मान्छेले आत्मसन्तुष्टि, शान्ति र सुख प्राप्त गर्न, त्यसलाई साकार बनाउन हरपल चाहन्छ । यी चाहनाहरू प्राप्त गर्ने इच्छा राख्नु उसको मौलिक र नैसर्गिक अधिकार हो भन्ने लाग्छ । कुनै न कुनै असल कर्म र विधाहरूबाट मान्छेले आफूलाई उज्यालोतिर लैजान चाहन्छ । अर्थात् आफूलाई समाजमा उज्यालो व्यक्तित्वको रुपमा पहिचान बनाउने उद्देश्य राख्छ ।


- संसारको सम्पूर्ण कला, साहित्य र पाककला, सिलाइबुनाइ, राजनीति, समाजसेवा, चित्रकथा, नृत्यकला, विज्ञान इत्यादि कुराहरुमा मान्छेको रुचि, अग्रसरता र कर्म मान्छेको आत्मसन्तुष्टिभित्र पर्दछ ।


- मान्छेभित्र परिवार, समाज, राष्ट्रमा आफ्नो पहिचान बनाउने महत्वाकाँक्षाको बीउ गडिएको हुन्छ । मभित्र पनि त्यो महत्वाकाँक्षाको बीउ गहिरो रुपमा रोपिएको थियो । अन्ततः समयको र उमेरको परिवर्तनसँगै त्यो महत्वाकाँक्षाले  संवेदनाको रुप लियो ।


- म सामाजिक मानवीय विकृति, असमानता, दुःखकष्ट, असमानता, अन्याय, सम्पूर्ण बिडम्वना र कष्टहरू देखेर मनभित्र संवेदनाका छालहरू उर्लिरहे, दुखिरहे जसले निकासा खोज्न थालेका थिए ।  तिनै मेरा संवेदना सत्यको धरातलबाट निःसृत भएर साहित्यकै धारामा बग्न थाले निरन्तर ।


- आरम्भमा रहरले लेखें - प्रेमले लेखेँ । सतही रुपमा लेखें तर रोएरै लेखेँ - दुःखेर नै लेखेँ । भगवान्बाट प्राप्त यो निश्चल र फरक अनुभूतिलाई नैराश्य र नकारात्मकताको दलदलभित्र डुबाइँन । लेखन शक्तिमा रुपान्तरण गरेर आत्मसन्तुष्टि, शान्ति र सुख प्राप्त गर्दै आएँ ।


- अध्ययन, विवेक र अनुभूति गहिरिएपछि लेखनलाई गम्भीरता र उत्तरदायित्वपूणर् ढङ्गले आत्मसात गरेँ । मलाई लाग्छ, वास्तवमा मैले आत्मसन्तुष्टि, शान्ति, सुख, सौन्दर्य र चिन्तामा केन्द्रित भएर चेतनाले लेख्छु / विवेकले लेख्छु । अझ बढी आँसुको मसीले लेख्दा परम शान्ति अनुभूत गर्छु - म किन लेख्छु? को सार मलाई यही हो जस्तो लाग्छ ।

 

..साथ सहयोगको खाँचो

 

 

No comments:

Post a Comment