Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

नागपास

-केशरमान ताम्राकार  


रवि र उत्तम नागपास खेल्नमा व्यस्त थिए । यसरी खेल्दाखेल्दै साँझ परेछ । यसैबीच रविले बत्ती बाल्यो । फेरि सोही खेललाई  निरन्तरता दिए । बत्ती बाल्ने बित्तिकै त्यहाँ पुतलीहरु बत्तीको वरिपरि झुम्न लागे । पुतली देखेर कता-कताबाट माउसुली त्यहाँ देखिए ।

खेल्ने क्रममा रविको आँखा अचानक भित्तामा पुग्यो । त्यहाँ पुतली समात्न दाउ हेरिरहेको माउसुलीमाथि परेछ । त्यसको क्षणभरमा नै माउसुलीले पुतली समात्यो । यो घटना रविले उत्तमलाई पनि देखायो । पुतलीले पखेटा फरफर चलाउँदै रह्यो ।

त्यो आवाज सुनेर अर्को माउसुलीले कान ठाडो पारे । पुतली निल्न नसकेर हेरिरहेका अर्को माउसुली हत्तपत्त दौडेर सोही पुतलीलाई च्याप्प समात्यो । अब पुतली छटपटाएर चल्मलायो । माउसुली आफू-आफैमा पुतलीलाई लिएर तानाताना गरे । माउसुलीले तानाताना गर्दा दुवै तल खसेछ । तै पनि पुतली माउसुलीको मुखबाट छुटेन ।

अचानक रविलाई बाजी राख्न मन लाग्यो । यी दुवै माउसुलीमध्ये कुन चाहिँले खाला जस्तो छ?

-मलाई लाग्छ, ठूलो माउसुलीले खान्छ ।

-ल, बाजी राखौं । सेतोले खान्छ ।

-बाजी राख्ने हो भने राखौं ।

बाजी राख्न के ठीक परेका मात्र थिए । पुतली भुर्रर उडेर गयो । माउसुली हेरेको हेरै भए । बाजी राख्न तयार भएकाहरु पनि एक अर्कालाई हेरिरहे ।


अनुः गगनदीप सर्व

साभारः  ......लागाय् जिं (नेपालभाषा)


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment