Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

योद्धा र युद्ध

- विश्वजित गुप्ता (विशाल)
रामग्राम-३,घोडपाली,नवलपरासी  


भारत-पाकिस्तानको युद्धमा मारिएका थिए रे ! यो घटनाबारे लाहुरेको श्रीमतीबाहेक कसैलाई पनि थाहा छैन । यता पहिलो सन्तानको रूपमा निरमाया र पसाङ्गको छोरो प्रितमको जन्म हुन्छ अनि उता भारतीय पल्टनमा नोकरी गर्ने नेपाली जवान पसाङ्गको सरहदमा शत्रुको गोलीबाट मृत्यु हुन्छ । सौभाग्य हो कि दुर्भाग्य? खै, छुट्याउनै गाह्रो ।

अहिले प्रितम सात वर्षको र अलि जान्ने बुझ्ने भइसकेका छन् । अतीत खबरको बारेमा अब भने प्रितम बाहेक लगभग सबैलाई जानकारी भइसकेको छ । हरेक विशेष अवसरमा उनी अफ्नो बुबालाई खोज्छन् । उनकी आमा विदेशमा पैसा कमाउन जानुभएछ भनी झुटो बोल्छिन् ।

एकदिन प्रितमको विद्यालयमा बुबाको मुख हेर्ने दिवसको उपलक्ष्यमा आडभरोस नभएका बालबालिकाहरूलाई दान दिने कार्यक्रमको आयोजना गरिएको हुन्छ । त्यहाँ त्यही अवसर फेलापारि विद्यार्थीका बाबाहरूलाई बोलाएर विशेष सम्मान गर्ने योजना पनि बनाइएको हुन्छ । विद्यालयबाट सूचना पाए बमोजिम प्रितमले सो समाचार घर पुगेपछि आफ्नी आमालाई बताउँछन् ।

अब छोरो ठूलो भइसकेको अवस्था हुन्छ । आमाको झुटो कुरामा प्रितमलाई सन्देह लाग्न थाल्छ । आमापनि दोधारमा परी मनन गर्छिन् । आखिर कहिलेसम्म असत्य बोलिरहने ? आज साँचो बोल्दा छोरोलाई पीर पर्ला । तर, यो उमेरमा वास्तविकता नबताउँदा र पछि ऊ अझै परिपक्व भई  जानकारी पाउँदा त उसलाई झनै महाकष्ट हुनसक्छ । ऊ झन् मै प्रति नकारात्मक हुन पनि सक्छ । यदि यस्तो भयो भने के गर्ने ?

अन्तिममा, केही सोचविचार गरी आमाले अफ्नो छोरो प्रितमलाई तथ्य कुरा बताउँछिन् । बोल्दाबोल्दै निरमायाको आँखा रसाउँछ र प्रितमले हरेक कुरा आमाबाट सुनेर थाहा पाएपछि उनीपनि केहीबेर रुन्छन् । पछि, एक पराक्रमी योद्धा तथा वीर शहीदको सपूत भएर जन्मन पाउँदा उनी आफूलाई गर्वित महसुस गर्छन् ।

आफूले आफैँलाई सम्हाल्छन् र आफ्नी आमालाई पनि, “बाबा नभएपनि तिमी नै मेरी आमा र तिमी नै मेरो बाबा हौ’’ भनी सम्झाउँछन् र सान्त्वनाका साथ हिम्मतपनि दिन्छन् ।

भोलिपल्ट, विद्यालयको कर्यक्रममा पनि प्रितमले बाबाको ठाउँमा आफ्नी आमा निरमायालाई लग्छन् र दुबै मिली बेसहायहरूलाई आफूसक्दो दानगरी सहयोग गर्छन् । बाबाको ठाउँमा पुगेपछि विद्यालायले उनकी आमालाई पनि उचित सम्मान गर्छ । कार्यक्रममा पसाङ्गको बहादुरीको बारेमा निकै चर्चा हुन्छ। यो सुन्न पाउँदा उनीहरू झनै प्रसन्न भई घर फर्कन्छन् ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment