Monday, September 23, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

प्रताडना

- मन्दिरा चापागाईं
सभापोखरी -१, संखुवासभा 


अरुबेला चाहिँ उठ्दै अई®या बस्दै अई®या । आज त दौरासुरुवाल भादगाउँले टोपी ढल्काएर... नसकिने भो । ससुरातिर आँखा सन्काउँदै बुढालाई तोबर्का हानिन् रमाले । “बुबालाई प्रज्ञाप्रतिष्ठानमा छोडेर म अफिस जान्छु । कार्यक्रम सकिएपछि तिमीले लिएर आउनू है’’ - रमेशले भन्यो । 

“मलाई खाना अलिक घटाउ है बुहारी आजभोलि मुख गुलियो भएर खान नपरे हुन्थ्यो जस्तो लाग्छ,’’ ससुराले भने । 

“घरमा त लागिहाल्छ नि’’ बुहारी बम्किईन । ससुरा बुहारीको चेपमा पर्‍यो रमेश । बुबा रसिला आँखा बनाउँदै करले चार गास चारो टिपेर उठे । वचन नलगाउन रमा, पाको उमेरमा सबैलाई त्यस्तै हो के । 

त्यहि त, “मलाई नै उस्तो देख्नुहुन्छ हैन ?’’ अघि कार्यक्रममा त्यो मैदाको डल्लो चैं मिठो मानिमानि कपाकप खाँदै थिए । अहिले चैं मुख गुलियो छ रे ! रमाले सुकसुकाउँदै भनिन् । 

“त्स्तै भो होला के भनुन् त? एउटा कुरा भेटेपछि घोचेको घोच्यै ?’’ रमेश जंगियो । घरको काम सकेर दुबैजना विछ्यौनामा गए । ठुस्किएकी रमालाई फकाउन कुनै कसर बाँकी राखेन रमेशले । भोलिपल्ट बिदाको दिन भएकाले अलि अबेला उठे उनीहरु । बुबा ओछ्यानमा थिएनन् । नित्यकर्ममा होलान् भनेर केहीबेर वास्ता गरेनन् । खाना खानेबेलामा खोजतलास गर्दा सिरानीमुनि पत्र भेटियो । 


ॅॅमेरा प्यारा मुटुका टुक्रा छोराबुहारी ! उमेर बढ्दै गएपछि आफ्ना पुस्ता छुट्दै जाँदा रहेनछन् । नयाँ पुस्ताले आफूलाई बुझ्दा रहेनछन् । कति त जिन्दगीको उतरार्धमा नराम्रो गरी मानसिक रोगी हुँदारहेछन । धन्न म त्यसको शिकार भइन । साथी संगतीको साथमा बन्दा पोको पारेको मःमःको डल्लो पनि रुच्दोरहेछ । मैले कार्यक्रममा मःमः खाएको र घरमा खाना नरुचेको तिमीहरू बीच कलहको बीउ भएछ । मत र मति मिलेपछि एकार्कालाई साथ दिन मात्र होइन सति जान पनि तयार होइँदोरहेछ । म यतैकतै मत मिल्ने मलाई बुझ्नेहरुको भिडमा हुनेछु । तिमीहरूको बुबा... ।’’


.‍..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment