Monday, September 23, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

आकृति

- सुनिता निरौला पौडेल
राधे राधे, निकोसेरा, भक्तपुर 



"बाबाले मकै पोलेर हुर्काका हुन् मलाई, धेरै गर्नु छ मैले" वर्षकी छोरीलाई दूध खुवाउँदै सीताले भनिन् । यसोभन्दै गर्दा उनका आँखा रसाएका थिए । 

आज पाँच दिन भयो अस्पताल नआएकी फोन सोन केही अत्तोपत्तो छैन । मनमनै सोच्दै थिएँ, मेरो मनको कुनामा चिसो पसेर आयो । प्रहरीलाई फोन गरेर सँगै काम गर्ने नर्स साथी सीता हराएको सूचना दिएँ ।

सीताका श्रीमान् चौकीमा थिए, “आज मात्र हैन, यसरी धेरै पटक हराएर फर्किएकी छ’’ उनले बयान दिए । यस्तो बयानको विश्वास थिएन । काखकी छोरी जसलाई प्राणभन्दा बढी गर्थी, कसरी छोडी होला ? मन मानिरहेको थिएन । प्रहरी अनुसन्धान टुङ्गिएको थिएन । 

पन्ध्र दिन भयो मान्छे बेपत्ता भएको । कहिल्यै पत्रिका नहेर्ने मैले आज उसै पल्टाइदिएँ । पहिलो पृष्ठमै लेखिएको थियो “श्रीमान्द्वारा चक्कुले हानी श्रीमतीको हत्या’’ आकृति थियो, उही सीता दम्पतीको । 


.‍..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment