Tuesday, December 5, 2023

पुस्तक समीक्षा

आशिर्वादभित्र नियाल्दा

लघुकथाकार छविलाल खड्काको आशीर्वाद नामक लघुकथासङ्ग्रह २०७८ सालमा दोस्रो कृतिको रुपमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाट प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका कुलङ्गार, आश्चर्य, विजय भोज, सरप्राइज, अस्पताल, आशीर्वादलगायत विभिन्न शीर्षकका ५१ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ५१ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको कुलङ्गार शीर्षकको पहिलो लघुकथामा लघुकथाको पात्र भक्तेको शिर आमाको गोडातिर निहुरिएको थियो । साहुनी र उनका अरु बाँकी ग्राहक त्यही दृश्य आँखाले खिच्दै थिएँ । आश्चर्य शीर्षकको लघुुकथामा आज सामाजिक सञ्जालभरि नै भ्रष्टाचारमा नेपाल एसियामै पहिलो भयो रे ! नेता र कर्मचारीको मिलेमतोेमा भ्रष्टाचारको नेप्से आकासियो रे ! भ्रष्टाचारका एक एक प्रमाण हामीसँग सुरक्षित छन् भनेर धावा बोल्छन् भनिएको छ ।   


सङ्ग्रहभित्रका सबै लघुकथाहरु सवाल्र्टनिक छैनन् । विषय र विचारगत विविधता खड्काका कथाहरुको विशेषता हो । आशीर्वाद शीर्षकको लघुकथामा एक्ली बूढी आमा, बैँसले उन्मत्त स्वास्नी र कल्कलाउँदा छोराछोरीलाई भने उसले कहिले समय दिन सकेको हुँदैन । सबैका आ–आफ्नै गुनासा थिएँ । खड्काका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीव्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरित मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरु हुन् । खड्काको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् ।

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्टस्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, विचार र दृष्टिकोणहरु छन् । जे भएपनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरु यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार खड्काले मनन गरेका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । विसङ्गति, सामाजिक बिडम्बना, आर्थिक विपन्नता, बौद्धिक दयनियता, सांस्कृतिक विचलन जस्ता कुराहरुमा खड्काका लघुकथाहरुले व्यङ्ग्य गरिएको छ । भाषा सरल र प्रस्तुुति मिठो छ । सुुरम्य र लघुत्व छ । खड्काका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारित छन् । यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रुपमा पनि आएका छन् । 
परिणाम शीर्षकको लघुकथामा अक्बुल र सतीश दुबैजना विदेशको एउटै कम्पनीमा काम गर्थे । उनीहरु एउटै कोठामा बस्थे । साथी भएपनि उनीहरुको व्यवहार दाजुभाइको जस्तो थियो । फरक परिवेशमा हुर्किए पनि दुबैमा आफ्नोपन थियो भनेर कथाकारले भनेका छन् । देखाउने दाँत शीर्षकको लघुकथामा आशा गरौ । नियम र अनुशासनमा त चल्लान् नै । नत्र कसरी मन्त्रालय चल्छ र ? सहसचिवको ढाड्स बोल्यो । लघुकथाकारको व्यङ्ग्यचेत, सामाजिक चेत तथा समसामयिकता प्रशंसनीय छ । खड्काको लघुकथामा हाम्रो समाजको चरित्र स्पष्टरुपमा देख्न सकिन्छ ।

चियागफ शीर्षकको लघुकथामा लामो समयपछि शमशेर र दीर्घराजको भेट हुन्छ । उनीहरु गफ गर्ने सुरले चिया पसलमा छिर्छन् । शमशेरले चिया मगाउँछ । गफ निकै रमाइलो हुन्छ । ऐलानी शीर्षकको लघुकथामा नागपञ्चमीको दिन सीमाले बिहानै उठेर सरसफाई गरिन् । होटेलको अन्य व्यवस्थापन कार्य सकेर उनी कपाल मिलाउँदै थिइन् । नारायणदत्त बाजे टुप्लुक्क आइपुग्छन् । उनले नाग टाँस्छन् । दान दक्षिणाको याचनामा सीमातिर गौर गरी हेर्र्छन् । उनको चतु¥याई लघुकथाले राजनीतिक अस्तव्यस्तता देखाएको छ । नेताहरुले आफ्ना कार्यकर्ताका साथै विरोधीलाई विदेशमा काम गर्न पठाएर देशमा एकछत्र शासन गरिरहेको कुरा यसमा उल्लेख छ ।

नेपाली साहित्यमा लघुकथाको आफ्नै विशिष्ट स्थान छ । आजको समयले लघुकथालाई झन् लोकप्रिय बनाएको छ । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो ।

No comments:

Post a Comment