Tuesday, December 5, 2023

लघुकथा समाचार

‘अक्षर’ विमोचन
साहित्यकार सनत सापकोटाको लघुकथासङ्ग्रह ‘अक्षर’को विमोचन भएको छ । बाँसगढी नगरपालिकाका शताब्दीपुरुष नन्दलाल पौडेलले अक्षर लघुकथाको विमोचन गर्दै साहित्यप्रति जनमानसमा बढ्दै गएको रुचि सराहनीय रहेको बताउनुभयो ।

कृतिकार सनत सापकोटाले सय वर्ष पुग्नुभएका पौडेलबाट कृति विमोचन गराउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । धरा भाषा साहित्य कला प्रतिष्ठान बाँसगढी बर्दियाका अध्यक्ष ईश्वरीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यव्रmममा प्राज्ञसभा सदस्यद्वय महानन्द ढकाल र  शशिराम कार्की, खजुरा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, बाँसगढी उद्योग व्यापार सङ्घका अध्यक्ष बद्री बराल, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभागका सदस्य मणि अर्याल र साहित्यकार सागर गैरेले कृतिबारे आआफ्ना धारणा राख्नुभएको थियो । कृतिको समीक्षा युवा साहित्यकार पुष्कर रिजालले गर्नुभएको थियो ।

कथाकार नवीन अभिलाषीले कृतिमाथि पाठकीय दृष्टिकोण राख्नुभएको थियो ।

No comments:

Post a Comment