म सानैदेखि पढ्नमा राम्रो । जीवनमा दोस्रो कहिल्यै भइनँ । सातौं श्रेणी पढ्दाको कुरो यसपालि पनि म फस्ट । मुमाले भनिन्, यसपाली पनि हाम्रो कान्छा फस्ट भएछ । बुवाले सामान्य पिएर आएका थिए । रिजल्ट हेरे तलदेखि माथिसम्म । अनिÞभने, “तँ फस्ट भइस् अरे !”
स्वीकारोक्तिको सामान्य मुण्टो हल्लाएँ ।
बुवा बोल्दै गए, ”तँलाई कसले पढाउनुभयो ?”
– सर गुरुआमाले मेरो सङ्क्षिप्त उत्तर ।
– फेरि प्रश्न, “कसले तयार पारिदिएका नोटस् पढेर तँ फस्ट भइस् ?’’
– सर गुरुआमाले ।
– “अनिÞतैँले पढेका किताब तैँले लेखेको होस् ?”
– बुवाको अमृतवाणी, “अर्काले लेखिदिएका, अर्काले पढाइदिएका किताब, नोटस् पढेर फस्ट भएर कुन ठूलो चट्टान भत्काइस् ? हो’कि होइन ?
– हो बुवा ।
– “जुन दिन आफै लेख्ने आफै पढाउने हुन्छस् त्यही दिन तलाईं बन्दुक किनिदिन्छु बुझिस् ? (सानामा मलाई खेलाउने बन्दुक किन्नु खुब मन पथ्र्यो । तर बुवाले कहिल्यै किनिदिनु भएन) ।
– म यसरी प्रतिवर्ष नै फस्ट ब्वाई । तर घरबाट सामान्य चकलेट, स्यावासी कहिल्यै पाइनँ ।
– तर बुवाले भनेका कुराले मलाई ठिटौले उमेरदेखि नै लेखक बन्ने ऊर्जा प्राप्त भएको थियो । एक दिन कुरै कुरामा मेरा क्लास टिचर रामलाल अघिकारी (प्रख्यात साहित्यकार)लाई सोधेँ, सर ! स्कूलमा पढ्ने किताब (पाठ्यपुस्तक) लेख्नुलाई के गर्नुपर्छ ?
– सरले सरल भाषामा उत्तर दिनुभयो, त्यसै पाठ्यपुस्तक लेख्छु भनेर हुँदैन लठुवा । त्यसको निम्ति पहिले कविता कथा निबन्ध लेख्नुपर्छ । तँ पाठ्यपुस्तक लेख्नै चाहन्छस् भने पहिले भोलि एउटा कविता लेखेर ले । हेर्छु... तँ लेखक कवि हुन्छस् कि हुँदैनस् ।
– सरको कुरा राख्नलाई भोलिपल्टै एउटा कविता लगी देखाएँ ।
– सरले भन्नुभयो... अबदेखि स्कूलमा हुने कुनै पनि कार्यक्रममा कविता लेखेर ल्याउनू त्यहाँ वाचन गर्नुपर्छ ।
– बस् सुरु भयो मेरो लेखन । लेख्न थालें खुरन्धार । पत्र–पत्रिकामा मेरा रचनाहरू भटाभट छापिन थालेँ ।
– पहिले रहरले लेखिन्थ्यो । आजभोलि करले लेख्नु परेको छ ।
– जे होस् बुवाको सानो झप-याइँले म लेखक भएँ । बुवाकै कुराको ऊर्जाले मैले लेख्न थालेको हुँ ।
– सिलिगुडी, भारत ।
No comments:
Post a Comment