Sunday, April 21, 2024

अनुवाद लघुकथा (अङ्क ११ मा प्रकाशित)

 परिवर्तन

- डा. राजेन्द्र परदेसी
लखनऊ, भारत   


जोसम्म छोराले घरको काम गरेको देख्दा आमालाई पीडा हुन्थ्यो । त्यसैले बेला-बेलामा छोरालाई धेरै काम नगर्न सल्लाह दिन्थिन् ।

जब छोराको बिहे भयो । त्यसपछि स्वास्नीको पक्ष लिँदै उनले भन्ने 'आमा, तपाईं किन सुतिमात्र राख्नुहुन्छ । स्वस्थ्य त ठीक छ नि?'

'हो, छोरा उमेर धल्किदै गइराखेको छ । काम अलि गरेपछि थाक्छु । अब त बुहारी भएकोले केही आराम गर्न पाएको छु ।'

आमाको कुरा बीचैमा काट्दै छोराले भने  'सुकन्यालाई धेरै काम नलगाउनु होला । उनले माइतीमा पनि धेरै काम गर्नु परेको छैन । यहाँ धेरै काम लगाउँदा उनको स्वस्थ्य बिग्रिन सक्दछ ।'

हुन त यसबारे बुहारीले पनि मलाई केही बनेको छैन । बरु मलाई आराम गर्न भनेकी छे । उनले भनेर कहाँ हुन्छ । तपाईं बुझ्नुपर्ने कुरा हो यो । छोराले रिसको घुर्की देखायो ।

आफ्नो छोराले यस्तो भन्ला भने तिनलाई पटक्कै विश्वास थिएन । तर के गर्नु, यो कुरा तिनकै अगाडि उभिएर भन्दै थिए ।

अनुवादः गगनदीप सर्व

(हिन्दी भाषाबाट अनुदित)


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment