Sunday, April 21, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

चेला

- एकल यात्री
मन्थली-१३ रामेछाप, हालः कङ्गो   


राम स्कुलको पुरानो शिक्षक अवकाश पाउने बेला भएको थियो । पुरानो शिक्षकलाई सम्मान गर्ने भनेर गुरुपूर्णिमाको दिन सम्मान कार्यक्रम स्कुल र विद्यार्थी मिलेर भव्य गरे ।

सबै विद्यार्थी र शिक्षकले राम सरको खुलेर राम्रो काम को तारिफ गर्दै अबिर, फूलमाला लगाएर रामले गरेको कामको प्रशंसा गरे र मख्ख बनाए ।

राम सर पनि अबिर र माला लगाउँदा गर्व महसुस गर्दै मख्ख नै भयो ।

कार्यक्रम सञ्चालनले अन्तिममा राम सरको भनाई राख्न अनुरोध भयो । राम सर अनुरोध सहजै स्विकार गरे र मञ्चमा गएर भन्न थाले ।

विद्यार्थी भाइबहिनीहरु, मैले यस स्कुलमा लामो समय पढाएर धेरैलाई आँखामा ज्योति भरे, अँध्यारोबाट उज्यालो बनाए तर म जस्ताको तस्तै छु । तर यस स्कुलमा मैले पढाएको विद्यार्थी कोही प्रधानमन्त्री भए, कोही मन्त्री छन्, कोही गाउँका अध्यक्षसम्म भएका छन् भन्दै गर्व गर्दै थिए । 


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment