Sunday, July 21, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

 भाग

- रमेश सुवेदी
ललितपुर - १३, कुसुन्ती    



समयको अन्तराल, छोरो कमाउने भए पछि पुरानो घरको मर्मत गर्नु सट्टा नयाँ बनाउने भनेर प्रस्ताव राख्यो । कुरो सुनेर बाउको मन चसक्क भयो । सम्झनामा आयो त्यो कालखण्ड, जति बेला पैसाको कमी थियो । आफन्त ईष्टमित्र र साहुसँग ऋण सापटी लिएर बनाएको घरको सावाँ ब्याज भर्खर मात्र चुक्ता भएको थियो । एक एक ईंटा, ढुङ्गासँग पौठेजोरी खेलेको हिजो जस्तो लग्थ्यो, आज भोग सकिएको आभास भयो ।

नक्सा तयार भए पछि सबै बसेर हेर्न थाले । भान्छा, भन्डार, बैठक, घरमुली र छोरालाई कोठाको भाग लाग्यो । ठूलो ठूलो बन्ने भो भनेर छोरो मख्ख पर्‍यो । बाउले भने अझै केही सच्याउनु पर्ने भए बेलैमा भनि हाल, पछि त मिल्दैन । ठुस्स पर्दै आमाले भनिन्, खोइ त पूजाकोठा अनि नानीलाई किन बिर्सेको, उसलाई खोई ?

बाउ छोरा एकै स्वरमा बोले, नानीलाई त किन चाईयो, बिहे गरेर गै सकि । त्यो कहिलेकाहीँ बस्ने गरी आउने त हो, बैठकमा सुत्छे । कुरो सुनेपछि आमाको पारो तात्यो र भन्न लागिन्, परापूर्वकालदेखि अहिलेसम्म पनि नारीलाई हेर्ने दृष्टिकोण उस्तै छ । बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखेर निकाल्दा पनि बाङ्गै भनेको यहि हो । तिमी पुरुषहरुले जति पढे पनि आफ्नु सोच बदल्न सकेनौ ।

हिजो म सानो हुँदा बावुआमासँग ठूलो भए पछि दाजु भाइसँग एउटै कोठामा छुट्टा छुट्टै बेडमा अटाउँथी । घरको बनोट त्यस्तै थियो र मलाई छुट्टै कोठा भएन भन्ने खट्किरहेको छ । अहिले म कहिलेकाहीँ माईती जाँदा कसैको कोठामा अटाउँदिन, सधैं मलाई मटानमा सुताउँछन् । भन्ने बेला छोरा छोरी बराबर रे ! के हामी महिला विवाह गरेर गएपछि जन्म घरमा यसै गरी हेलत्व भइरहनुपर्ने हो ?


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment