रोगको उपचार
- सुरेशकुमार पाण्डे
दाङ घोराही १८
"जीवन भाइ ! आज कसरी बाटो बिराउनु भयो?" - जीवनलाई आफ्नो आगनिमा उभिएको देखेर दिनुले आश्चर्य प्रकट गरे ।
“सर नमस्कार !’’ जीवनले दुबै हात जोड्दै भन्यो ।
“नमस्ते भाइ ।’’ - दिनुले पनि उत्तरमा अभिनन्दन र स्वागत गरे ।
“हजुर त मेरो घरमा न आएको झण्डै वर्ष दिन पुग्न थाल्यो । एउटै गाउँमा भएपनि देखभेट छैन । अनि आज अचानक हजुरलाई देख्दा धेरै खुसी लाग्यो ।’’ - दिनुले कुर्ची आँगनीमा राख्दै भने ।
दुबै जना पुराना साथी हुन् । दुबैले एकअर्काको घर परिवारका हालचाल सोधपुछ गरे ।
“रमा छोरी ! बाहिर तिम्रो अङ्कल पाल्नु भएको छ चिया नास्ताको बन्दोबस्त गर है ।’’ -दिनुले आफ्नो छोरीलाई अह्राए ।
“अब भन्नु हजुर कसरी पाल्नु भयो?’’ -दिनुले सोधे ।
“मैले आफ्नी छोरीको विवाह गर्ने सोच बनाएको छु । अझै पक्का त भएको छैन तर छिट्टै हुने सम्भावना छ ।’’ -जीवनले भने ।
“यो त धेरै राम्रो कुरा हो? कुरा पक्का किन नगरेको ?’’ -दिनुले आश्चर्य प्रकट गरे ।
“केटाले इन्जिनियर गरेकाछन् तर बा-आमाले दाइजोका कुरा उठाएपछि अलि सिथिलता आएको हो । त्यसैले आवश्यक परे सर-सापट हजुरबाट मिल्छ की भन्ने आशामा आएको हुँ ।’’ -जीवनले बिन्ती गर्दै भने ।
“पैसा त गराउँला तर, मेरो बिचारमा यो दाइजो प्रथा सामाजिक रोग हो । फैलिंदै गयो । यसको वैकल्पिक उपाय खोज्नु पर्छ की ?’’ -दिनुले भने ।
“छोरीले पनि मन पराएकी छिन् कि छैनन् सोध्नुभयो ?’’ -दिनुले प्रश्न थपे ।
“सोध्नु पर्छ । घरमा सबै तयारी पछि सोध्ने बिचारमा छु ।’’ जीवनले भने ।
“उनीहरूले चिया पिउँदा पिउँदै छोरी पनि टुप्लुक्कै पुगी रमेशको बाइकमा ।’’ -रमेश र रमाले एउटै कलेजमा पढ्छन् । उनीहरू दाइजो प्रथाको विरूद्धमा अरूलाई पनि सम्झाउँछन् ।
“रमा तिम्रो बुबाले त तिम्रो बिहे गर्ने कुरा गर्दै हुनुहुन्छ । के तिमीलाई थाहा छैन् ?’’ -दिनुले सोधे ।
“मलाई त बाबाले भन्नु नै भएन अङ्कल ।’’ - रमा थोरै लजाउँदै भनी र रमेशतिर पिर्लुक्क हेरी ।
“तिमीहरूले दाइजो प्रथाको बिरोध गर्छौ तर भोलि आफैले दाइजो दिएर विवाह गर्न पर्यो भने.. ?’’
“अङ्कलजी ! त्यसो भए त मैले विवाह नै गर्दिन ।’’ -रमाले दिनुको कुरा बिचैमा काटेर भनि ।
“सुन्नुभयो ? छोरीको बिचार ।’’ -दिनुले जीवन तिर हेर्दै भने ।
“अब एउटा काम गरौँ ! सबैलाई मन्जुर हुन्छ भने । रमा र रमेशको प्रगतिशिल विवाह गरौँ बिना दाइजोको ?’’ -दिनुले प्रस्ताव राखे ।
“सबैले ताली पिटेर पारित गरे । सबैभन्दा पहिले रमा र रमेशले ताली बजाए ।
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment