गणेश कुबेरको कथा
- नरेश अमात्य
ख्वात, न्यख
गणेशले कुबेरको घमण्ड चकनाचुर गरेको देखेर त्रिकालदर्शी महादेव दंग थिए ।
जब भन्डार रित्तियो गणेशबाट अरु खाना माग्यो ! कुबेरले दिन सकेन ।
- गणेश जुरुक्क उठ्यो अगाडिको सिंगो पुल खायो
- बाटोघाटो खायो
- कमिसन खायो
- किलोका किलो सुन खायो
- रक्त चन्दन खायो
- ..............
तर खान अघाएन क्रमशः के के अगाडि छ त्यो त्यो खाँदै गए ।
महादेवले यो अचम्म लाग्दो दृष्य हेर्दै थिए ।
खाना रित्तिना साथ कुबेरको सेखी झार्न, कुबेरलाई लखेट्नु पथ्र्यो तर त्यो भएन, भयो उल्टो ! के भएछ गणेशलाई महादेवले ध्यान दृष्टिले हेरे ।
हो रहेछ महादेवको शंका सांचो भयो त्यस बेला पार्वती छल गर्न जालन्धर महादेव रुप धारणगरि आएका थिए ।
त्यस्तै आज, गणेशको शरीरभित्र जालन्धर जस्तै भयंकर कमिसन तन्त्र हावी भएको थियो ।
बिष्णुले जालन्धरूपी महादेवलाई त अन्त्य गरे तर गणेश रुपि कमिसन तन्त्र अन्त्य गर्न सकेनन् किन कि गणेश महादेवको छोरा थियो ।
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment