निणर्य
- इन्दिरा चापागाईं
हालः सूर्यविनायक न.पा. ५, भक्तपुर
बृहद् छलफलपछि पाँच दाजुभाइ एकमत भए र एउटा निणर्य गरे । उनीहरू सबै जागीरे थिए र गाउँको घर सम्पति अंश लिएर सहरका बासिन्दा भैसकेका थिए । तर काइलो छोरो खेती किसानी गरेर गाउँमै बुबासँग बस्थ्यो । जागिरे छोराहरूले चाहिँ आफूलाई सुखसँग राख्छन् भन्ने बुबाको सोचाई थियो । त्यसैले उनीहरू यस्तो निणर्य गर्न बाध्य भएका थिए । दशैँमा सबैजना गाउँको घरमा भेला भएका थिए । जेठोले निणर्य सुनायो, ''बुबा जुन छोरासँग बस्न चाहनुहुन्छ उहीसँग बस्नुहुन्छ ।’’ यो सुनेर बुबाको अनुहार उज्यालो भयो ।
तुरुन्तै जेठोले भन्यो, “त्यसका लागि महिनामा पाँचहजार ऊ बाहेक अरु भाइले जसले बुबा राख्छ उसलाई दिनुपर्ने छ ।” बुबाको अनुहारमा औँसी छायो ।
“अँ हँ, म यो निणर्य मान्दिन । त्यसरी कहाँ हुन्छ ?” काइँलो छोरो ठूलो स्वरमा कड्क्यो ।
“चारैजना सहमत भएको कुरामा तँ किन अखानो बन्छस् ?” जेठाले सम्झाउन खोज्यो ।
“तँलाइ त्यतिले पुग्दैन भनेर होला । बुबाले के खाने हुन र ? उनकै वृद्धभत्ता पनि आउँछ । बरु दुई चारहजार आफैँलाई बच्छ त जसले राखे पनि ।” माइलो दाजुले थप सम्झायो ।
काइलो रातोपिरो हुँदै बोल्यो, “मलाई बुबाको नाममा पैसा उठाएर नाफा खानु छैन ।”
“के भन्न खोजेको होस् ? सिधा सिधा भन न ।” जेठो कड्क्यो ।
“बुबाले मलाई यति चाहिँ सक्षम बनाइदिनु भएको छ, कि म वहाँलाई तिमीहरूसँग चन्दा नउठाई पालनपोषण गर्न सक्छु ।”
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment