प्रकृति र प्रकोप
बडादसैँ, तिहार र छठले भर्खरै बिदा लियो । यी चाडपर्वको आगमनले मनमा हर्ष र उमङ्ग छाउने गर्दछ । वास्तवमा यी चाडपर्वहरु प्रकृति पुजक मानिन्छ । यसले जीवन कसरी जिउने र कसरी रमाउने भने पाठ सिकाउँदछ । प्रकृतिसित जति नजिक हुन्छौ, त्यति नै फाइदा उठाउन पाइन्छ । हामी आज प्रकृतिबाट टाढिन खोज्दैछौं । यसको दीर्घकालीन प्रभाव देखिन थालिसकेको छ । प्रकृति बिना बाँच्नुको कुनै अर्थ छैन । यसरी हामी कति दिन बाँच्न सक्छौं ।
अतःजटिल महामारी रोगहरु देखापरेका छन् । कोरोनालाई उदाहरण मान्न सकिन्छ । दैवी-प्रकोपका घटनाहरु विभिन्न तरहले सुन्न र देख्नमा आएकाछन् । मानव समुदायका लागि यो निकै डरलाग्दो चुनौती पनि हो । यसको सामना गर्न साँच्चिकै हामी सक्षम छौं त ? यो प्रश्न जोसुकैका लागि खतराको सूचक भएको छ ।
जतिखेर पनि मानवीय द्वन्द्व प्रकृति विरुद्ध हुने गरेको छ । यसको समाधान र चुनौती पनि त्यतिकै विकराल छ । यस्तो विकराल परिस्थिति कुनबेला कतिखेर कहाँ निम्तिने हो, यस्तै भन्न सकिँदैन । अतः प्रकृतिसित शत्रुताले हैन सद्भावले अघि बढनु पर्दछ । अनि मात्र सबैको भलो हुनेछ ।
अन्त्यमा, लघुकथा संसारको यात्रा क्रमशः बढ्दै गइरहेको छ । यसमा विविधता दिने कोशिस गरिरहेका छौं । जसले गर्दा बेग्लै पहिचान बन्नेछ । यसको सुगन्ध सर्वत्र फैलोस् भने हाम्रो चाहना रहेको छ । अतः यस शुभकार्यमा हामीले सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं । इति ।
अङ्क १७ पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment