आमा
-नरेश अमात्य
काठमाडौँ
फोनको घण्टी बज्यो, – आमा साह्रै बिरामी हुनुहुन्छ.... । उताबाट विदेशमा बस्ने छोरालाई भन्यो । छोरो जिल्ल प-यो । के गरौं कसो गरौं भयो, उसले विचार ग-यो, आफूलाई नौ महिना कोखमा राखेर जन्माएको, हुर्काएको, पढाएको आदि इत्यादी । मेरो आमालाई के भयो होला? सायद बित्नु भएको त छैन?
उ झसङ्ग भयो, पसिनाले निथ्रुक्क भिज्यो, छट्पटी भयो, उसले एक हप्ताको लागि भए पनि स्वदेश जाने निर्णय ग-यो ।
आफ्नो अगाडि प्राणभन्दा प्यारो सन्तान प्रत्यक्ष देख्दा आमाको आँखाबाट हर्षको आँसु बग्न थाल्यो । हर्षले एक प्रकारको शक्ति सञ्चार भयो, विस्तारै खाना खान थाल्नु भयो । बोल्न, बस्न थाल्नु भयो । आउन, जान, हिंड्न थाल्नु भयो ।
केही महिना पछि,
फेरि फोनको घण्टी बज्न थाल्यो ।
– आमा फेरि सिकिस्त हुनु भयो..... । यसपाली छोरो हडबडाएन, न त छट्पटी नै भयो । उसले विचार ग¥यो, आमालाई बुढ्यौली लागेछ । धेरै महिना नै भएको छैन गएर आएको । काम धेरै छ, छोड्न मिल्दैन ।
उसले यसपालि स्वदेश नजाने निर्णय ग-यो ।
– फेरि घण्टी बज्न थाल्यो..... ।
आमा अब यस संसारमा रहनु भएन ।
No comments:
Post a Comment